काठमाडौ/एनआरएन अध्यक्षका प्रत्यासी शेष घलेले रतन कुमार झालाई आफ्नो पार्टनरको रुपमा लिएर अगाडि बढ्ने बताएका छन्। आफुलाई समर्थन गर्दै अध्यक्षका प्रत्यासी झा ले उम्मेद्वारी फिर्ता लिए पछि घलेले यस्तो बताएका हुन्।
एनआरएन अभियानमा लाग्न झाले देखाएको एकताको उच्च प्रशंसा गर्दै सो अभियानको पार्टनर बनाउने भन्दै घलेले प्रतिक्रिया दिएका हुन्। संचारकर्मी सँग कुराकानी गर्दै घलेले अर्का प्रत्यासी कतारका टीबी कार्कीलाई पनि आँफुलाई समर्थन गर्न अनुरोध गरेको तर नमाने पछि अब स्वस्थ प्रतिस्पर्धा हुने भन्दै प्रतिक्रिया दिएका हुन्।
अध्यक्ष घलेको प्रतिक्रिया ,अडियो सुन्नुहोस्