पोखरा / पोखरा १० बुद्धशान्तिमार्गमा रहेको टासी छ्योएलिङ (गोपाल गुम्बा)मा १५ औ संस्करणको कंग्युर पुजा बुधवार बाट शुरु भएको छ । तमु जातिहरुको नया वर्ष ल्होसारको अवसरमा भेडा वर्गको विदाइ र बांदर बर्ग टेल ल्हो लाई स्वागत गर्दै आयोजना गरेको पुजाको तमु धि नेपालकी अध्यक्ष कर्मा तमुले उद्घाटन गरिन ।
उद्घाटन समारोहमा वोल्दै तमु धि नेपालकी अध्यक्ष कर्मा तमुले ल्होसारको अवसरमा विगत १५ वर्षदेखि कंग्युर पाठलाई निरन्तरता दिदै आएकोमा खुसी ब्यक्त गर्दै गुरुङ जातिको संस्कार र बुद्ध शिक्षालाई जोगाइ राख्नमा गुम्बाले ठूलो भुमिका खेलेको वताइन । पहिचानको कुरा आइरहेको वेला गुरुङ जातिको जन्म देखि मृत्यु सम्म गरिने विभिन्न किसिमका धार्मिक संस्कारलाई जोगाउदै भावी पुस्तालाई समेत लक्षित गरी बुद्धशिक्षा समेत प्रदान गर्दै आउनु श्रहानिय काम भएको उनको भनाइ रहेको थियो ।
कार्यक्रममा वोल्दै घान्दु्रक समाजका अध्यक्ष नर वहादुर तमुले गुम्बाले विगत लामो समयदेखि ल्होसार तथा अन्य विभिन्न अवसरमा तमु जातिको संस्कारलाई जोगाउनका लागी विभिन्न पुजाआजा गर्दै आएको र अहिलेपनि ल्होसारको अवसरमा कंग्युर पाठको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे । गुम्बाले गर्ने हरेक काममा आफुहरुको समाजबाट सक्दो सहयोग गर्ने उनको भनाइ रहेको थियो ।
विश्वमा घटिरहेको हत्या, हिंसा र आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस , वर्तमान असहज परिस्थिति, अन्त्य भइ दिगो शान्ति स्थापना होस र गत वैशाखमा आएको भुकम्प तथा बाढीपहिरोमा परेर मृत्यु भएकाहरुको आत्माले शान्ति पाओस भन्ने कामना गर्दै कंग्युर पाठ तथा ग्रह शान्ति तोनाग घोसुम पुजा बुधवार देखि १० दिज सम्म सञ्चालन हुने गुम्बाका मुख्य लामा गुरु आम्ची गोपाल लामाले जानकारी दिए ।
पुजामा १० दिन सम्म भगवान गौतम बुद्धको पवित्र वचनले भरिएको कंग्युर पाठ गर्नुका साथै ग्रहशान्ति पुजा तोनागघोसुम पुजा हुने छ । नेपाल गुरुङ लामा समुह केन्द्रिय कार्यालय बौद्ध शान्तिमार्गको नेतृत्व रहने पुजामा घान्द्रुक ब्रेज मेश्रो तमु समाज, टांसी छ्योएलिङ गुम्बाका ब्रत आमा समुह, आठ भाइ बाह्र घर प्ल्हनेरो भाईखलक र आठ घर बाह्र घर प्ल्हनेरो रिह्चमी चेलीबेटीको सहयोग रहेकोे आयोजकले जनाएको छ ।