युवा नेता रायमाझीको उपाचारका लागि घले,भट्ट र पन्तको सहयोग


लण्डन/ कलेजो (लिभर) ले काम गर्न छोडे पछि सिकिस्त भएका नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री एवंम नेपाली कांग्रेसका युवा नेता उमेशजङ्ग रायमाझीको जीवन रक्षाका लागि गैरआवासीय नेपाली सँघका अभियन्ताहरुले सहयोग गरेका छन्।

नेता रायमाझीको आर्थिक अवस्था कमजोर भएका कारण विश्वभरबाट आर्थिक सहयोग संकलन जुटिरहेका बेला एनआरएन अध्यक्ष शेष घले,उपाध्यक्ष भवन भट्ट र महासचिब कुमार पन्तले आर्थिक सहयोग गरेका हुन्।

उपाचारका लागि अध्यक्ष शेष घलेले ५ लाख रुपैयाँ, महासचिब कुमार पन्तले २ लाख ५० हजार रुपैयाँ र उपाध्यक्ष भट्टले २ लाख रुपैयाँ सहयोग गरेका छन्। बेलायतस्थित नेपाली जनसम्पर्क समितिले रायमाझीको जीवनरक्षार्थ ११ लाख रुपैयाँको सहयोग संकलन गरेर पठाई सकिएको आर्थिक संकलन समितिका सँयोजक विश्वआर्दश पण्डितले जनाएका छन् ।umesh-700x280-700x280रायमाझी नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष गोबिन्द भट्टराईको कार्यकालका महामन्त्री हुन् । उनको उपचारका लागि करिब २ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । रायमाझीको उपचारका लागि नेपाल सरकारले जम्मा २५ लाख दिने घोषणा गरेको छ । रायमाझीको जीवन रक्षाका लागि उनको परिवारले आर्थिक सहयोगका लागि सार्वजानीक अपील गरेको छ।