स्पेन/ नेपालमा बनेको नयाँ संबिधान प्रति असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्धीको हदसम्म पुगेको भारत सरकार बिरुद्द बेल्जियमबासी नेपालीहरुले बिरोध गरेका छन्। युरोपको राजधानी ब्रसेल्समा स्थित भारतिय दुतावसमा कार्यलयमा पुगी ज्ञापन पत्र बुझाउँदै बिरोध गरेका हुन्।
नेपाली जनताहरुले पहिलो पटक आफ्नै हातले कोरेर,नयाँ संबिधान घोषणा गरेकोमा अन्तराष्ट्रिय जगतले नै खुलेर प्रशंसा गर्दै स्वागत तथा बधाई दिईरहेको बेला छिमेकी मुलुक भारतले गरेका गतिबिधिहरु अप्रजातान्त्रिक रहेको भन्दै बेल्जियमबासी नेपालीहरुले ज्ञापनपत्र बुझाएका हुन्।
अन्तराष्ट्रिय नियम बिपरित नै नाकाबन्दी गर्नु अस्वभाबिक रहेको ठहर गर्दै नेपालको सार्बभौमिकतामा हस्तक्षेप नगर्न सचेत गराएका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको नेतृत्वमा भएको बिरोध कार्यक्रममा,नेपाली जनसम्पर्क समिति प्रवासी नेपाली मञ्च,नेपाली जनप्रगतिशील मञ्च ,प्रवासी नेपाली समाज,नेपाली एकता समाज, नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम लगायतका संघ सस्थाहरुले सहभागिता जनाएका थिए।
एनआरएनहरुले बिरोध गर्दै ज्ञापनपत्र बुझाउँन शुरु
नेपालमा बनेको नयाँ संबिधान प्रति असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्धीको हदसम्म पुगेको भारत सरकार बिरुद्द संसारभरबाट एनआरएनहरु बिरोधमा उत्रन शुरु गरेका छन्। नेपाली जनताहरुले आफ्नै हातले कोरेर जारी गरेको संविधानमा अन्तराष्ट्रिय जगतले नै खुलेर प्रशंसा गर्दै, स्वागत गरिरहेका बेला छिमेकी मुलुक भारत भने असन्तुष्टी बन्दै नाकाबन्दीको हद सम्म पुगे पछि एनआरएनहरुले आक्रोस पोख्न शुरु गरेका हुन्।
नेपाली संघ सस्थाहरुलाई समेटेर राष्ट्रिय समन्वय परिषदहरुको अगुवाईमा भारतीय दुताबास एबम कन्सुलर कार्यालयमा ज्ञापान पत्र बुझाउँदै बिरोध कार्यक्रम भई रहेका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन र जापानले संघ सस्थाहरुको नेतृत्व गर्दै भारतीय दुताबासमा ज्ञापनपत्र बुझाईसकेका छन्।
यस्तै स्विजरल्याण्डमा एनआरएनको नेतृत्वमा बिरोध कार्यक्रम नभए पनि नेपाली जनसम्पर्क समिति स्बिजरल्याण्ड,प्रबासी नेपाली मञ्च,नेपाली ऎक्यबद्दता मञ्चले हस्ताक्षर सहित ज्ञापनपत्र बुझाई बिरोध सभा पनि गरे।
गैर आबासीय नेपाली संघ अष्ट्रेलियाले पनि भारतीय नाकाबन्धीको खुलेर बिरोध गरेको छ। अध्यक्ष सुरेन्द्र सिग्देल द्वारा जारी बिज्ञप्तिमा स्वतन्त्र र सार्बभौम मुलुक नेपालमा बाहिरी हस्तक्षेप नगर्न सचेत गराएको छ।
नाकाबन्दीको बिरोधमा अमेरिकाको न्यूयोर्कमा रहेका नेपालीहरुले राष्ट्रसंघीय मुख्यालय अगाडि बिरोध प्रदर्शन गरे। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका र प्रजातान्त्रिक युवा परिषदले राष्ट्रसंघ मुख्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
नाकाबन्दी गरेकोमा अमेरिकाका एनआरएन ११ वटा स्टेट च्याप्टरले संयुक्त विज्ञप्ति जारी गर्दै नाकाबन्दीले भारतले आफ्नो असली अनुहार उदांगो पारेको भन्दै टिप्पणी गरेका थिए।