स्पेनमा खुल्ला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, प्रथम स्थान जनप्रगतीशिल मञ्चलाई


बार्सिलोना/ बौद्दिक स्तरका लागि निकै उत्कृष्ट मानिने हाजिरीजवाफ प्रतियोगितामा नेपाली जनप्रगतिशील मञ्च स्पेन प्रथम भएको छ। स्पेनको नेपाली समुदाय माँझ आईतबार सम्पन्न भएको प्रतियोगितामा १० बटा समुह मध्ये मञ्च प्रथम भएको हो।

प्रतियोगितामा कास्की सेवा समाज स्पेनले दोस्रो स्थान हासिल गर्न सफल भएको छ। बिजेता टिममा गोपाल रेग्मीको नेतृत्वमा अशोक किरण न्यौपाने र प्रकाश पौडेल सहभागी थिए। यस्तै उपबिजेतामा राजेन्द्र कडेल लिडर रहेको समुहबाट बल बहादुर कार्की र पुष्प केसी सहभागी बने।

चितवन समाज स्पेनले लगातार तेस्रो बर्ष आयोजना गरेको प्रतियोगितामा नेपाली जनप्रगतिशील मञ्च स्पेन,कास्की सेवा समाज,गैर आबासीय नेपाली संघ स्पेन,नेपाली जनसम्पर्क समिति,प्रबासी नेपाली मञ्च,पुर्बेली नेपाली एकता समाज,तमु समाज,नेपाली पाठशाला,स्याङ्जा सहयोग समाज र गल्कोट समाजले भाग लिएका थिए। प्रत्येक टिमबाट ३-३ जनाले सहभागिता जनाएको प्रतियोगितामा सामान्य ज्ञान सम्बन्धि सबै खाले प्रश्नहरु सोधिएको थियो।

दोस्रो स्थान हासिल गर्ने कास्की समाजको समुह
दोस्रो स्थान हासिल गर्ने कास्की समाजको समुह

यस्तै १२ बर्ष मुनिका बालबालिकाहरुलाई सहभागी गराउँदै, समाजले ३ वटा समुहमा बिभाजन गर्दै एक छुट्टै प्रतियोगिता सम्पन्न गर्यो ,जसमा आजीव कार्की,स्तुति कटुवाल ,सुजल भण्डारीको समुह प्रथम तथा दिनेश भण्डारी,प्रसिद्द उपाध्याय संकल्प गौतमको समुहले दोस्रो स्थान हासिल गरेको थियो। स्पेन र नेपाल सम्बन्धि प्रश्नहरु बालबालिकाहरुलाई सोधिएको थियो।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य दीपक खरेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा स्पेन स्थित नेपाली संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रह्यो। बिजेता,उप विजेताहरुलाई मेडल,प्रमाणपत्र तथा पुरस्कार प्रदान गरियो भने सहभागी सबै जनालाई प्रमाणपत्र बितरण गर्दै हौसला प्रदान गरिएको थियो।

12048592_1185844881442243_1210377698_nसमाजका अध्यक्ष प्रकाश तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए स्पेनकि उपाध्यक्ष जानुका रेग्मी खनाल,समाजका उपाध्यक्ष राजु शमशेर थापाले बोल्दै दशै तथा तिहारको उपलक्ष्यमा शुभकामना दिए।

समाजका महासचिव अर्जुन आचार्यले निकै रोचक ढंगले प्रतियोगिताको संचालन गरेका थिए। अलि फरक किसिमको मानिने यस्ता कार्यक्रमले सहभागिहरु लगायत बालबालिकाहरुको समेत सामान्य ज्ञान चासो र चेतना बढ्ने हुँदा धेरैले आयोजकको खुलेर प्रशंसा गरेका थिए।

सहभागी टिमहरु

12166071_1185845131442218_181317045_n-2

12166047_1185844894775575_373360567_n 12077454_1185844948108903_92523066_n 12053113_1185844974775567_322309549_n 12077313_1185844994775565_880357613_n 12083761_1185845004775564_1854993056_n 12166200_1185845014775563_1041265081_n 12086815_1185845048108893_183546685_n 12092505_1185845111442220_516142082_n 12067967_1185845124775552_426074637_n

12166664_1185935328099865_1250718632_n 12092664_1185935384766526_1220678062_n 12165870_1185935361433195_2145060261_n

 

4 COMMENTS

  1. The contest was unsatisfactory in different ways….weak management vako mahasus bhayo sahavagi harulai;first ra secend lai matra upahar re ? disrespect to the third…what a shame!!!.there should be santona puraskar to the fourth as well.

  2. First ra second matra winner ho ? third ko value nai chhaina
    Ki ladies haru bhanera Ho
    What a shame ,,,,,, just aru sadharan sahabhagi lai jastai certificate ? K Ho esto

  3. चितवन समाजलाई धेरै धेरै धन्यवाद दिन चाहनछु जुन हामी सबै नेपाली हरुलाई ज्ञान बर्दक कुराहरु सिकाउने बौद्धिक विकाश गराउने उदेश्यले कार्यक्रम गराउनु भयो योअति महत्वपूर्ण छ अब अर्को बर्ष अझै राम्रो होस् प्रगति होस् शुभ कामना

Comments are closed.