– मोहनराज बराल मुन
भनिन्छ,कसैको मुटुमा बास बस्न रक्तदान गर्नुहोस । रक्तदानले मानिसलाई पुनर्जन्म पनि दिन्छ।फेरि के हो भने रक्तदाननै पुण्यताको अनुपम ज्योति हो। यहि ज्योतिबाट समाजलाई उज्यालो प्रदान गरियो भने समाज सुन्दर र चम्किलो बन्छ। यसकारण यसको महत्व तथा महिमाको जति नै ब्याख्या गरे पनि कम हुन्छ।
रगतकै अभाबको कारण विश्वमा कयौ मानिसहरूको ज्यान गईरहेको हुन्छ। सन २०१३ को बिश्व स्वास्थ्य संघले ९३ करोड ईकाई रगतको आवश्यकता पर्ने देखाएको थियो।अविकसित देशहरूमा यो ग्राफ़ बढदो छ।फेरि यसैको आँकड़ा सापट लिने हो भने विश्वमा ७२ देशमा ९०% भन्दा बढि मानिसहरूले स्वयम् सेवाको रूपमा रक्तदान गर्छन्।
विश्वमा रक्तदान सम्बन्धी खोजि कसरी शुरू भो भन्ने कुराहरूको अध्ययन गर्दा ब्लड डटकोडट युके अनुसार सर्बप्रथम सन् १६२५ मा विलियम हार्भेले जीवित शरीर भित्रका मुटु र नशाहरुमा रातो तरल पदार्थ रगत संचार हुने कुरालाई व्याख्या गरेका थिए।
१९ जनवरी १७९१ लण्डनको हल्बनमा जन्मेका डा. जेम्स ल्वन्डेल सन् १८१८ मा बेलायतमा मर्न लागेको मानिसलाई मानिसको रगत सञ्चार गराउने प्रयास गरे तर उनि सन १८२९ मा सफल भए।उनि १८२९मा लेखेको लेख अनुसार आफ्नो बिरामीको श्रीमानबाट सुईको प्रयोगबाट बिरामीलाई रगत ट्रान्सफर गरेका थिए।
अष्ट्रियाकाको भियनामा १४ जुन१८६८ जन्मेका डा कार्ल लेन्डस्टेनरले सन १९०० मा रगतको ए, वी र ओ समूह हुन्छ भनी पत्ता लगाएका थिए। फेरि सन १९३६ मा विश्वमा पहिलो ब्लडबैंक अमेरिकाको चिकागो शहरको कन्ट्री हस्पिटलमा खुलेको थियो।दोस्रो विश्व युद्द हुनु पुर्व सन १९४१ मा अमेरिकी रेडक्रसको पहलमा चाल्स रिचार्ड ड्रु आर्मीहरूलाई रक्तदान गराउने अभियान शुरू गरे।
फेरि नेपालको परिपक्षमा आज भन्दा लगभग पाँच दशक अधि बि.स २०२३ साउन १२ गतेबाट लक्ष्मी ब्लड बैंकको नाममा वीर अस्पताल नजिकैको सानो घरमा नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा स्थापना गरी सेवा सञ्चालन गरेको मानिन्छ।फेरि रक्तदानको इतिहास नेपालमा सात दशक पुरानो छ ।
समाजसेवी दयावीरसिंह कंशाकारलाई नेपालका प्रथम रक्तदाता मानिन्छ।उहाँले वि.सं २००० मा रक्तदान गरी ‘रक्तदान जीवनदान’ अभियान सुरु गर्नुभएको थियो । तत्कालीन राजा महेन्द्रले समेत रक्तदान गरी यो अभियानको आवश्यकताको जानकारी दिन खोजेको ईतिहास छ । फेरि नेपालमा धेरै रक्तदान गरिने व्यक्तिगरूको बारेमा अध्ययन गर्दा प्रेमसागर कर्माचार्य लिईन्छ।
जो नेपाल भोलुन्टयरी ब्लड डोनर्स सोसाईटी नेपालका केन्द्रित अध्यक्ष पनि हुनुहुन्छ उहाँले हालसम्म १४१ पटक रक्तदान गरिसक्नु भएकोछ।उहाँलाई असायहरूको पिता पनि भनेर चिनिन्छ।उहाँलाई सबैभन्दा बढी रक्तदान गर्ने व्यक्ति मानिन्छ ।
फेरि अर्जुन प्रसाद मैनाली जो ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष पनि हुन। सन १९९० में देखि १९९१ फेब्रअरी सम्ममा नेपालमा रक्तदान सम्बन्धि जनचेतना फैलाउन साईकलमा नेपाल टुर गरेका मैनालीले गत वर्ष सन् २०१४ मा १४ पटक रक्तदान गरेका थिए भने सन् २०१५ मा १९ पटक रक्तदान गर्ने तालिका समेत निर्माण गरेका छन् । उनी फेरि वर्षमा सबैभन्दा बढी रक्तदान गर्ने नेपाली मूलका अमेरिकन हुन् । उनलाई अमेरिका तथा यूरोपमा समेत रक्तदाताको रूपमा चिनिने गरिन्छ ।
बारा जिल्लाको गढीमाई नगरपालिका वडा नं २ सिमरा निवासी तिमल्सिना जो तीन वर्षको कलिलै उमेरमा आँखाको नानी सदाका लागि गुमाए जस्ले रगतको रङ कस्तो हुन्छ ? देख्न सक्दैनन् ।तर उनले गरेको रगतदानले धेरै आँखा देख्नेहरुले नयाँ जीवन पाईरहेका छन। भनिन्छ १ पटक रक्तदान गर्दा यसबाट ३ जना मानिस बच्न सक्छन।
सामान्यतयाः ४५ केजीभन्दा माथि तौल भएका १८ बर्षदेखी ६० बर्षसम्मका स्वस्थ्य पुरुष वा महिलाले रक्तदान गर्न सक्दछन् । एक व्यक्तिले हरेक तीन महिनाको अन्तरालमा रक्तदान गर्न सक्दछन । रजस्वला भएका महिलाले आठ दिनसम्म रक्तदान गर्न हुँदैन भने स्तनपान गराइरहेको अवधि र गर्भवती अवस्थामा पनि रक्तदान गर्न हुँदैन ।
फेरि विश्वमा रक्तसञ्चार सेवाको इतिहास लगभग ४ शताब्दीको पुरानो छ। हाल दिन प्रतिदिन रगत दान गर्ने रक्तदाताहरू बढिरहेकाछन। रक्तदान जस्तो अत्यन्त राम्रो र मानवीय कार्य गर्ने अभियानमा पोखरा पनि एक जना युवा लागीरहेका छन।
ति हुन नेपाल भोलुन्टयरी ब्लड डोनर्स सोसाईटी कास्कीका अध्यक्ष तिर्थराज अवस्थी। आफ्नो १८औ जन्मदिन रक्तदान गरेर मनाएका यिनीले हालसम्म ४४ पटक रक्तदान गरिसकेका छन। विदा या त समय हुने बित्तिकै गाँम ठाँमका कुना कुना पुगेर रगतदान गरौ भन्ने जनचेतना अभिवृद्धि गर्छन साईकलमा।
पोखरामा साईकिलिङ्ग गर्नेहरूको क्लब साईकल सिटी पोखराका सदस्य रहेका यि युवाको साईनो दुई कुरामा छ साईकल अनि रगत। हातमा “डोनेट ब्लड”टाटु खोपाएका उनिको काम र कुरा सुन्दा लाग्छ साईकिलिङ्ग यिनको “प्सासन” हो र ब्लड डोनेशन यिनको “रिलिजन” हो।
गत बर्ष रक्तदान जीवनदानको नारा दिएर साईकलमा मेची महाकाली टुर गरेका यिनीलाई यसरी टुर गर्न विश्व साईकल यात्री पुष्कर शाहको प्रेरणा मिलेको बताउछन।यात्राको क्रममा ग्राहो हुदा पुष्कर शाहको “प्यासन एण्ड ईनकरेज” टाईटल भएको युटुबबाटै हेरेको भिडियो सम्झेर आफुमा थप प्रेरणा मिलेको बताउँछन् ।
रगत किन्न सकिने वस्तु होइन ।उनि भन्छन हालसम्म वैज्ञानिकहरुले कृत्रिम रगत बनाउन सफल भएका छैनन् । यसकारण पनि यसको कुनै विकल्प छैन । एउटा मानिसले अर्को मानिसको जीवन रक्षाको लागि गरिने रक्तदान यसको सम्भावित उपाय हो । रक्तदानको महत्वलाई स्वयंसेवक रक्तदाताहरुलाई उत्प्रेरणा दिलाउदै जानुपर्दछ उनि भन्छन।
फेरि पोखरामा सबै भन्दा रक्तदान गर्ने व्यक्ति सम्भवत मलाई लाग्छ (अनुमान) जितेन्द्रमान शाक्य हुन्। साईकल सिटीका अध्यक्ष समेत रहेका उनले हाल सम्म ५१ पटक रक्तदान गरिसकेका छन।साईकलको माध्यमबाट जनचेतना फैलाउदै हिडने यि पोख्रेली युबाहरू जहाँ पुग्छन रक्तदान सम्बन्धी जनचेतना फैलाउछन। ईमाजिन ल दि पिपुल लिभिडग फर टुडे।बाँचुञ्जेल यी युवाहरू झै मानवतावादी काम गरौ।
भनिन्छ “सबै कुराको गुन तिर्न सकिन्छ रे, तर रगत दिनेको गुन कसरी तिर्ने ? यसका लागि पनि आँफुलाई सम्भव भए सम्म रक्तदान गर्न नछुटाउँनु होला।