– कृष्ण रानाभाट
आजभन्दा १२ वर्ष अगाडि २०६१ भदौ १२ गते इराकमा १२ जना नेपालीलाई त्यहाँका व्रि्रोहीहरूले निर्ममतापूर्वक हत्या गरेका थिए। रोजगारीको सिलसिलामा म पनि इराकमै थिएँ। २०६० साल पुस महिनामा म त्यहाँ पुगेको थिएँ।
ती नेपालीहरूको हत्याको विषयमा नेपालमा निकै भ्रम रहेको मैले यहाँ आएपछि पाएँ। आज घटना भएको पनि १२ वर्षसम्म पनि धेरै नेपालीलाई उक्त घटनाको बारेमा थाहा नभएको पाएँ। त्यसैले म त्यहीँ हुँदाको बेलामा भएको घटना भएकोले मैले थाहा पाएसम्मको जानकारी यहाँ दिन गइरहेको छु।
त्यसताका इराकमा जाँदा निकै कष्टपूर्वक जानुपर्ने बाध्यता थियो। कम्पनीहरूले कामदारहरूलाई बसमा लैजाने गर्दथे। खानापिनको कुनै टुङ्गो पनि थिएन। दुर्इरात तीन दिनको बाटो पानी र सुख्खा रोटीको भरमा गएका थियौं। र त्यस बेला जो पनि कुवेतलगायतका देशहरूबाट इराक गइन्थ्यो, बसमा नै जानुपर्ने हुन्थ्यो। बसलाई भने अमेरिकी सेनाको कन्भेले सुरक्षा प्रदान गरेको हुन्थ्यो।
मैले त्यसताका किन भनेको भने पछि सन् २००६ बाट कामदारलाई बसमा यात्रा गर्न प्रतिबन्ध नै लगाएको थियो अमेरिकी सेनाले। त्यो घटनाले अमेरिकी सेनालाई पनि मोटरबाटोबाट कामदार ओसारपसार गर्दा धेरै जोखिम भएको पछि बल्ल थाह पाएछ कि त।
इराकमा अमेरिकी सेना जताततै थिए। ती सेनालाई खाना, यातायात, सरसफाइ आदि कार्यको लागि अन्य कम्पनीहरूलाई जिम्मा दिइन्थ्यो। त्यो कन्ट्रयाक्ट बढीमा एक वर्षको हुन्थ्यो। ती कम्पनीहरूले आफ्ना कामदारलाई इराकभित्रकै एक ठाउँबाट अकोर्मा लैजाने गर्दथे। बाटोमा व्रि्रोहीको बाबजुत अमेरिकी सेनाको सुरक्षाबीच कामदारहरूलाई ओसारपसार गर्दथे।
म इराकको वलादमा थिए। त्यस ठाउँलाई अमेरिकी सेनाले अनोकण्डा क्याम्प नाम राखेका थिए। उक्त क्याम्पमा दैनिक ६/७ हजार जनाले खाना खान्थे। सो ठाउँ राजधानी बगदाद भन्दा ४० माइल उत्तर, इरानको बोर्डर नजिक पर्छ। मैले काम गर्ने तामिमि कम्पनीसहित पाँच वटा अन्य कम्पनीहरूले अमेरीकी सेनासँग मिलेर कार्य गरेका थिए। त्यहाँ अमेरिकी सेनाको कन्ट्रयाक्ट केविआर कम्पनीले लिएको थियो भने केविआरसँग हाम्रो कम्पनीले। यसरी अन्य फष्ट कुवेती, कुलाक, पिपिआइलगायतका कम्पनीहरूले सेनासँग काम गर्ने गर्दथे। ती कम्पनीहरूमा प्रायः नेपाली कामदारले काम गर्दथे।
हाम्रो देशले काम गर्न प्रतिबन्ध लगाएको देश इराक भए तापनि त्यहाँ कामको खोजीमा जाने नेपालीहरू प्रशस्त थिए। खाडी मुलुकको लागि भनेर नेपालबाट गएका नेपालीलाई लोभ लालच तथा धम्क्याएर इराकमा जान बाध्य पारिन्थ्यो।
इराकको नजिकै रहेका कुवेत, साउदी अरेविया, युर्एइ, कतार, जोर्डनजस्ता देशमा रहेका कम्पनीहरूले इराकमा कामदार पठाउँथे।नेपालबाट जाँदा ती देशको लागि भने तापनि काम गर्नका लागि इराक पठाउँथ्यो कम्पनीले।
ती १२ जना नेपाली पनि जोर्डनको एक कम्पनीमा काम गर्दथे। कम्पनीले इराकमा काम गर्न केविआरसँग कन्ट्रयाक्ट लिएको रहेछ। कामदारहरू, खाद्यान्न सामाग्री ल्याउने एउटा बस रहेछ कम्पनीकै। तर त्यो बसको ड्राइभर भने इराकी रहेछ। त्यसबेला उक्त बसमा नेपालीहरूको साथमा अमेरिकी सेना तथा केविआरका कुनै पनि प्रतिनिधि हुनुपर्ने भएको भए तापनि कोही पनि रहेनछन्। दुर्भाग्य त्यो इराकी ड्राइभर पनि व्रि्रोहीसँग मिलेको रहेछ वा उसलाई व्रि्रोहीहरूले धम्क्याए। उसले नेपालीहरू भएको उक्त बसलाई व्रि्रोहीहरूको ठाउँमा लग्यो र उनीहरूले दुखद् घटना गराए। निदोर्ष ती नेपाली आमा छोराहरूको व्रि्रोहीहरूले निर्ममतापूर्वक हत्या गरे। यदि नेपालीसँग अमेरिकी सेना भएको भए त्यो घटना हुने पनि थिएन। नेपाली सुरक्षित हुुने थिए।
हाम्रो देश कमजोर गरिब भएकोले बाहिरका देशले हामीलाई जे गरे पनि हुन्छ भन्ने सोच राख्दछन् भन्ने यो एउटा राम्रो उदाहरण हो। विदेशीहरू नेपालमा आएर दुर्इ चार शब्द नेपाली बोल्दैमा उनीहरूले नेपालीलाई आफ्नो मुलुकमा राम्रो व्यवहार देखाउँछन् भन्ने केही पनि छैन।
हत्याको पछाडि धार्मिक अन्धविश्वासले पनि काम गरेको छ। जस्तो कि ती व्रि्रोहीहरूले अमेरिकी सेनाको विरुद्ध द्वन्द्व चलाइरहेका थिए। उनीहरूको नजरमा अमेरिकीहरू दुश्मन भए। फेरि नेपाली कामदारहरूले अमेरिकी सेना जो उनीहरूको दुश्मन हुन तिनीहरूलाई सघाएका थिए।दुश्मनको साथ दिने पनि दुश्मनै ठानेर नेपालीहरूको हत्या गरेका हुन्।
यहाँ नेपालमा त्यस बेला चारैतिर एउटा हल्ला फैलिएछ। इराकमा काम गरिरहेका नेपालीलाई काम गरेको ठाउँबाट अपहरण गरेर हत्या गरे भन्ने। हाम्रा घरमा बाबा आमा, परिवारका सदस्यलाई पनि त्यस्तै लाग्यो। अनि हरेकपटक फोन गरेर सम्झाएको थिएँ। हामीले काम गर्ने ठाउँमा उनीहरू कुनै पनि हालतमा आउन सक्ने स्थिति नै थिएन। इराकीहरूलाई प्रवेश निषेध जस्तै थियो। इराकी जनताहरू आफ्नो खेतबारीमा काम गरेको भने हामीले टाढैबाट देखिन्थ्यो।
हामी पनि आफ्नो क्षेत्रभन्दा बाहिर जान अनुमति थिएन। जान पनि सकिँदैन थियो। दैनिक १४ घण्टा काम गर्नुपर्दथ्यो भने बसमा बाहेक पैदल हिँड्न पनि पाइन्थेन। एसीजडित बसहरूमा त्यहा भित्र जहाँ जान पनि पाइन्थ्यो। फोन गर्न, किनमेल गर्न, साइवर, जिम, पौडी खेल्न जानको लागि बसको प्रयोग गर्न पाइन्थ्यो। सबै निःशुल्क थियो।
त्यहाँ पनि कामदारहरूको कार्डका प्रकारहरू थिए। कुन कार्ड होल्डरकहाँ जान पाउने भन्ने थियो। हाम्रो कम्पनीमा काम गर्ने थोरैले मात्र ती सुविधाहरू उपभोग गर्न पाउँथे।सबैलाई अनुमति थिएन। स्मार्ट कार्डजस्तो थियो। कार्ड बनाउनको लागि पनि तीन दिन लागेको थियो। व्यक्तिगत विवरण र औंठा छापसहितको सम्पूण्ा विवरण उक्त कार्डमा राखिएको थियो। मेसिन रिडेवल कार्ड हामीले भन्ने गर्दथ्यौं।
त्यसकारण नेपालीलगायत कोही पनि कामदारलाई इराकीले काम गरेको ठाउँमा आएर लैजान सक्ने स्थिति थिएन। तर नेपालमा निकै तनावपूर्ण स्थितिको सामना सबैले झेल्नुपरेको थियो।
अन्तमा ती दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै देशमा रहेका शिक्षित अशिक्षित बेरोजगार युवाहरूलाई देशभित्रै सरकारले रोजगारीको व्यवस्था गरोस् ताकि अकालमा निदोर्ष नेपालीको कुनै पनि मुलुकमा ज्यान नजाओस्।
(लेखक सन् २००४ देखि २००७ सम्म रोजगारीको लागि इराक बसेर आएका हुन्।)