स्पेनमा नेपाली पाठशाला ब्यबस्थित गर्न जोड


बार्सिलोना/ स्पेनमा नेपाली बालबालिकाको भविष्यका बारे छलफल भएको छ । कास्की सेवा समाजले “स्पेनका बालबालिकाको भविष्य र चुनौती यसमा सरोकार वला संघ-संस्थाहरुले निभाउन सक्ने भूमिका र अभिभावकको दायित्व” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै छलफल सम्पन्न गरेको हो।

अन्तरक्रिया कार्यक्रममा समाजका सदस्य एबम कार्यक्रम संयोजक पुष्प केसीले स्पेनमा रहेका नेपाली बालबालिकाहरु बर्तमान अबस्थालाई उल्लेख गर्दै कार्यपत्र प्रस्तुत गरेका थिए। केसीले कार्यपत्रमा स्पेनमा जन्मेका हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा र संस्कृति सिकाउँन जोड दिनु पर्ने,फेरि नेपालमा जन्मेका हुर्केका बालबालिकाहरुलाई त्यो बारे ज्ञान भएँ पनि स्पेनको भाषा रहनसहन र बाताबरणमा घुल्न अप्ठारो हुने उल्लेख गरेका थिए।

कार्यपत्र प्रस्तुत भएँ पछि बोल्ने बक्ताहरुले नेपाली बालबालिकाहरुको लागि नेपाली पाठशालालाई ब्यबस्थित गर्नु पर्नेमा जोड दिएँ। स्पेनमा रहेका संघ सस्थाहरुले यसलाई ब्यबस्थित गर्न सके सबै नेपाली बालबालिकाहरु नेपाली भाषा सिक्नबाट बन्चित नहुने पनि बताएँ। कार्यक्रममा बालबालिकाको भविष्यमा चासो राख्दै पाठशाला ब्यबस्थित गर्न सरोकारवलाहरुको ध्यान आकर्षण गराईएको थियो।11864775_510122652496642_4796581113862293589_oगैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य दीपक खरेलको प्रमुख आतिथ्यतामा आईतबार बार्सिलोनामा सम्पन्न कार्यक्रममा अभिभाबकहरु आ-आफ्ना बालबालिकाहरु सहित उपस्थित भएका थिए। अन्तरक्रिया कार्यक्रममा अर्जुन आचार्य,अमर बहादुर गुरुङ,सरला सापकोटा र लोकेन्द्र भुसालले टिप्पणी कर्ताको रुपमा आ- आफ्नो बिचार प्रस्तुत गरे।

यस्तै बालबालिकाहरुले आँफुले भोग्दै आएका समस्याहरु संघसस्थाका प्रतिनिधि र अभिभाबक माँझ सुनाएँ। बिनय तिमिल्सिना र अमृत भण्डारीले बिचार प्रस्तुत गरे भने सुजल भण्डारी र नुरिया अवालेले कबिता बाचन गरेका थिए।

समाजका अध्यक्ष दिलनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका निबर्तमान अध्यक्ष एवम प्रस्तावित आईसीसी सदस्य एक राज गिरी,संघका अध्यक्ष मुक्त बहादुर गुरुङ,नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे,प्रबासी नेपाली मंच स्पेनका अध्यक्ष दिनेश गुरुङ,जनप्रगतिशील मंच स्पेनका अध्यक्ष गंगा प्रसाद भुसाल लगायत स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरुले बोलेका थिए।11229892_510122395830001_2885829763052789378_nसमाजका उपाध्यक्ष राजेन्द्र कडेलले स्वागत मन्तब्य राखे भने कार्यक्रमको संचालन सचिब बिशाल ढुंगानाले गरेका थिए। कार्यक्रममा समाजको अफिसियल साईटको उद्घाटन गरिएको थियो।

बिशेषत नेपालबाट परिवार सँगै भर्खर स्पेन छिरेका बालबालिकाहरुले स्पेनिस भाषा लेख्न र बोल्न नजान्ने हुँदा समस्या भोगेका छन् भने फेरि यतै जन्मेर हुर्केका बालबालिकाहरुले नेपाली भाषा लेख्न र पढ्न ठुलो चुनौती भोग्दै आएका छन्।

1 COMMENT

Comments are closed.