विश्व एड्स दिवसमा पोखरामा विविध कार्यक्रम गरिने


पोखरा,/ दिगो विकास लक्ष्यको प्राप्तिको लागि एड्स महामारी अन्त्य भन्ने मूल नाराका साथ विश्व एड्स दिवसको अवसरमा मङ्गलबार पोखरामा विविध कार्यक्रम आयोजना गरिने भएको छ।

वाई क्याप नेपालले जिल्ला जनस्वास्थ्य कार्यालय कास्की र पश्चिम क्षेत्रीय एचआईभी एड्स संजालको सहकार्यमा विविध कार्यक्रम आयोजना गर्न लागेको हो।
पोखरामा वाई क्याप नेपालले पोखरामा आइतबार पत्रकार सम्मेलन गरी कार्यक्रमहरु सार्वजनीक गरेको छ।

जसमा ¥याली, हस्ताक्षर संकलन, मैनवत्ति प्रज्वलन, अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता, अभिमुखिकरण लगायतका कार्यक्रम गरी वाई क्याप नेपालका फोकल प्वाईन्ट मनिष गुरुङले जानकारी दिए।

पोखराको मानव अधिकारचोकबाट शुरुहुने ¥याली, नयाँबजार, पृथ्वीचोकहुदै सभागृहमा पुगेर कोण सभामा परिणत हुने छ। एचआईभीको क्षेत्रमा कामगर्दै आएका संघ÷संस्थाले कार्यक्रमको व्यवस्थापन गर्ने छन्। सन् १९९८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउन थालिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य अधिकृत बोधराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कम्युनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दिलिप गुरुङले गरेका थिए।

एचआईभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षणगर्दै जनचेतना जगाउनु विश्व एड्स दिवसको मुख्य उदेश्य हो।