पेरिस/ ग़ैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको महासचिबमा उम्मेद्वार घोषणा गरेका डा. बद्री के. सी एनआरएनहरु सँग भेटबार्तामा ब्यक्त बनेका छन्। बर्तमान कार्यसमितिका कोषाध्यक्ष रहेका केसी फ्रान्सका एनआरएनहरु सँग छलफलमा ब्यस्त बनेका हुन्।
उनि सँगै अन्तराष्ट्रिय समन्वय परिषद महिला संयोजक सपिला राजभण्डारी पनि छलफलमा लागि परेकी छन्। पुन:संयोजक पदमा नै उम्मेद्वार दोर्याउँने भन्दै भण्डारीले पनि केसी सँगै एनआरएन सँग भेटबार्ता गरेकी हुन्। । दुबैको सम्मानार्थ पेरिसमा रात्रिभोज कार्यक्रम समेत सम्पन्न भएको छ। राष्ट्रिय समन्वय परिषद फ्रान्सको आयोजनामा रात्रिभोज सम्पन्न भएको हो।
रात्रिभोजमा अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषद फ्रान्सका गतिविधिहरु बारे पनि छलफल भएको थियो । महासचिबका उम्मेद्वार डा. केसीले आईसीसीका बर्तमान गतिबिधिहरु बारे जानकारी गराउँदै आगामी अधिवेशनमा आफ्नो उम्मेद्वारी माहासचिवमा रहेको घोषणा गरिसकेकोले सहयोग गर्न फ्रान्स स्थित एनआरएनहरु सँग अनुरोध गरेका थिएँ।
यस्तै महिला संयोजक सपिला राजभण्डारीले एक महिला एक युरोको अवधारणा बारे जानकारी गराउँदै आगामी अधिबेशनमा पनि पुरानै पदमा नै रही काम गर्ने ईच्छा जाहेर गर्दै सहयोगका लागि अनुरोध गरेकी छन्।एनआरएन फ्रान्सका नव निर्वाचित अध्यक्ष भक्त वाग्लेले डा. केसी र राजभण्डारीले आगामी कार्यकालमा ईच्छामा सफलता मिलोस् भन्दै शुभकामाना ब्यक्त गरे। रात्रिभोजमा आईसिसी सदस्य मिन बहादुर जिसी, उपाध्यक्षहरु सुवर्ण बिक्रम हमाल,एक बहादुर मल्ल,माहासचिव नरेन्द्र शाही, कोषाध्यक्ष मिन कुमार श्रेष्ठ लगायत कार्यसमिति सदस्य तथा सल्लाहाकारहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय समन्वय परिषद रसियाका भुत पुर्ब माहासचिव एक नारायण चापागाई पनि सहभागी बनेका थिएँ।