बार्सिलोना/ काभ्रेको सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा निर्माण भएको पक्की भान्सा कोठाको शुभारम्भ गरिएको छ। नेपालीनेपाली डटकम र एनआरएन स्पेनको पहलमा निर्माण भएको भान्साकोठाको बिहिबार उद्घाटन गर्दै शुभारम्भ गरिएको हो।
बाँसले बारेको अस्थायी भान्साघर मात्र भएको पुनर्स्थापना केन्द्रमा,स्पेनको नेपाली समुदायले रकम संकलन गरि सहयोग पठाए पछि पक्की भान्सा घर बनेको छ। स्पेनको नेपाली समुदाय लगायत संयुक्त राज्य अमेरिका र फिनल्याण्डमा रहेका केहि नेपालीहरुले पनि सहयोग पठाए पछि करिब २ लाख ४० हजार रुपैयाँ (२ हजार २ सय ६६ युरो) संकलन भएको थियो । सोहि भान्सा कोठा सहित अन्डर ग्राउण्ड ट्यांकी पनि बनाउको लागि बीबीसी नेपाली सेबामा कार्यरत पत्रकार सुमन खरेलले १ लाख ३० हजार रुपैयाँ र डेभलभमेन्ट एलाईन्स युकेबाट ८० हजार रुपैयाँ सहयोग आएको केन्द्रले जनाएको छ। जम्मा लागत खर्च ४ लाख १० हजार रुपैयाँ रहेको छ।
गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद सदस्य तथा रकम संकलन समितिका संयोजक दीपक खरेलले केन्द्रमा नै पुगेर भान्सा घरको उद्घाटन गरेका छन्। प्रमुख अतिथिको रुपमा बोल्दै खरेलले स्पेनबासि नेपालीहरुको मायाको कोसेली खरेलथोकलाई रहेको भन्दै आउँदा दिनमा पनि यस्तै परोपकारी काममा निरन्तरता दिने बताए।
खरेलथोकस्थित भगवती उच्च माविको ‘समाहित शिक्षा कार्यक्रम तथा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्र’की शिक्षिका सुधा सिलवालले सहयोगी सबैलाई धन्यबाद ब्यक्त गरिन्। सिलवालले नेपालीनेपाली डटकम,एनआरएन स्पेन लगायत स्पेनबासी नेपाली समुदाय प्रति आभार ब्यक्त गरिन्।
केन्द्रका अध्यक्ष केबल सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा,छात्रछात्राहरुले साँस्कृतिक प्रस्तुति राखेका थिए। मौलिक गित संगीतमा उनीहरुले प्रस्तुति राख्दा बाताबरण निकै भाबुक बनेको थियो।
एनआरएन स्पेनका निबर्तमान अध्यक्ष रहेका एकराज गिरीले तत्कालिन अबस्थामा रकम संकलन कार्य चल्दा मिडिया सँग मिलेर अभियानमा साझेदारी गरेका थिए। नेपालीनेपाली डटकमका प्रधान-सम्पादक बसन्त रानाभाटले खरेलथोक भान्साकोठा निर्माण गर्न मिडियाले स्थानिय संघसस्था सँग मिलेर गरेको परोपकारी कामले सफलता पाएकोमा खुसी ब्यक्त गर्दै शुभकामाना पठाएका थिए।
पुनर्स्थापना केन्द्रमा काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, धादिङ, मोरङ, धनुषा डोटी लगायतका जिल्लाहरुबाट गरि २५ जना छात्र छात्राहरुले आश्रय लिदै आएको केन्द्र एक दशकदेखि संचालनमा आएको छ।







Good News
great work…many many thanks to all helping hands
I mis u kharel thok.swara all thanks
Thanks alot to Development allience Uk and Suman kharel who helped to complete this
Good news
Comments are closed.