स्पेन/ गैर आवासीय नेपालीहरुले भारतीय नाकाबन्धीको बिरोधमा,लक्जेम्बर्ग स्थित यूरोपियन संसद भवन अगाडि प्रदर्शन गर्दै,अध्यक्ष मार्टिन सुल्जलाई ज्ञापनपत्र बुझाएका छन्। कडा सुरक्षा ब्यबस्था बीच युरोपियन बैठक चलिरहेका बेला, भवन अगाडी बिरोध प्रदर्शन गर्दै,गैर आबासीय नेपालीहरुले यूरोपियन पार्लामेन्टका अध्यक्षलाई भेटेर नै ज्ञापनपत्र बुझाएका हुन्।
एनआरएन लग्जेम्बर्गका अध्यक्ष रमेश तोयनाले नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै भने,”एनआरएन अभियन्ताको उपस्थितिमा लग्जेम्बर्गमा भएको बिरोध कार्यक्रम अत्यन्तै सफल भयो। त्यो भन्दा पनि ठुलो कुरा यूरोपियन पार्लामेन्ट अध्यक्ष सँग हाम्रा कुरा राख्न पायौ। अध्यक्ष मार्टिनले युरोपियन बोर्डमा, नाकाबन्धी बारे जानकारी गराउँने प्रतिद्दता ब्यक्त गरेको तोयनाले बताए। उनले भने,” कडा सुरक्षा ब्यबस्था बीच हामीलाई भेट गर्ने अबसर मिल्यो,पहिले सेक्रेटरीलाई पठाए, ज्ञापनपत्र बारे जानकारी गराए पछि,अध्यक्षलाई भेट गरि बुझाउँने मौका पाएका हौ।”
गैर आबासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेको नेतृत्वमा भएको बिरोध कार्यक्रममा उपाध्यक्ष कुमार पन्त, महासचिव डा बद्री केसी, एनआरएन महिला संयोजक सपिला राजभण्डारी, एनआरएन लग्जेम्बर्गका अध्यक्ष रमेश तोयना लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
यूरोपियन पार्लामेन्टमा एनआरएनले बुझाएको ज्ञापनपत्रमा,विश्व व्यापार संगठनका अन्तराष्ट्रिय मूल्य र मान्यताको उल्लंघन, पारवाहन अधिकारको हनन् गर्दै भारतले नाकाबन्धी लगाएको भन्दै फुकुवा गर्न माग गरिएको छ।






Program ramro bhayo nakabandi ko bare ma janakari garaiyo
नेपाल मात्र येस्तो देश हो जाहा तिनमहीना नाका बन्दी हुदा सरकार बोल्न सक्दैन
Comments are closed.