कृष्ण सप्लायर्स पोखरा १५ फलेपाटन हुनुपर्नेमा औधोगिक क्षेत्र भएकोमा सच्चाइएको


गिता राना मगर/ पोखरा

ग्यास ब्यवशायी महासंघद्धारा बुधवार प्रकाशित ग्यास बितरण केन्द्र अन्तर्गत कृष्ण सप्लायर्स फलेपाटन हुनुपर्नेमा चाउथे हुन गएकोमा उपभोक्ताहरुलाई चाउथेमा नभइ फलेपाटनमा लाइनमा बस्न महासंघले आग्रह गरेको छ ।

ग्यास ब्यवशायी महासंघद्धारा बुधवार जारी गरिएको गृहलक्ष्मी ग्यास वितरणको विज्ञप्तिमा कृष्ण सप्लायर्स फलेपाटन हुनुपर्नेमा औधोगिक क्षेत्र भएकोमा औधोगिक क्षेत्रमा लाइनमा बसेका ग्राहकलाई फलेपानमा रहेको कृष्ण सप्लायर्समा लाइनमा बस्न सहासंघका महासचिव नारायण दाहालले आग्रह गरेका छन ।

पोखराको विभिन्न २१ ठाउमा बिहीबार गृहलक्ष्मी ग्यास वितरण गरिने र प्रिन्ट मिस्टेकका कारण कृष्ण सप्लायर्स फलेपाटन हुनुपर्नेमा औधोगिक क्षेत्र भएको वताउदै औधोगिक क्षेत्रमा लाइनमा वसेकालाई पोखरा १५ फलेपाटनमा २ सय ३८ वटा सिलिण्डर वाडिने समेत महासचिव दाहालले जानकारी दिए । बिहीवार पोखराका २१ स्थानबाट २५५० वटा सिलिण्डर बितरण गरिदैछ ।