बार्सिलोना / क्याटलुनियामा शनिबार सम्पन्न अल्ट्रा पिरिनेउ म्याराथनमा महिला तर्फ बिश्व उपबिजेता बनेकी नेपाली चेली मिरा राईलाई स्पेनमा सम्मान गरिने भएको छ। स्पेन स्थित नेपाली समुदायले नेपाली चेलीलाई सम्मान गर्न लागेको हो।
राईले निर्धारित १ सय १० किलोमिटर दुरी १३ घण्टा ४३ मिनेट ४९ सेकेण्डमा पार गरि उपविजेता बन्दै नेपाली झण्डा फहराएकी थिईन्। स्विडेनकी ईमिली फोर्सब्रगले भने सोहि दुरी १३ घण्टा ३९ मिनेट ३३ सेकेण्डमा पार गर्दै बिश्व च्याम्पियन बनिन्।
राईलाई सोमबार दिउँसो बार्सिलोनामा सम्मान कार्यक्रम राखिएको आयोजक नेपाली जनप्रगतीशिल मञ्च स्पेनले जनाएको छ। कार्यक्रममा स्पेन स्थित नेपाली संघ सस्थाका प्रतिनिधिहरु लगायत नेपाली समुदाय समुदाय उपस्थित भई बधाई तथा शुभकामना दिन सुचना जारी गरिएको छ।
राईलाई हौसला प्रदान गर्न स्पेन स्थित नेपालीहरु शनिबार बिहान ५ बजे नै उच्च पहाडी क्षेत्र बागा पुगेका थिए। दौड नसकिने बेला सम्म प्रतिक्षा गर्दै बसेका नेपालीहरुले, मिरा उपबिजेता बन्दै घेरा नाघे पछि, “नेपाल नेपाल” भन्दै नारा लगाएका थिए। मिरालाई हौसाला दिन स्पेनका नेपालीहरु कामै छोडेर भए पनि पुगेका हुन्। नेपाली समुदाय माँझ मिरा आउँने भए पछि स्पेन बासी नेपालीहरुको उल्लेखेनिय रुपमा सहभागिता रहने अपेक्षा गरिने भएको छ।
अल्ट्रा दौड शुरु गरेको २ बर्षमा नै चर्चा कमाएकी राईले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको १ बर्ष मा नै यति ठुलो सफलता हात पारेकी हुन्। उनले हङकङ, अष्ट्रेलिया, फ्रान्स, नर्बे, स्बिजरल्याण्ड ईटाली लगायतका देशहरु अल्ट्रा दौडमा भाग लिई सकेकी छन्।
भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेरदेखि नै माओवादी जनयुद्वमा लागेकी थिइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा कम उमेरका कारण उनलाई अयोग्य लडाकु ठहर गरिएको थियो ।
कार्यक्रमबारे पूर्ण जानकारी
मिति :- सेक्टेम्बर २१ सोमबार ,०१५
समय :- अपरान्ह ४;३० बजे
स्थान:- हिमाली रेष्टुरेन्ट बार्सिलोना
आयोजक:- नेपाली जनप्रगतिशिल मञ्च स्पेन






miraa rai ko safaltaamaa saath dine spenmaa rahanuvayekaa sampurna nepali haru swovagyasaali hunuhunxa.
Comments are closed.