स्वस्थ मुटुको लागी साइक्लिङ्ग, ¥यालीको तयारी तिब्र


पोखरा / सुन्दर नगरी पोखरामा हुने “स्वस्थ मुटुको लागी साइक्लिङ्ग” भन्ने जनचेतनामुलक वृहत साईकल ¥यालीको तयारी तिब्रता साथ भईरहेको छ। आगामी असोज १२ गते विश्व मुटु दिवसको अवसरमा हुन लागेको अन्तराष्ट्रीय स्तरको साईकिलिङ्ग -यालीको तयारी तिब्रता साथ गरिएको हो।

कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न मुल आयोजक समितीले साईकल ब्यापक छलफल अगाडी बढाएको छ। डेमसाईट क्लवको भबनमा भएको छलफलमा कसरी ब्यबस्थित गर्ने भन्ने बारे छलफल गरिएको मुल आयोजक समितिका संयोजक निरज थापाले नेपालीनेपालीडटलाई जानकारी गराए।

unnamed-52

सुन्दर नगरी पोखरामा अन्तराष्ट्रिय स्तरको साईकल ¥यालीको झल्को दिने गरि संचालन गर्ने यस अभियानमा ड्यामसाईट क्लबले सहयोग गर्न आतुर रहेको जनाएको छ।सोहि कार्यक्रममा जापानमा बस्ने समाजसेवी खगेन्द्र जड्ग शाहीले रू १० हजार रुपैयाँ बराबरको चेक क्लबलाई प्रदान गरे।

समाजसेवीहरू खगेन्द्र जड्ग शाही,रंगीला आचार्य रहेका त्यस कार्यक्रममा टुर दि पोखरा २०१५ का संयोजन निरज थापा,सदस्यहरू मोहन राज बराल लगायतले बोलेका थिए।क्लबका अध्यक्ष पदम बहादुर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्लबका सचिब रमेश प्रसाद बरालले गरेका थिए।

unnamed-54