स्पेनमा नेपाली चेली मिरा बनिन्”प्रिनेउ अल्ट्रा” बिश्व उपबिजेता


बसन्त रानाभाट /बार्सिलोना ‘हार-जित के जे भए पनि, अन्तिम पलसम्म देशलाई छातिमा राखेर दौडिने बताउँदै आएकी नेपाली चेली मिरा राई अन्तत: बिश्व उपविजेता बनेकी छिन्। स्पेनमा सम्पन्न सालोमन  प्रिनेउ अल्ट्रा दौडमा उनि महिला तर्फको उपबिजेता बनेकी हुन्।

राईले निर्धारित १ सय १० किलोमिटर दुरी १३ घण्टा ४३ मिनेट ४९ सेकेण्डमा पार गरि उपविजेता बन्दै नेपाली झण्डा फहराईन्। स्विडेनकी ईमिली फोर्सब्रगले भने सोहि दुरी १३ घण्टा ३९ मिनेट ३३ सेकेण्डमा पार गर्दै बिश्व च्याम्पियन बनिन्। मीराले उनलाई शुरु देखि नै दबाबमा पार्दै आएकि थिईन्।

गत बर्षकि बिजेता नुरिया प्लाकासले भने तेस्रोमा चित्त बुझाईन्। अल्ट्रा दौडमा थुप्रै रेकर्ड बनाई सकेकी स्पेनिस धावक नुरियाले १४ घण्टा १३ मिनेटमा मात्र दुरी पार गर्न सकिन्। संसारकै पाँच उत्कृष्ट दौडमध्ये पर्ने स्पेनको अन्तराष्ट्रिय स्तरको दौडको उपविजेता बनेर नेपाली चेली राईले नेपाल र नेपालीको शिर ठाडो बनाएकी छिन्।11999551_916427725090215_3614015667602608116_oराईले यस अघि नेपालीनेपाली डटकम सँग  कुराकानी गर्दै संसारका उत्कृष्ट धावकहरु अगाडि नेपाली झण्डा फहराउने संकल्प रहेको बताएकी थिईन् । उनले भनेकी थिईन्, “प्रतियोगिता हो, हार जीत त हुन्छ नै । तर, अन्तिम पलसम्म मेरो देश सम्झेर दौडने छु ।’ उपबिजेता बन्दै संसार सामु नेपाली झण्डा फहराउँन सफल भए पछि राईले आफ्नो संकल्प पुरा भएको बताएकी छिन्।

कठिन मिहेनत पछि मात्र फाईनल खेल्ने अबसर पाएकी राईले ‘धेरै पटक च्याम्पियन बनेका र रेकर्ड बनाएका सिनियर धावकहरु सँग प्रतिस्पर्धा गर्दै उप बिजेता समेत बनिन्।उनले पाँच वटा छनोट चरण पार गर्दै आए पछि मात्र स्पेनको फाईनल प्रतियोगितामा सहभागिता जनाउने अबसर पाएकी हुन्।

स्पेन,स्बिजरल्याण्ड,रसिया,चेक,गणतन्त्र,जर्मनी,अर्जेन्टिना,कोलोम्बिया,नेदरल्याण्ड,पोल्याण्ड,मेक्सिको,क्यानाडा,पोर्चुगल,ईक्यडर लगातार थुप्रै देशका धावकहरु छनोट चरण पार गरि फाईनल प्रतियोगितामा उनि सँगै सहभागिता जनाएका थिए। IMG_6823उनलाई हौसला प्रदान गर्न स्पेन स्थित नेपालीहरु शनिबार बिहान ५ बजे नै उच्च पहाडी क्षेत्र बागा पुगेका थिए। दौड नसकिने बेला सम्म प्रतिक्षा गर्दै बसेका नेपालीहरुले, मिरा उपबिजेता बन्दै घेरा नाघे पछि, “नेपाल नेपाल” भन्दै नारा लगाएका थिए।

मिरालाई हौसाला दिन स्पेनका नेपालीहरु कामै छोडेर भए पनि पुगेका थिए। दौडमा भाग लिनु अगावै राईलाई यहाँका स्थानीय संचार माध्यमहरुले पनि निकै प्राथमिकताका साथ स्थान दिए।भने उप बिजेता बने पछि झन् सबै क्यामारामा फेस गर्न उनलाई भ्याईनभ्याई थियो।

मिराले यसअघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनको उपाधि जित्दै नेपालको शान बिश्वभर फैलाएकी थिइन् । उपाधि जितेर चर्चा कमाए पछि पनि नेपाल सरकारबाट उनलाई कुनै पनि किसिमको सहयोग र प्रोत्साहन नमिलेको बताउँदै आएकी छिन् । बिदेशीहरुको सहयोग र सालोमन क्लबको स्पोंन्सरमा मिराले स्पेनमा भाग लिने अबसर पाएकी हुन्।

अल्ट्रा दौड शुरु गरेको २ बर्षमा नै चर्चा कमाएकी राईले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको १ बर्ष मा नै यति ठुलो सफलता हात पारेकी हुन्। उनले हङकङ, अष्ट्रेलिया, फ्रान्स, नर्बे, स्बिजरल्याण्ड ईटाली लगायतका देशहरु अल्ट्रा दौडमा भाग लिई सकेकी छन्।

भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेरदेखि नै माओवादी जनयुद्वमा लागेकी थिइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा कम उमेरका कारण उनलाई अयोग्य लडाकु ठहर गरिएको थियो ।IMG_6844IMG_685912029669_916428445090143_873250677190460344_o12045669_916428618423459_8836733356382741403_oIMG_688612028749_916428721756782_1939441431505324919_o

36 COMMENTS

  1. अर्धशिक्षित, अदुर्दर्शि र ब्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेका नेताहरुले बिश्वमै नेपालको बद्नाम हुने काम गरिरहेको बेला नेपाली चेलीले मीरा राइले गोर्खालीहरुले राखेको उच्चा बहादुरीको सम्मानलाइ प्रमाणित गर्दै गोर्खालीको छोरी पनि बिराङ्गाना हुन्छे भनि प्रमाणित गरिदिएकिछिन्। उनले स्वभाविक रुपमा नेपाल र नेपालीको शिर उच्चा बनाएकिछिन्। धेरै धेरै बधाइ छ र आउदो बर्ष प्रथम स्थान ओगट्न सक्ने गरि अभ्यास गर्न पनि सुझाब छ।

  2. हार्दिक हार्दिक बधाई छ नेपाली चेली मिम्रो सफल्ता र तिम्रो भविश्यको लागि!

  3. nepalma kiratiharuko pahichan ahile ayer matra bhayeko hoin satya yug batai ho tara aphasos ! kasaiko dabad ma dabiyepani kiratiharu le aphno bahaduri kayamai rakheko kura chharlangai 6 jastai mira rai ,world kai no 1 pestol tiger sub. jitu rai (indian army ) aru parda pachhadi kati chha lekha jokha nai chhain .tyasaile kirati harulai dabaune bhaneko ago lai dabaunu = ho .agolai jati hallaunus wa tala parnus jwala jhan jhan danker ubho auchha . badhai 6 mira rai lai .

Comments are closed.