बेल्जियम । गैरआवासीय नेपाली संघ बेल्जियमको पाँचौ महाधिवेशनको पूर्वसन्ध्यामा नयाँ नेतृत्वका दावेदारहरु चुनाव प्रचारको अन्तिम चरणमा छन् । नयाँ नेतृत्वका लागि लोकतान्त्रिक समावेशी प्यानल र प्रगतिशिल प्यानलका अलग अलग उम्मेदवारहरु मैदानमा छन् । प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ ।
एनआरएन बेल्जियमको अध्यक्षका लागि सरु चापागाई , गंगाधर गौतम , गडुल धोज गुरुङ मैदानमा छन् । त्यस्तै महासचिवमा लोकतान्त्रिक प्यानलबाट लोक दाहाल र बामपन्थी प्यानलबाट यमु निरौला प्रतिस्पर्धामा छन् ।
२१ सदस्यीय कार्य समिति र दुई जना आइसिसी सदस्यका लागि आइतवार बेल्जियमका बिभिन्न बुथमा मतदान हुनेछ । आइसिसी सदस्यका लागि चिज कुमार श्रेष्ठ , किसन केसी , गोपाल सिम्खडा , नेत्र बहादुर मगर प्रतिस्पर्धामा छन् ।
दुवै पक्षले बेल्जियममा कामजविहीन नेपालीको पक्षका काम गर्ने र नेपालमा बिभिन्न परियोजना चलाउने नारा अघि सारेका छन् ।
अध्यक्षका उम्मेद्वार :- गंगाधर गौतम (फेसबुकबाट )
२३ अगस्त २०१५ का दिन सम्पन्न गैर आवासीय नेपाली संघ वेल्जियमको अधिवेशनले
पास गरेको विधान लागु भएको हो या होईन यदि हो भने वर्तमान अवस्थामा मेरा प्रत्यसी २ को उमेदवारी स्वत: रद्द हुन्छ किनकी दुवै जना उमेदवारहरु एनआरएन वेल्जियमको १२वर्षको अवधिमा केन्दिय त के क्षेत्रिय समितीमा समेत १
दिन काम गर्नु भएको छैन तथापी केही एनआरएन वेल्जियमका अभियान्ताहरु लैंगिक रुपमा उहाँको पक्ष पोषण गरेको देख्दछु। यो कथापी संस्थाको लागी फलदयी हुने छैन।
अध्यक्षकै अर्का उम्मेदवार:- सरु चापागाई (फेसबुकबाट )
मेरा प्रतिस्पर्धी मित्र गंगाधरजिलाई अनुरोध :
सर्बप्रथम त वहाँको यस अभियान प्रति शुभकामना दिदै केही कुरा बेल्जियमबासी नेपाली समुदायमा अनुरोध गर्न चाहन्छु ।
१, गंगाधरजिको फेसबुक स्टाटस अन्तर्गत भर्खरै महाधिबेशनले पारित गरेको बिधान, अर्को कार्यकालको निर्वाचनको लागि मात्र लागु हुने ब्यहोरा जानकारीको लागि अनुरोध गर्दै वहाँलाई यस्ता भ्रम नछर्न अनुरोध गर्दछु ।
२, बेल्जियमको नेपाली समुदायमा कसको योगदान कति छ र यो समुदायलाई कसले कति क्षति पु-र्याएको छ भन्ने कुराको लेखाजोखा गर्नको लागि हामी मतदाताहरु माझ गै सकेको हुनाले यसको छिनोफानो पनि मतदाताहरुले जे गर्छन्, त्यसमा मेरो पूर्ण सम्मान हुनेछ । अहिलेलाई तपाईंले मेरो मुल्याङ्कनको लागि समय खर्च नगरि दिनु हुन पनि सुझाब छ ।
३, तपाईंका केही समर्थकहरुले बाख्रा बोकाको उदाहरण दिएर लिँगिय भेद भाबको झल्को दिने फेसबुक स्टाटसले, बेल्जियमको सभ्य नेपाली समुदायको शिरलाई उँचो बनाउन सहयोग पुग्दैन, त्यसैले सभ्य र मर्यादित शैलिमा प्रचार प्रसार गर्न तथा महिलाहरु प्रति सम्मानजनक व्यबहार गर्न समेत अनुरोध छ ।
अन्तमा, एनआरएनए को आदर्श र मुल्य मान्यतालाई आत्मसात गर्दै चुनाबि माहौलमा प्रबेश गरि सकेको हुनाले सबै मतदाताज्युहरुमा आफ्नो बिबेक प्रयोग गरि निर्धक्क साथ मतदान गरि बेल्जियमको ईज्जत राख्न हुन सबैमा बिनम्र आग्रह गर्दछु ।