– मोहनराज बराल मुन
सन् १९९९ मा महेश मन्जिरेकरले लेखेको र आँफैले निर्देशन गरेको फिल्म “वास्तब”बलिउड फिल्म उद्योगमा चर्चित नाम हो। चलचित्र रियल क्रायम ड्रामाको रूपमा हिट रहयो।भन्निछ यो फिल्मले मुम्बई अन्डरवल्ड छोटा राजनको जिन्दगीको केहि मात्र प्रातिनिधित्व गर्छ। फिल्म भारतमा मात्र संसार भर नै चर्चा कमायो।
फिल्मका मुख्य नायक थिए सञ्जय दत्त,यी नायकले मुम्बईमा कसरी डनहरु जन्मन्छन्? डनलाई कसले हुर्काउँछ ? आँफु “रघु” पात्र भनेर जीवन्त अभिनय गरेका थिए।आज भन्दा करिब १६ बर्ष अघिको यो फिल्मले त्यो बेलाको भारतको राजनैतीक परिदृश्यको पनि झल्को प्रस्तुत गरेको छ।बिश्लेषकहरू अनुसार यो फिल्मको शिर्षकले कथालाई न्याय गरेको थियो।
हाल नेपालमा “वास्तब” फिल्मको रिलको परिदृश्य, रियलमा देखिएको छ।लाग्छ अहिलेको हाम्रो राजनिति भनेको पहिलाको भारतको राजनिति जस्तै छ।सिनेमामा देखाउने कथाहरू हाम्रोमा रियल लाईफमा देखिएका छन् ।
उहि भारतीय पुरानो राजनीतिकों सिको गर्दै यहाँ डन र गुण्डाको जन्म कुण्डली त हाम्रा नेताको हातबाट भएको झै लाग्छ । काम पर्यो जन्मायो अनि काम सकियो इन्काउन्टर।पोहोर साल यहि समय चरी उड्यो सदाको लागी।फेरि यसपालि घैँटो फुटेको छ । के इन्काउन्टरको नाममा चरी उड्दैमा र घैँटो फुट्दैमा के अब समाज आतंक रहित हुन्छ त ? यहाँ विषरुपी फल दिने रुखको एउटा/दुइटा हाँगा काट्दैमा केही हुनेवाला छैन जस्तो लाग्छ।
जबसम्म त्यो रुख जरैदेखि उखाल्न सकिँदैन तब केहि हुनेबाला छैन।फेरि यहाँ के अच्चम छ भने “चरी”,”घैटे” जो राजनैतिक पाटीहरूका नेताहरूको संरक्षणमा थिए। ति संरक्षणकर्ता नेता हुन्छन।लाग्छ नेता हुने योग्यता यस्तै हो।आफ्नो राजनैतिक स्वार्थको लागी प्रयोग गरिएकाहरू डन र प्रयोग गर्नेहरू नेता।हामीले २०६२/२०६३ मा संसार थर्काउने गरेर आन्दोलन गरयौ तर नेता हुन र चुनाव जित्न डनको सहारा लिनु पर्ने गलत संस्कृतिको पनि बिकाश पनि गरिरहेका छौ।
लाग्छ हामीले भारतमा देखिएको पुरानो राजनीतिलाई आत्मसाथ गरिरहेका छौ।फेरि हामी त्यहाँको नयाँ राजनीतिक संस्कारबाट धेरै कोष टाढा छौ।जस्तो कि सन १९९३ अप्रिलमा मुम्बईमा भएको बम ब्लास्ट गरेको आरोपी ,इल्लीगल रूपमा ९ यामयाम पेस्तोल र एके४७ राखेको आरोपमा सन २००० कै “वास्तव फिल्मका वेस्ट एक्टर यी “रघु” त्यहाँ मार्च २०१३ देखि जेलमा छन।
यिनी यो भन्दा अघि पनि जेल परेका थिए। यिनीका पारिवारिक सदस्य पनि त्यहाको ठुलो दलको नेता छन र भन्ने हो भने त्यहाँका राजनैतिक पाटीसँग पनि सम्बन्ध छ। तर संजय दत्तको रिहा गर्नको लागी भनेर कतैबाट आवाज उठेन उनि अहिले पनि जेलमा छन।तर हाम्रा पाटीहरूमा यस्तो संस्कार छैन।लाग्छ हाम्रो पाटीहरूमा संग्लन हुनु अपराधबाट बच्नु हो।
कानुनको खिल्ली उडाउनु हो।गुण्डा मस्ट वान्टेटमा खोजिको लिष्टमा हुन्छ तर प्रहरीले मंन्त्री सँगै रहदा या नेता सँगै हुदा देख्दैन।फेरि नायक संजय दत्त जस्तो केश नेपालमा हुने भए यहाँ अनिश्चितकाल बन्द हुने थियो देश। ठुला ठुला आन्दोलन हुने थियो। तर त्यहाँ केहि भएन।किनकि त्यहाँ राजनैतिक संस्कार राम्रो हुदै छ।त्यहाँ भएको जत्तिको संस्कार यहाँ छैन।
लाग्छ यहाँ साँच्चीकै डनहरु त राजनैतिक सत्तामा भत्ता खाएर बसेका छन।यहाँ आफ्नो स्वार्थ पुर्ति नहुदा सम्म नेताहरुले गुण्डाहरुलाई फुलमाला र अबिरजात्रा गराएर हिडाउँछन् जब स्वार्थ पुरा हुन्छ प्रशासन संग षडयन्त्र गरेर कुकुरको जस्तै मौत मराउछन। आज सम्मको इतिहासले यहि सावित गराउदैछ। ए लोकतान्त्रिक सरकार ! गुण्डा बनाउने र परिचालन गर्ने राजनितीका डनहरुको पालो कहिले आऊछ ?
के कांग्रेस र एमालेको खम्बा मानिने गुण्डा घैटे र चरीलाई मार्ने योजना प्रहरी कै होला र ?लाग्छ प्रहरी प्रशासनमा चरम राजनैतिक हस्तक्षेप हुन्छ।
नेताका संरक्षणमा रहेरका गुण्डाहरुलाई १ घण्टा पनि थुन्न सक्दैन।यसो भए नेताको आदेश बिना राजनैतिक गुण्डालाई १ घण्टा पनि थुन्न नसक्ने नेपालको प्रहरीले बिना आदेश नेताले पालेका गुण्डालाई मार्ने हैसियत बनायो होला र ? फेरि कानुनको राज्यमा जस्लाई मन लाग्यो उस्लाई सिधै गोली ताकेर मार्ने अधिकार पनि छैन ।हिजो चरी, आज घैटे लाई मारे पनि अरु सयौ चरी र घैटे जन्माउनेहरु राजनैतिक डनका मसिहाहरु नै हुन।लाग्छ कमजोर प्रशासन र स्वार्थी राजनैतिक षडयन्त्रबाट नै गम्भिर मानब अपराधहरु भैरहेका छन।
लेखक:- मोहनराज बराल मुन
कस्तो अच्चम छ भने अहिले इन्काउन्टर गरेर मारियो भनिएको छ।फेरि त्यहि जो मोस्ट वान्टेट छ त्यो प्रधानमन्त्री,मन्त्री या त सभासद या नेतागण सँग हुँदा कहिल्यै किन हिरासत मा लिईदैन? के हामी फलानो नेताको साथमै रहेको मोस्ट वान्टेट पक्डिएको खबर सुनेका छौ?के गम्भीर अपराध गरेको मान्छे नेता प्रधानमन्त्री या नेताहरु सग सगै हुदा हिरासतमा लिनु नेपालको कानुन बिपरित हो ?
के लाग्छ भने हाम्रो गलत राजनैति संस्कारले हामीले बास्तव फिल्मका रघुहरू जन्माउने,हुर्काउने र लास्टमा मराउने प्रथाको अभ्यासमा छौ।हामी जेल पनि बनाउछौ। लाग्छ खराब आचरण भएको मान्छे जेल बस्न नपाउनु जेलमाथीको अन्याय नै हो।फेरि सत्य के हो भने अपराधीक मानसिकता भएकोहरूलाई उसले गरेको गल्तीको आभाष नदिलाईकन राजनैतिक पाटीको सदस्यताको पुरस्कार प्रदान गरिन्छ।
के लाग्छ भने यहाँ रघु बनाउने हैन कि संजय दत्त बनाउने अभ्यास तर्फ लाग्नु पर्छ।हाम्रोमा राजनिति नाफामुखी व्यापार झै भएकोछ।लाग्छ हामीले सम्मानित सदनमा उठाएको मागले सदनको अपमान गरीरहेकाछौ। हामी त्यहाँ आफ्नो भर्र्याङ्को मात्रै कुराहरु गरेर आम जनताको हकहितको लागि चुपचाप छौ। जनता भुकम्प पिडित छन बाढि पिडित छन्। मानौ सदन यी कुरा उठाउने ठाउँ नै हैन जस्तो भएको छ।हाम्रो राजनैतिक अभ्यासहरू कस्ता कस्ता छन भने बि.स २०६८ साल तिर हुनुपर्छ चितवनमा जेलर शिब पौडेल मरे।लगत्तै आन्दोलन पो भो। चितवन बन्द नै भो।शहीद घोषणाको माग जोडदार उठयो।
फेरि गत बर्ष चरिको लागी त झन सदन नै तात्यो।फेरि यो पाली पनि सहिद घोषणा गर्नु पर्छ भनिएको छ। यस्तो आन्दोलनले जग हँसाउने मात्रै काम गर्छ । यसले दालमा कुच काला हे भन्ने कुराहरूलाई छर्लड्ग पार्छ।यो नुनको सोझो गरे झै मात्रै हो।फेरि यो गोहिको आँशु चुहाउनु बाहेक केहि हैन।यस्को पनि माग हुन्छ यस्तो पनि आन्दोलन हुन्छ।लाग्छ यो गणतन्त्रमा सहिदको अर्थ गलत हुदैछ।
“जेलमा बैरीको झडपमा पर्ने शहिद रे।
देशको लागि प्राण त्याग्ने शहिद हुन्छ भन्थे
यो गणतन्त्रमा अब अतितमा गुण्डागर्दी गर्ने
समाजमा आतंक मच्चाउने पनि शहिद रे।”
यसरी शहिद घोषणाको माग गर्दा हाम्रा सहिदहरू गँगालाल ,शुक्रराज,धर्मभक्त र दशरथ चन्द्रलाई कति अपमान भयो होला।अहिले सदनमा उठेको हंगामा हेर्दा सबैलाई याद दिलाउँछ,कवि भुपि शेरचनको “सहिदहरूको सम्झना” शिर्षक कविताका यी पङ्तिहरुले “धरतीले मुख लाजले छोप्ला,आकाशले धिक्कार्ला”…।







Yaha dekhaune daat yauta chapaune arko, yahi netaharuko karanle ta Gunda janmiyo. Kun netalai khana pugena, ra kunai pol kholne darle chari and ghaita jasta Marino, yo sabaiko planning ho kinabhane yaha ma hasejasto garchhu Timi roya jasto garnu bhanejastai ho
Comments are closed.