गुरू (कबिता) -मनिमा शाही


– मनिमा शाही

गुरू हजुरनै हुनुहुन्छ देवका दुत।
गुरू हजुरमा छ ज्ञान अदभूत
गुरू हजुरविना रात्रि छ संसार
हजुरको बाणीले गर्छ असत्यको संहार

गुरू हजुरले नै सिकाउनु भयो कलम चलाउन
गुरू हजुरले नै सिकाउनु भयो राष्ट्रभक्तिमा झुल्न
गुरूहजुरले सिकाउनु भयो सफलतालाई चुन्न
गुरू हजुरले नै सिकाउनु भयो जगत कल्याणमा जुटन

गुरू बाँडनु सधै हजुरले
सबलाई नि:स्वार्थ ज्ञान
गुरू हजुर बिना चल्दैन है
विकासको विमान

हे गुरू हजुरले दिनु है सधै
त्यहि नि:स्वार्थ ज्ञान
त्यो ज्ञानीले ल्याओस है
यहाँ समृद्धिको बिहान

(कवयित्री कक्षा ७ मा पोखराको एक्स आर्मी उ.मा.वि मा अध्ययनरत छिन।)

2 COMMENTS

  1. उमेरले सानो भएपनि सृजना सानो हुदैन ।मनिमासंग सृजनात्मक क्षमता प्रसस्त छ ।अभ्यास गर्दै गरेमा अतिभा खारिदै र तिखारिंदै जान्छ । मेरो हार्दिक शुभकामना ।

Comments are closed.