दोहा/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदमा कतारबाट नरेन्द्रबहादुर भाटले उम्मेद्वारी घोषणा गरेका छन्। एनआरएनको बिश्व सम्मेलन आउँन १ महिना बाँकी रहँदा भाटले उम्मेद्वारी घोषणा गरेका हुन्।
उनि गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका बर्तमान सल्लहाकार समेत हुन्। भाटले सोमवार पत्रकार सम्मेलन गरी ११ बुँदे प्रतिबद्धतापत्रसहित आफ्नो उम्मेदवारी घोषणा गरे।
राष्ट्रिय समन्वय परिषद कतारको कार्य समिति सदस्य, सचिवालय सदस्य, सचिव एवं कार्यवाहक महासचिव पदमा, राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्ष, मध्यपूर्व क्षेत्रीय संयोजक र हाल आईसीसी सल्लाहकारको पदमा रहेर भाटले यस अघि थुप्रै जिम्मेवारीहरु निर्बाह गरिसकेका छन्।
घोषणा पत्र जस्ताको तस्तै
१. एनआरएनएको स्थापनाकालमा वैज्ञानिक सोचका साथ तयार पारिएको परिभाषालाई कार्यान्वयन गराउन ।
२. नेपालमा गत बैशाखमा आएको अकल्पनीय महाभूकम्पको क्षति पश्चातको पुननिर्माणका लागि एनआरएनएले लिएको अग्रसरता तथा गरेको घोषणालाई द्रुत तवरले सम्पन्न गराउन सम्वन्धित निकायहरुसँग पहल गर्ने साथै एनसीसीहरुसँग समन्वय गरि थप श्रोतहरुको व्यवस्थापन सहित कार्य गर्नेे ।
३. गैरआवासीय नेपालीहरुले विदेशमा सिकेको सिप र कमाएको पुँजीलाई एकत्रित गरि सामुहिक लगानीको अवधारणालाई अझ विस्कृत गर्न साथै आधुनिक प्रविधिको व्यवस्थापनमा श्रोत जुटाउन र त्यसको परिचालन मुलुक भित्र गर्न अग्रसर रहनेछ ।
४. गैरआवासीय नेपालीको साझा सपना समृद्ध नेपालको परिकल्पनालाई सार्थक बनाउन नेपाली कला, संस्कृति, शिक्षा, नेपाली भाषा, खेलकूद, पर्यटन, र प्राकृतिक श्रोतको पहिचान एवं परिचालन गर्ने ।
५. मध्यर्पुका राष्ट्रहरु लगायत मलेसियामा कार्यरत आम गैरआवासीय नेपालीहरुका मुख्य समस्याहरु न्युनिकरण गर्न तथा ति राष्ट्रहरुमा वसोवास गर्ने नेपालीहरुको हकहितका लागि आवश्यक कार्यहरु गर्न गराउन पहल गर्ने । त्यसका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको प्रभावकारी कार्यन्वयन गर्न नेपाल सरकारसँग पहल गर्ने ।
६. एकपटकको नेपाली सधैंको नेपाली हुनु पाउनु पर्ने एनआरएनएको अभियानलाई पूर्ण अधिकार सहितको नेपाली बनाउन प्रयत्नरत रहने ।
७. आम गैरआवासीय नेपालीहरुको आफ्नो नैसर्गिक अधिकार मताधिकारलाई सुरक्षित गर्न पहल गर्ने ।
८. एनआरएनएको संस्थागत पारदर्शिता तथा जानकारीहरुलाई प्रमुखता दिदै हामी को हौ ? हामीलाइ के थाहा छ ? र हामी के गर्न सक्छौं ? भन्ने अवधारणलाई अगाडी वढाउँदै एनआरएनएको उद्देश्य अनुरुप अगाडी वढ्ने ।
९. वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित वनाउनका लागि एनआरएनएले गर्दै आएको पहललाई अझ शसक्त वनाउने साथै नेपाल सरकारद्धारा वैदेशिक रोजगारीका लागि ल्याईएको शुन्य लागतको योजनालाई प्रभावकारी सहयोग गर्न ।
१० . विदेशमा रहेका नेपाली राजदुतावासहरुलाई समय सापेक्ष साधन र श्रोतले भरिपुर्ण वनाउनका लागि सरकारसँग पहल गर्ने साथै आवश्यकता वमोजिम सम्वन्धित एनसिसिहरु मार्फत स्वयमसेवी सहयोग गर्ने कुरामा अग्रसर रहनुका साथै प्रत्येक राजदुतावासमा रहने एनआरएन डेस्कलाई प्रभावकारी वनाउन पहल गर्ने ।
११. विभिन्न देश तथा क्षेत्रमा रहेका एनआरएनए एनसिसि र सम्वन्धित क्षेत्रिय संयोजकहरुसँगको समन्वयमा सो क्षेत्रका एनआरएनहरु, नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्न, एनआरएनहरुसँग रहेको सिप, पुँजी र सम्भावनाहरुलाई सदुपयोग गरि समृद्ध नेपालको निर्माणका खातिर प्रयोग गर्न ।
उपरोक्त प्रतिवद्धताका वुँदाहरु मेरो उम्मेद्धारीका आधार हुन । यि वुँदाहरु निर्वाचित भई सके पश्चात कार्यन्वयन गर्न गराउनका लागि मेरो अधिकतम पहल रहनेछ । त्यसका लागि सम्पुर्ण गैरआवासीय नेपालीहरुको सहयोग अपरिहार्य रहनेछ ।
मेरो उम्मेद्धारी प्रति सदैव यहाँहरुको सहयोग र सदिक्षाको पूर्ण अपेक्षा गर्दछु ।
नरेन्द्र बहादुर भाट
उपाध्यक्ष उम्मेदवार
गैरआवासीय नेपाली संघ
अन्तर्राष्ट्रिय समन्वय परिषद् ।
मिति १४ सेप्टेम्वर २०१५






Agrma badhai Narendra Bahadur Ranabhat Ji ranabhat samajko ek sadashayale NRNko vice presidentko lagi nomination garnubhakoma Sasha garun sarbatra bishow ma chriara rhanu bhako Nepali NRN KO garima mya padma aaphno amulya Mata pardon garnuhunecha shuubhakamana….!
Comments are closed.