बसन्त रानाभाट
स्पेन /
गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा पुन : शेष घलेले उमेद्वारी घोषणा गर्ने भएका छन्। चौतर्फी रुपमा आएको गैर आबासीयहरु दवाब,र सुझावलाई मनन गर्दै घलेले उम्मेद्वारी घोषणा गर्न लागेका हुन्।
घले निकट बिशेष स्रोतका अनुसार उम्मेद्वारी घोषणा नगर्दा बिश्व सम्मेलनमा भाग लिने गैर आबासीयहरु जाने वा नजाने बारे अन्यौलता भएँ पछि छिट्टै घोषणा गर्न दवाब सृजना भएको बुझिएको छ। स्रोतका अनुसार घलेले अब केहि दिन भित्रै काठमाडौमा पत्रकार सम्मेलन मार्फत उम्मेद्वारी घोषणा गर्ने बताईएको छ।
उम्मेद्वारी घोषणाको बेला भएकै हो त ?
गैर आबासीय नेपाली संघको सातौ अन्तराष्ट्रिय महाधिबेशन आगामी अक्टोबर १४ देखि १७ तारिक सम्म काठमाडौमा हुँदै छ।अधिबेशनको मिति नजिकिदै गर्दा सम्मेलनमा भाग लिने गैर आबसीयहरु अधिबेशनको माहोल हेरेर हवाई टिकट निश्चित गर्ने मनस्थितिमा देखिएका छन्।
अध्यक्ष घलेले पुन उम्मेद्वारी घोषणा गरे महाधिबेशनमा सहभागिता समेत बढ्ने कतिपय गैर आबासीयहरुले अनुमान लगाएका छन्। घलेको उम्मेद्वारी घोषणा धेरै गैर आबासीयहरुसँग जोडिएको बिषय भएकाले पनि अब बेला आएको उनका निकटबर्तीहरुको भनाई रहेको छ। कतिपय गैर आबासीयहरु घले सँगै काम गर्ने चाहाना राख्दै उनकै घोषणा पछि मात्रै आफ्नो उम्मेद्वारी घोषणा गर्ने तरखरमा रहेका छन्।
शेष घलेको उमेद्वारी किन ?
देशमा भूकम्प गए पछि संघका अध्यक्ष घलेको नेतृत्वले गोर्खा, लम्जुङ, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली र सोलुखुम्बु गरी १३ जिल्लाका बिभिन्न गाउँमा पुगेर राहत वितरण गर्यो।
संघले घोषणा गरेको राहत कार्यक्रम अर्न्तगत अति प्रभावित १३ जिल्लाका करिव १७ हजार परिवारलाई राहत वितरण गरेको जनाएको छ। जसबाट अनुमानित करिव ६८ हजार भूकम्पपीडित प्रत्यक्ष लाभान्वित बनेका छन् । राहत बितरण सँगै १ हजार घरहरु बनाउँने संघको प्रतिबद्दतालाई पुरा गर्न पनि घले पुन: नेतृत्वमा आउँनु पर्ने चौतर्फी दवाव देखिएको हो।
संसार भरका गैर आबासीयहरुले अथक प्रयास गर्दै आफ्नो घर बनाउँदै छन्। सन् २०१५ मार्च ९ का दिन संघको प्रधान कार्यालय भवनको शिलान्यास प्रधानमन्त्री सुशील कोईरालाले गरेका थिए। घलेले अध्यक्षको कार्यभार सम्हाले देखि नै आफ्नो पहिलो प्राथमिकतामा भवन निर्माणलाई राखेका थिए।
सोहीअनुसार उनकै संयोजकत्वमा भवन निर्माण समिति गठन भई बिभिन्न मुलुकहरुमा रकम संकलन अभियान संचालन गरिएको थियो। संसारभर रहेका गैर आबासीयहरु माँझ पुगेर रकम संकलन गर्न घले आँफै खटिएका थिएँ। भवन निर्माणका लागि करिव १७ करोड भन्दाको बढी प्रतिबद्धता जुटिसकेकोले त्यसलाई पुरा गर्न पनि उनले पुन: नेतृत्व लिने बुझिएको छ।
घलेले कम्तिमा १० करोड रुपैयाँ रहने गरि कल्याणकारी कोषको स्थापना गर्नु पर्नेमा जोड दिदै आएका छन्। यस्तै खुल्ला विश्वविद्यालय,गैर आबासीय नेपालीहरुले अब बन्ने संबिधानमा समान नागरिक सरहका हकका बिशेषमा पनि आवाज उठाउँदै गैर आबासीयहरुको माग पुरा गर्न फेरि नेतृत्व लिन दवाव बढेको हो।
अहिले सम्म कुन कुन पदमा कस्ले गरे घोषणा
गैर आबासीय नेपाली संघको अध्यक्ष पदका लागि अध्यक्षमा रतन झा, महासचिबमा डा. बद्री केसी,सचिबमा बेल्जियमका अर्जुन कुमार श्रेष्ठ र अष्ट्रेलियाका गणेश केसी,आईसीसी युवा संयोजकमा अष्ट्रेलियाकै कृष्ण गिरीले उम्मेद्वारी घोषणा गरिसकेका छन्।,
यस्तै युरोप संयोजकमा बेलायतबाट थर्क सेन र युरोप उपसंयोजकमा स्पेनबाट दिपक खरेलले उम्मेद्वारी घोषणा गरेका छन्। यो पटक ढिलै गरि उम्मेद्वारी घोषणा भएँ पनि अब माहोल निकै तात्ने अनुमान गरिएको छ।