कृष्ण रानाभाट
पोखरा /
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा भाट समाज नेपाल पोखरा–१७ विरौटा इकाइले शुक्रबार पोखरामा दिदीबहिनीहरुलाई दर खुवायो । प्रमुख अतिथि नेपाल महिला संघ कास्की जिल्लाकी अध्यक्ष कोपिला रानाभाटले उद्घाटन गर्दै वर्षमा एक पटक दिदीबहिनीहरुको विचमा तिजको दर खुवाउने कार्यक्रमले दिदीबहिनीहरुले साथीभाईको लहैलहैमा लागेर पाँच तारे होटलमा गएर फजुल खर्च गर्नु नपर्ने वताईन्। साथै तिजको नाममा व्यापार गर्नेहरुसंग पनि सजग रहनुपर्ने वताईन्।
कार्यक्रम तनहूँ जिल्लाबाट आएको भाज समाजका दिदीबहिनीहरुले तिजको गित गाउँदै नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार महासंघकी केन्द्रिय सदस्य शुष्मा पौडेल, भाट समाजका केन्द्रिय अध्यक्ष खड्गबहादुर रानाभाट, चिनु रानाभाट, श्रीबहादुर रानाभाट, रमेशबहादुर रानाभाट, मीना रानाभाट लगाएतले शुभकामना व्यक्त गरेका थिए।
भाट समाजका केन्द्रिय, क्षेत्रिय, जिल्ला स्तरका अगुवाहरुले शुभकामना व्यक्त गरेको कार्यक्रम ईकाई अध्यक्ष डिलमाया रानाभाटको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत कार्यक्रम संयोजक भीमबहादुर रानाभाटले र संचालन कृष्णराम रानाभाटले गरेका थिए।









Verry good
Comments are closed.