साईप्रसमा आप्रबासी घरेलु कामदारको मृत्यु, किन असुरक्षित छन् नेपाली महिलाहरु ?


– वसन्त रानाभाट

घरेलु कामदारको रुपमा साईप्रस पुगेका नेपाली चेलीहरु असुरक्षित रहेको खबर आईरहँदा फेरी गत साता अर्को दुखद घटना घट्यो। भारत देखि साईप्रसको लारनाकामा घरेलु कामदारको रुपमा आएकी एक महिलाको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ।

उमेर र नाम नखुलाईएकी ति भारतीय महिला कामदार, घरको पाँचौ तल्लाबाट हाम फाले पछि मृत्यु भएको साईप्रसका स्थानीय मिडियाहरुले बताएका छन्। तर उनको आत्महत्या थियो,दुर्घटना,वा उम्कने प्रयास गर्दा घटना घटेको हो भन्ने बारे अनुसन्धान भईरहेको स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै स्थानीय संचार माध्यमहरुले लेखेका छन् । आप्रवासीहरुको हितमा काम गर्ने सँस्था किसाले स्बतन्त्र छानबिनको जोडदार माग गरेको छ।

रोजगारदाताहरुले कामदारलाई दिने मानसिक तनाब तथा शारीरिक दुर्ब्यबारका कारण यस्तो घटना घटेको हुन सक्ने धेरैको अनुमान गरिएको छ। किसाका अनुसार घर मालिकले पटक पटक कामदार फेर्दै आएका थिएँ।

अगष्ट २ तारिक साईप्रसमा घटेको यो घटना पछि घरेलु कामदारको रुपमा आएका आप्रबासी नेपाली महिलाहरुको सुरक्षाको बिषयलाई चासो पुर्बक हेरिएको छ। केहि महिना अगाडि एसिड आक्रमणमा परेकी एक नेपाली महिला सिता भट्टराईको दुखद घटनाले यस अघि सबैलाई स्तब्ध बनाएको थियो।

दोषीलाई कार्बाही र उचित क्षति पूर्ति माग गर्दै पिडित भट्टराईले अझै न्यायको लागि लडिरहेकी छन्। एसिडका कारण उनको खुट्टामा बनेको घाउँ अझै निको भईसकेको छैन। घटना बारे समाचार बाहिर ल्याए पछि केहि दिन घर परिबारका सदस्यहरु आत्तिए,कसैको हेर्ने दृष्टिकोण पनि फरक भयो ,तर आँफुले जस्तो अरुले भोग्न नपरोस् भन्नाका खातिर घटना बाहिर ल्याएको पिडित भट्टराई बताउँछिन्।

नेपालीनेपालीडटकममा समाचार प्रकाशित भए पछि त्यहाँ स्थित नेपाली अबैतानिक बाणिज्य दुताबास,गैर आबासीय नेपाली संघ,उनलाई काम लगाईदिएको एजेन्टले समेत चासो देखाएका छन्। साईप्रसमा एसिड आक्रमणबारे घटना बाहिर आएँ पछि अन्य घरेलु हिँसाका घटनाहरु पनि बिस्तारै सार्बजनिक हुन थालेका छन्।

घरेलु कामदारहरुले कस्ता समस्याहरु भोगेका छन् त ?

घरेलु कामदारको रुपमा साईप्रस आएका सबै महिला कामदारहरु समस्यामा परेका छैनन् । महिला कामदारहरु असुरक्षित छन् भन्दा उनका आँफन्त, घर परिबार त्रसित हुनु,चिन्तित हुनु स्वभाबिक नै हो । तर रोजगार दाताहरु असल भएको घरमा काम गर्दै गरेका महिलाहरु मात्र सुरक्षित भएको बताईन्छ। तर यस्तो अबसर धेरै कमलाई मात्र मिलेको कामदार महिलाहरु बताउँछन्।

साईप्रसमा घरेलु कामदारको रुपमा आएका आप्रबासी धेरैलाई समस्या परेको पिडित महिलाहरु गुनासो रहेको छ। तर उनीहरु आफुँले भोगेको पीडालाई बाहिर सार्बजनिक गर्न चाहदैनन्। प्रबासको ठाँउमा, न्यायका लागि लड्ने शक्ति बटुल्न सकेका छैनन्।

महिलाहरुले भोग्न समस्याहरु मुख्यत: कन्ट्राक पेपरमा तोकिएको भन्दा बढी काम गर्नु पर्ने,बताईएको भन्दा कम तलब दिने,अतिरिक्त काम गरे बापतको रकम नपाउँने ,एउटा मात्र घरमा काम गर्नु पर्ने भनेर सम्झौता गर्ने तर २ – ३ बटा घरमा पनि काम गर्नु पर्ने,कहिँले काहिँ घरको काम भनेर फिल्डमा समेत लैजाने,कतिपयले कामबाट छुट्टी नै नदिने,घरबाट बाहिर निस्कन र सम्पर्क गर्न समेत नदिई जेलमा राखे जस्तै ब्यबार गर्ने , करिब ३ – ४ महिना सम्म पनि तलब पाउँने हो या नपाउँने अनिश्चित जस्तै बन्ने वा थोरै दिने तलब पनि समयमा नदिने,रकम दिएँ पनि पुरा नदिने,एक बर्ष पुरा भएँ पछि पनि दिनु पर्ने बोनसहरु नदिने जस्ता थुप्रै समस्याहरु नेपाली महिला कामदारहरु झेल्दै आएका छन्। पिडित कामदारहरुका अनुसार यी समस्याहरु त साईप्रसमा सबैका साझा समस्या बनिसकेका छन्।

फेरि केहि महिलाहरु यो भन्दा फरक र डर लाग्दो पिडाहरु भोगेका छन्। घर मालिक वा रोजगार दाताले शारीरिक दुर्ब्यबार गर्न खोज्नु र मानसिक तनाब दिनु। पटक पटक दुर्ब्यबार गर्नु वा दुर्ब्यबारको प्रयास गर्नु निकै जटिल समस्याको रुपमा हेरिएको छ। यस्तो समस्यामा परेका महिलाहरुलाई रोजगार दाताले जेल जस्तै गरि घरबाट बाहिर निस्कन वा कसै सँग सम्पर्क गर्न नदिने बताईन्छ।

working house ( left hand site

तस्बिर :-मृतक महिलाले काम गर्दै आएको घर (बायाँ)

कतिलाई त मोबाईल प्रयोग गर्नबाट बन्चित गर्नुले पनि घटना लामो समय सम्म बाहिर आउँन नसक्नुको कारण मानिन्छ। दुर्ब्यबारको प्रतिकार गर्न खोज्दा रोजगारदाताले कामदारलाई कुटपिट गर्ने,घाईते बनाउँने,त्रसाउँने जस्ता ब्यवार गर्ने गरेको बताईन्छ।

तर यस्तो पिडाबाट उम्केर आएका महिलाहरुले, घटनाहरु आँफु आँफु बीच बताउँने गरे पनि सामाजिक कारणले गर्दा बाहिर सार्बजनिक गर्न चाहादैनन्। घटना सार्बजनिक हुँदा घर परिबार,समाज,साथीभाईले हेर्ने दृष्टिकोणमा फरक आउँने उनीहरुमा डर रहँदै आएको छ।

नेपालमा के भनिएको हुन्छ साईप्रसको बारेमा ?

नेपालमा साईप्रसको सपना देखाउँने एजेन्ट वा मेनपाबरले भने जस्तो यता आए पछि २० प्रतिशत पनि नमिल्ने, काम गर्दै आएका महिलाहरु बताउँछन्। उनीहरु भन्छन् नेपाल र साईप्रस दुवै तिर एजेन्टले रकम असुल्छन। जे काम भनी पठाईएको हुन्छ त्यो काम वा बिबरण मिल्दैन।

कतिपय चेलीहरुको भनाई अनुसार साईप्रस आएपछि पनि एजेन्टले १- २ हप्ता सम्म कोठामा थुनेर पनि राक्ने गर्छन्। नेपालमा जुन किसिमको काम,परिबारको बिबरण बताईन्छ यता आउँदा नमिल्ने गरेको पाईने उनीहरुको गुनासो रहेको छ। महिलाहरुको भनाई अनुसार ३ देखि ५ लाख रुपैयाँ सम्म खर्च गरेर आएका हुन्छन्। मेडिकल रिपोर्ट,पुलिस रिपोर्ट र अन्तरबार्ता, साईप्रस आउँनको लागि मुख्य आधार मानिन्छ। पछिल्लो क्रममा भने अग्रेसी भाषालाई पनि प्राथमिकता दिईएको छ।

साईप्रस आईपुगेपछि, काम परिबर्तन गर्न होस् वा काम लगाउँन होस् एजेन्टहरुको महत्वपूर्ण हात रहेको हुन्छ। महिलाहरुले कहाँ कस्तो घरमा काम गर्दै छ यो सबै एजेन्टहरुमा नै निर्भर रहेको हुन्छ। पटक पटक कामदार परिबर्तन गर्ने,समयमा तलब नदिने, शारीरिक दुर्ब्यबार गर्ने रोजगारदाताहरुलाई एजेन्टले पैसाको लागि पुन: कामदार पठाई दिदा यस्ता घटनाहरु पुन:दोहोरिने गरेको जानकारहरु बताउँछन्।

कतिपय एजेन्टको लापार्बाहीको कारण कामदारहरुको पासपोर्ट लगायत डकुमेन्टहरु हराईदिने गरेको पनि भेटिएको छ। बिना डकुमेन्टका कामदारहरुलाई ईमिग्रेसनले समातेर जेलमा राख्ने गरेको पनि पाईन्छ। यस्तो घटना नेपाली कामदारलाई समेत घटिसकेको छ। एक नेपाली चेली( नाम नखुलाईएको) बिगत पाँच महिना देखि सोहि कारणले गर्दा जेलमा नै रहेदै आएको कामदार महिलाहरुले जानकारी दिएका छन्। जेलबाट बाहिर निकाल्ने प्रकियामा धेरै रकम खर्च हुने पिडितहरु गुनासो रहेको छ।

एनआरएन साईप्रसका अध्यक्ष के भन्छन् ?

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसका अध्यक्ष सुबास मल्लले नेपाली महिलाहरुले थुप्रै समस्याहरु भोग्दै आएको बताउँछन्। साईप्रसमा आप्रबासीहरुलाई विभेद पूर्ण ढंगबाट हेर्ने बताउँदै महिलाहरुलाई गर्ने दुर्ब्यबारका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए।

उनका अनुसार करिब ६०- ७० बर्ष उमेर समुहका रोजगार दाता ( घरमालिक) ले घरेलु महिला कामदारलाई हात लगाउँने,कामदार सुतेको कोठामा गईदिने, दुर्ब्यबारको प्रयास गर्ने जस्ता घटनाहरु सार्बजनिक भई रहेका छन्। ८ देखि १० घण्टा काम गर्ने भनिए पनि १२,१४ देखि १६ घण्टा सम्म पनि काम गर्नु पर्ने बाध्यता रहेको उनको भनाई रहेको छ।

साईप्रसमा अन्दाजी ३ – ४ हजारसम्म नेपालीहरु रहेको अनुमान रहेको अध्यक्ष मल्ल बताउँछन्। त्यस मध्ये करिब एक सयको संख्यामा मात्र पुरुष र बाँकी महिलाहरु नै रहेका छन्।

तस्बिर:- साईप्रसमा रहेका नेपाली महिला कामदारहरुबाट प्राप्त

4 COMMENTS

  1. cyprus ko police ra nepal ko police same ho ra ryo ktlai marera faleko re..haat bhari pejkas le pwal pareko cha re tyo pani karent bata chalne pegekas..nepal maa manpawer le kati kt haru sanga 4 lakh li li pathaucha tara cyprus maa aayera kati dukha paucha kasai kasaiko ta khana panididaina talab samet didaina complen garne thau chaina nepal ejency lai bhanyo bhane wasta gardaina…ra iligle banaidincha janebujeko purano harulai bhanyo bhane jhan sahera basa bhanne garchan ra dherai nepali haru thulo sapana bokera cyprus gayeko cha tyo sapana ta cyprusko airport maa pugnasath sakincha ra dukhako bhumari maa pugcha cyprus ko ejency harule samet tharkaune ra nepal farkaune dhamki dinchn.

  2. मृतकलाई हेर्दा यो आत्महत्या हैन हत्या गरिएको अर्थात शारिरिक शोसण गर्न खोज्दा प्रतिकार गरेपछि आवेसमा बिल्डिङ बाट फालेको हुनसक्छ तर कानुनि कर्वाहि होला नहोला यो देख्न बांकि नै छ।

Comments are closed.