– मोहनराज बराल मुन
वैशाख १२ को महा-भुकम्प पश्चात सदा झै सामाजिक संजाल फेसवुकमा आँखा डुलाउदै थिए । यो प्राकृतिक विपत्ति क्रुद्ध थियो।झन यस लगत्तैको लगातारको पराकम्पनले मन भरि मुटु भरि छटपटि भइरहयो । फेसवुकको न्यूज फिडमा गएर रिफ्रेस गरिरहदा ति सुन्न र हेर्न मन नलाग्ने भिडियो, खवर र फोटाहरु पोष्ट भइरहेका हुन्थे ।
मरे, पुरियो, भत्कियो जस्ता मुटु चुडाल्ने शब्दहरुले मनलाई अमिलो वनाइरहन्थ्यो । लाग्छ नेपालमा द्वन्दमा दशौं वर्षसम्म भएको सवै प्रकारको क्षतिहरुलाई वैशाख १२ को मध्यान्हको केहि मिनेटको क्रुद्ध छायाले माथ गरेको थियो । दिनहरु काला, अमिला र मैला हुदै थिए विगतको द्वन्दमा भाई भाईको हार थियो तर यसपाली त्यो द्वन्दको साँची भएको प्रकृतिले हामीलाई ठगेर अन्याय गरिरहेको हामी केवल टुलुटुलु हेर्न वाध्य थियौं ।
हामी मानव जातीले विज्ञानको विकास गरेर प्रकृतिलाई जितेका छौं झै लाग्थ्यो फगत यो झुटो रहेछ वास्तवमा विज्ञान पनि प्रकृतिसंग हार्ने रैछ ।फेरि २१औं शताब्दीमा पुगेका हामीहरूले हाम्रा संरचनाहरुलाई हामी २१ औं शताब्दीमा पनि पुरानै सोच चिन्तनबाट निर्माण गरेका थियौं । यसकारण पनि हामीले बढी विपत्ती व्यहोर्न पुग्यौं । फेरि हामीमाथि नै नियतिको खेल वज्रपात भएको थियो ।
तर पनि म विवश थिएँ फेसवुक चलाउन त्यसवखत मेरो मनमा उव्जीएको कोलाहलमा द्वन्दको वेलाको गीत “सम्साझैमा काग कराई रहयो लौ के के हुने हो” नेपथ्यको घटना एल्वमको यो गीत वजीरहन्थ्यो मनि भरि।
आखिर म एक मास्टर त्यो पनि ट्यूसन पठाएर जीविका चलाउने यस विपत्ति पछि म पढाउन जान सकिन मेरा विद्यार्थीहरु अलपत्र रहे । म यिनीहरुको वारेमा केहि सोचिन खवर पनि गरिन । फेरि यिनीहरूलाई नपढाउदा मेरो जीविका रोकिन्छ भन्ने कुरा भुले आखिर मेरो वास वारम्वारका पराकम्पनले चौर भएको थियो। म यहाँ कोलाहल हुदा पनि नितान्त एक्लो नै थिएँ । सवै जना त्रास र भयमा बाँचेका थिए । मसंग साथी थियो त केवल मोवाईल र त्यस भित्रको फेसवुक फेरि म नचाहेर पनि वाध्य थिएँ फेसवुक खोल्न ।
बैशाख महिनाको निष्ठुरी समयले दिनहरुलाई सुस्तगतिमा हिडाई रहेको थियो । दिन झनै लामा लामा वनिरहेका थिए । म लण्डन रहदै सामाजिक संजाल फेसबुकको किराको संज्ञा पाइसकेको मान्छे । म त्यस वखत झनै किरा हुदै थिएँ । मान्छेहरुमा व्यप्त त्रास, भय सिथिल हुदै जाने सम्भावना न्यून थियो । तैपनि मान्छेहरु महा–भूकम्पलगत्तै उद्धारको लागि खटिईरहेका थिए ।बिशेष गरेर नेपाली सेना, प्रहरी ।
म मेरो मोबाईलबाट फेसबुक खुलाईरहेको हुन्थ्ये। उद्दारमा खटिएका नेपाल प्रहरी र सेनालाई सबैले वाह वाह गरिरहेका हुन्थे।विगतमा यिनलाई गाली गर्नेहरू पछुतो मानिरहेका हुन्थ्ये।यसरी नेपाल प्रहरी/नेपाली सेना तथा यूवाहरुले आफ्नै ज्यानको प्रवाह नगरीकन गरेको उद्दार मुटुभरि आशाहरुका सञ्चार तरङ्गीत गरिरहन्थ्यो।यस बखत प्रसिद्ध जर्मन कवि वेखल्त व्रेकको कविता “के अध्यारोमा नि गाईन्छ र गीतहरु हो अध्यारोमा नि गाइन्छ नि गीतहरु उज्यालोको वारेमा । ” फेसबुकको न्युज फिड सँगै बग्ने थियो यो कविताहरू।
न्यूज फिडमा आएका उद्धार, राहतका तस्वीर खवरहरुले विस्तारै माथीको कबिता पंक्ति सम्झाउदै आशावादी वनाउदै लैजान्थ्यो।फेरि हामी अँध्यारो रातमा पनि उज्यालो खोजिरहेकै थियौ।
मलाई लाग्छ बि.स.२०४६ सालतिर ८/९ वर्ष जति थिए क्यारे । त्यो पञ्चायत विरुद्धको आन्दोलनमा श्याम टमोटको शब्द संगित र रमेशको स्वर रहेको “गाउँ गाउँबाट उठौं, वस्ती वस्तीवाट उठौं” भन्ने गीत सुनिन्थ्यो फेरि त्यहि गीतलाई २०६२।०६३ को आन्दोलनमा सडकमा लाखौ मान्छेहरु संगै गाउँदै हिडियो आन्दोलनमा होमिएर फेरि भुकम्पको यस संकटको घडिमा यो गीत मनभरी जुञ्जी रह्यो तर म परे सामाजिक संजालको किरा न । म संग उद्धारमा जान न गैचा थियो न सावेल । खाली थियो त केवल मोबाईल र त्यस्मा २४ औं घण्टा खुल्ला रहने फेसवुक।
वेलायत ५ वर्ष वसे।धेरै आत्मीय मनहरु थिए त्यहाँ ।फेरि संसार भर छरिएका मेरा विद्यार्थीहरु थिए ।असलदाईहरू अमेरिकामा थिए।असल मित्रहरू डेनमार्क, दुबई,अस्टेलिया, हङ्कग् ,जापान लगायत संसार भर थिए। बैशाख १२ को महा-भूकम्प लगत्तै फेसवुकको इनवक्समा आएको प्रश्नहरुलाई कुनैलाई पनि सिन वनाउँदै छाडिन हरेकलाई मैले उद्दार, घटना, राहत वारेमा जानकारी दिन्थे ।
म रातभर जागराम हुन्थे । मलाई रातभर जागराम हुदा कुनै पश्चाताप हुदैनथ्यो । नेपालमा विहान हुदा वेलायतमा रातीको ९/१० बज्थ्यो । मान्छेहरु त्यहाँ फूर्सद हुने समय पनि यहि थियो । म लण्डन हुदा पनि दैनिकी उहि नै हुन्थ्यो । राती कामबाट रुपमा आयो नेपालका न्यूजहरु पढ्यो । फेसवुकमा खोल्यो लाग्छ संसारभर नै यहि दैनिकि हुन्छ । फेरी विदेशमा हुदा नेपालमा भएको सानो घटनाले सवैलाई पोल्छ तर यो कहालीलाग्दो प्रकृतिसंगको हार थियो । ठूलो विपत्ती थियो ।
विदेशमा नेपालको सानो घटनामा पनि मन पोलिने हामीहरुलाई यस विपत्तीले सवैलाई मुच्छना वनाएको थियो । म हुँदा लण्डनमा भेटिरहने मेरै घर नजिककैका दाई नविन गुरुङ्ग सग पिडाहरु साटासाटकै क्रममा “ए केटा तँ राहतको लागि जा म एक लाख पठाईदिन्छु मेरो घरमा आमासंग माग्नु पैसा” दाईको यि वाक्यहरुमा मेरा आँखा पुगे ।दाईले मलाई यति धेरै गरेको विश्वासले छाती फुलाए।
तर दाई म जरूर जान्छु म बास्तबिक पिडितको मै जान्छु भने।यी दाईलाई यो उत्तर दिएता पनि के गर्ने कता जाने कुन ठाउँ जाने, कता पिडितछन् । म अन्यौल थिए।के यहि १ लाख मात्रै लैजाने ? कसरी पुरै पैसा वास्तविक पिडित समक्ष लैजाने चिमोटिरह्यो ।फेरि भुकम्प लगत्तै देखिको मेरो चौरको बास थियो म सग साथमा रहिरहयो मेरो मोबाईल र खुलिरहन्थ्यो जुगरबर्कको सामाजिक संजाल।म दिन रात तल्लिन रहे यसैमा ।भनिन्थ्यो दिनअरूको भए पनि रात आफ्नै हो तर मैले दिन र रात आफ्नै बनाए।
नबिनदाईको सहयोग त रहयो तर यस बेला म राहतको लागि हिड्न गन्तव्यहीन यात्री झै भए दुवइमा रहेको साथी शंकर गुरुङ्गलाई शेयर गरे । जम्मा भएको केहि रकमबाट तत्काल गोर्खाको लाप्राकमा राहत पठाए।अप्रिल २८ तारिकको दिन राहतका सामानहरू पोखरा एअरपोट छाडे । भनिएको लाप्राक थियो पुराउने ठाँउ । तर अन्तै खस्यो तैपनी धेरै खुसि लाग्यो । किनकि जहाँ राहत पुगे पनि सवैठाउँ उस्तै थिए । त्यो बेलामा ।
यो तस्वीरहरु पोष्ट गरिदिएँ जुगरबर्कको संजालमा । इनबक्समा आएका साहसहरूले अव आफै जानुपर्दछ भन्ने भावना पैदा गरयो।कसरी जाने कताजाने? अन्यौल उहि थियो । दाईहरुलाई सुनाए उहाँहरुले पनि आट दिनु भो ल जाने ? सुने पत्रकार राजु क्षेत्री धादिङ्गको चेपाङ् वस्तीबाट फकिएका छन् । वेदराज ढकाल दाईलाई लिएर स्तुपा पुगे । स्थिति विकराल रैछ । धादिङ्ग पिडा ४ को चेपाङ्ग गाउँको उहाँले विस्तार लगाउनु भो हामी सवै मौन रह्यौं । उहाँकै किताव व्यारेक व्रेकका पात्रहरु जसलाई मैले कहिल्यै देखेको थिइन तर किताबमा भने देखेको थिए ।
यी चेपाङ्गहरु जो मानवताका खानी हुन् भनेर उल्लेख गरिएको थियो किताबका पान्नाहरूमा । लाग्छ यिनीहरु मानवतावादी भावना नहुदो हो त सायद व्यारेक व्रेक भन्ने किताव हुदैनथ्यो होला। हामी त्यही जाने भयौं यिनीहरूलाई छानो जस्ता पाता लिएर बैशाख २५ र २६ गते।लाग्छ त्यो बखत राहतको लागी नेपालमा जस्तापाता कहि लगिएको थिएन।
बिल्कुल यो नयाँ सोच थियो।साथी भवसागर घिमिरेलाई कुरो सुनाए साथीले पोखराका सक्रिय यूवाहरु राहतको लागि धादिङ् जाने यी यूवाहरुलाई जस्ता पाता चाहियो भनेर पोष्टर गरिदिनु भो । फेरि साथी इ. दिनेश वराललाई पनि यहि कुरा उल्लेख गरेर पोष्ट गरिदिनु भो मैले साथीहरुकै यो पोष्टलाई शेयर गरेर फेसवुक अभियान भन्ने कार्यक्रम ल्याएँ ।श्याम टमोटको गाउँ गाउँबाट उठौं, वस्ती वस्तीवाट उठौं भन्ने गीतलाई नारा बनाएर जुगरबर्कको संजाललाई कुटो र कोदालो वनाए।शुरू यसरी भयो राहतको लागी फेसबुक अभियान।
यो अभियान १४ चरण सम्म पुरा गरि सकेको छु। आज शुरुवाती क्षणको अनुभव बाँडे। मन भित्र धेरै दुख सुखका अनुभूतिहरु छन्। आगामी आलेखहरुमा सबै पोख्दै जाने छु।
(लेखक नेपालीनेपाली डटकमका प्रमुख लेखक तथा टिप्पणीकार हुन्।)






Great gob hajur
What you done fantastic!
Great job !!!
Well done mohan ji..
धेरै राम्रो Mohan Moon अनि आउदो काम अनि तिम्रो लेख हरु को लागि अग्रिम सुवाकमाना.
“we make a living by what we get but we make a life by what you give” These truth of humanity is in Mohan Moon…JOB WELLDONE bro
Comments are closed.