पोखरा/ पोखरा उपमहानगर पालिका वडा नंंं.२९ निवासी समाजसेवी चन्द्रकान्त पौडेलको निधन भएको छ। पौडेलको बिहिबार राति ११ वजेर ३९ मिनेट जादा शहिद गंगलाल मेमोरियल हस्पीटल काठमाण्डौमा निधन भएको हो । हृदयघात भएपछि काण्ठमाण्डौमा उपचार गर्न लगेका पौडेलको हस्पीटलमा नै निधन भएको आफन्तले जनाएका छन् ।
पौडेलका एक श्रीमती, दुई छोरा, र तीन छोरी रहेका छन् । पौडेलको शुक्रबार विहान दाहासस्कार गरिएको थियो । पौडेल एकिकृत नेकपा माओवादीको तत्कालिन गाँउ जनसरकार प्रमुख हुदै कास्की जिल्ला सदस्य र जिल्ला सल्लाहकार भएर पार्टीमा लामो समय सम्म काम गरिसकेका छन् ।
यसैवीच एकिकृत नेकपा माओवादी पोखरा–२९ हेमजाले एक प्रेश विज्ञप्ती प्रकाशित गरि पौडेलको निधन प्रति दुःख व्यक्त गरेको छ। अध्यक्ष मनबहादुर खत्रीद्धारा जारी गरिएको विज्ञप्तिमा पौडेल पार्टीको एक अभिभावकको रुपमा रहेको उल्लेख गर्दै उहाँको निधनले पार्टीले एक कुशल अभिभावक गुमाएको बताईएको छ।
विज्ञप्तिमा पौडेलको निधन पार्टीलाई ठुलो क्षती भएको बताउदै यस दुःखद घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सनतप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ। यसैविच एकिकृत नेकपा माओवादी कास्कीले १३ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गर्ने बताईएको छ।