कृष्ण रानाभाट/ पोखरा
पोखरा उपमहानगरपालिका वडा नं. ९ को सेतीनदि वचाउँ अभियान अन्तरगत बडा दशैं २०७२, शुभ दिपावली, नेपाल सम्वत ११३६ स्वागत, छठ पर्वको अवसरमा प्लाष्टिक झोलाको विकल्पको रुपमा कपडाको झोला वितरण कार्यक्रम वडा कार्यलयको आयोजनामा विहिबार सम्पन्न भयो।
सोही कार्यक्रममा पोखरामा विगत १० वर्षदेखि कोरियन भाषा शिक्षण गर्दै आएको विश्व मैत्री भाषा तथा तालिम केन्द्र प्रा.लि.ले विहिबार दुई सय थान कपडाको झोला निःशुल्क वितरण गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिका वडा नं. ९ को कार्यलयमा भएको कार्यक्रममा वातावरण मुल्याङकन तथा अनुगमन अधिकृत हरि न्यौपानेले जेष्ठ नागरिक पं. होमनाथ लामिछानेलाई झोला हस्तान्तरण गरि उद्घाटन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि हरि न्यौपानेले सभ्य समाज निर्माणको थालनी व्यक्तिगत सरसफाईबाट सुरु भई घर, टोल र समाज हुदैं शहर सभ्य हुने वताउँदै जो जहाँ भए पनि फोहर गर्न नहुने वताए।
सहभागीहरुलाई वडा सचिव लोकदर्शन कोईराला, टोल विकास संस्था नगर स्तरिय समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोशी, तालिम केन्द्रका संचालकहरु सिएम गुरुङ र यम जोशीले सम्युक्त रुपमा उक्त झोलाहरु वितरण गरेका थिए।
विश्वमैत्री भाषा तथा तालिम केन्द्र प्रा.लि.का संचालक यम जोशीले आफु रोजगारीका लागि कोरियामा रहँदा त्यहाँको प्लाष्टिक रहित स्वच्छ, सफा वातावरणले मोहित पारेको वताउँदै पोखरालाई प्लाष्टिक रहित शहर वनाउने अभियानमा सहयोग गर्न पाउँदा खुशी लागेको वताए। साथै आफ्नो संस्थाले हालसम्म हरेक वर्ष एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क भाषा सिकाएको र एक जनालाई कुनै पनि शुल्क नलिई कोरिया पठाउँदै आएको वताए।
वडा सचिव लोकदर्शन कोईरालाले आमा समुह तथा महिला समुहको सक्रिय सहभागिताले नै वडा नं. ९ पोखराका अन्य वडाभन्दा अगाडि रहँदा रहँदंै मुल्याङ्कन गर्ने सम्बन्धित निकायले निश्पक्ष भएर निर्णय गर्नुपर्ने वताए।
सो अवसरमा नगरपालिकाले वेवास्था गरेका कार्यहरुमा जनताको आफ्नै सहभागिता र आर्थिक सहयोगमा सेतीनदि वचाउँने अभियान विगतका महिनाहरुदेखि संचालन भईरहेको वक्ताहरुले वताएका थिए।
वडा स्तरिय महिला समन्वय समितिकी अध्यक्ष दिलमाया गुरुङले वातावरण मैत्री वडा वनाउने तथा सेती नदि जोगाउँदे अभियानमा सबै एक जुट भएर लाग्नु पर्ने वताए।
कार्यक्रममा पोखरा उपमहानगरपालिका वडा नं. ९ भित्र रहेका आमा समुह, महिला समुह, टोल विकास संस्था, स्वास्थ्य स्वयम् सेविकाहरु लगाएत २०० भन्दा बढिको सहभागिता रहेको थियो।
वडा सचिव लोकदर्शन कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक परिचालक भावना श्रेष्ठले कार्यक्रम संचालन तथा समन्वय समितिका अध्यक्ष उत्तम जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।