काठमाडौ/ गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन् ।बिहीबार भएको निर्वाचनमा टेकबहादुर (टीबी) कार्कीलाई पराजित गर्दै घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । घलेले ८६७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले २२६ मत पाएका छन् ।
उपाध्यक्षमा भवन भट्ट र कुमार पन्त निर्वाचित भएका छन् । भट्टले ५३८ र पन्तले ५१२ मत पाएका छन् । महासचिवमा वद्री केसी निर्वाचित भए । उनले ५५५ पाएका छन् । कोषाध्यक्षमा हिक्मत थापा (२६४) सचिवमा अर्जुन श्रेष्ठ (३९१) निर्वाचित भएका छन् । यस्तै यूरोप संयाेजकमा कुल आचार्य निर्विरोध निर्वाचित भएका थिए भने उपसंयाेजकमा दावा गाल्जे शेर्पा र प्रेमबहादुर गुरुङ विजयी भए।
एसिया संयोजकमा किरणविक्रम थापा, उपसंयोजकमा कृष्णप्रसाद पाण्डे र रोविन्द्रप्रसाद श्रेष्ठ विजयी बने । अमेरिका संयाेजकमा सोनाम लामा र उपसंयोजकमा आङछिरि शेपा विजयी भए । मध्यपूर्व संयोजकमा डम्बरबहादुर क्षेत्री र उपसंयोजक धर्मराज गिरी र उमेश अधिकारी विजयी भए ।
ओसनिया संयोजकमा महेन्द्रकुमार लम्साल र उपसंयोजकमा रमेश जोशी विजयी भए। अफ्रिका संयोजकमा सुनिल कार्की निर्विरोध निर्वाचित भए भने उपसंयोजकमा कुनै उम्मेदवारी नै परेन । यस्तै, युवा संयोजकमा विजय पोखरेल विजयी भए भने उपसंयोजक लोकराज शर्मा निर्विरोध निर्वाचित भए ।
महिला संयोजक सपिला राजभण्डारी निर्बिरोध बनिन् भने उपसंयोजकमा रजनी प्रधान विजयी भईन्। अहिलेको कार्यसमितिमा धेरै पुरानै अनुहार देखिएका छन्।