युरोपियन पार्लियामेन्ट अगाडी एनआरएनले विरोध प्रदर्शन गर्ने


महेश थापा /बेल्जियम

गैर आबासीय नेपाली संघ (एनआरएनए) युरोपका विभिन्न राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदले संयुक्त रुपमा युरोपियन पार्लियामेन्ट लग्जर्म्वर्ग अगाडी भारतीय नाकाबन्धीको बिरोध गर्ने भएका छन्। नाकावन्दीको विरोधमा संसारभरका गैर आबासीयहरु एक जुट भई रहेको बेला मंगलबार युरोपियन पार्लियामेन्ट अगाडी प्रदर्शन हुन लागेको हो।

प्रदशनका लागि गैर आवासीय नेपाली संघका पुर्ब अध्यक्ष जीवा लामिछाने,केन्द्रिय उपाध्यक्ष कुमार पन्त, महासचिव डा वद्री केसी, महिला संयोजक सपिला राज भण्डारी, युरोपियन क्षेत्रीय संयोजक कुल आचार्य,सह संयोजक प्रेम गुरुङ् लगायतका एनआरएन अभियन्ताहरुको सहभागिता रहने राष्ट्रिय समन्वय परिषद लग्जर्म्वर्गका अध्यक्ष रमेश त्वायनाले जनाएका छन ।

नेपालमा औषधीको अभाव हुदै गर्दा औषधी खरिदको लागि एन आर एन लग्जर्म्वर्गले ४६०० युरो केन्द्रिय प्रतिनिधीलाई हस्तान्तरण गरेको छ ।

यसै विच एनआरएनएमा भएको मनोनयन विवाद सम्वन्धलाई सघंका महासचिव केसीले आन्तरिक समस्या भन्दै वृस्तृत जनाकारी दिन चाहेनन । उता औषधी विवादमा संस्थापक अध्यक्ष उपेन्द्र महतो मुछिएको सम्वन्धमा पनि, संघको धारणा छिटो भन्दा छिटो र्सार्वजनिक हुने उनले जनाए ।