वसन्त रानाभाट
स्पेन/
साईप्रसको लिमासोलमा सम्पन्न “सेभ नेपाल च्यारिटी म्युजिकल कन्सर्ट निकै भब्य रुपमा सम्पन्न भए पनि भूकम्प पिडितलाई रकम संकलन भने शुन्य जस्तै भएको भनी समाचार प्रकाशित भएपछि आयोजकहरु निकै तनाबमा देखिएका छन् ।
बिनाशकारी भूकम्पका पीडितहरुको सहयोगार्थ जुटेका कलाकारहरुले नै पारिश्रमिक लिएको हुँदा रकम संकलन हुन नसकेको भनी, आयोजकबाट नै सूचना पाए पछि समाचार प्रकाशित भएको थियो।
जसको प्रमाण स्वरूप सूचना सहितको अडियो रेकर्ड सुरक्षित छ। नेपाली विद्यार्थी कल्याण संघ साईप्रसले कार्यक्रमको आयोजना भूकम्प जानु भन्दा नै अगाडी तय गरेको थियो। तर देशमा विनाशकारी भूकम्प गए पछि ‘सेभ नेपाल च्यारिटी म्युजिकल कन्सर्टको” नामले कार्यक्रम परिमार्जित गरिएको थियो।
समाचार प्रकाशित भए पछि आयोजक मध्येबाट समिर श्रेष्ठ र बिबेकले ( थर नखुलाएका) पटक पटक अनलाईनकर्मीलाई सम्पर्क गरेका थिए। समिरले भने, ” भूकम्प जानु अगाडि नै कन्सर्टको डिल भएको थियो त्यसैले कलाकारलाई रकम दिएका हौ।” तर गायक राजु लामाले आफै कन्सर्ट टुर गर्दै रकम संकलन गरेर सिन्धुपाल्चोकमा सहयोग पुर्याउने योजना भएकाले रकम लिनु भएको खुलासा गरे।
उनले भने पारिश्रमिक लिएँ पनि ढुक्क हुनुहोस् रकम भूकम्प पिडित समक्ष नै पुग्ने छ। यद्दपी पटक पटकको सम्पर्कमा आयोजकले आफ्ना भनाईहरु भने परिबर्तन गर्दै आएको छ।
स्वयंसेवक बाहेक टिकट नै काटेर ७ सय दर्शकहरु सहभागी हुँदा करिब १४ हजार युरो संकलन भएको आयोजक मध्ये कि एक याङ्की ह्याल्मोले जानकारी दिएकी भए पनि अन्य सदस्यहरुले भने हिसाबकिताब गर्न बाँकी नै रहेको जनाएका छन्।
तर कार्यक्रमको खर्च बढी भएकोले भूकम्प पिडितलाई रकम संकलन हुन नसकेको भने आयोजकले स्विकार गरेको छ।
याङ्की भनिन् ‘भूकम्प पिडितहरुको लागि कार्यक्रम गर्दा रकम संकलन हुने गरि कार्यक्रम गर्नु पर्ने रहेछ तर हाम्रो पहिलो कार्यक्रम थियो यहाँबाट पाठ सिक्ने छौ।” देश विदेशमा कन्सर्ट आयोजना गरिरहेका नेपालीहरुलाई पनि साईप्रसबाट पाठ सिकेर कम खर्चमा कार्यक्रम गर्न उनले सुझाव दिएकी छन्।
गायक हिमाल सागारले भने पारिश्रमिक लिएको छैन
यसै बीच गायक हिमाल सागरले साईप्रसको कन्सर्टबाट आँफुले रकम नलिएको दावी गरेका छन्। सामाजिक संजाल फेसबुकबाट समाचारको खण्डन गर्दै उनले यस्तो दावी गरेका हुन्।
उनले भूकम्प पीडितका लागि धेरै कार्यक्रममा आँफू निशुल्क हिडिरहेको बताउँदै गलत समाचार नफैलाउन अनुरोध समेत गरेका छन्। यसबारे गायक राजु लामाले भने आफ्नो भनाई सार्बजनिक गरेका छैनन्।
नाम चलेका कलाकारहरुले सिक्नु पर्ने पाठ
साईप्रसको लिमासोलमा आयोजना भएको कन्सर्टबाट ख्याती प्राप्त कलाकारहरुले पनि पाठ सिक्नु पर्ने भएको छ। भूकम्प पिडितका लागि आयोजना गरिएका कार्यक्रमहरुमा पीडितको लागि रकम संकलन हुन नसक्नु कलाकारहरुको प्रतिष्ठा सँग जोडिएको बिषय हुने हुँदा कार्यक्रम छनोटमा ध्यान दिनु पर्ने देखिन्छ।
आँफू सहभागी हुने कार्यक्रमबाट पिडितको लागि राहत जुट्ने वा नजुट्ने बारे पहिले नै बिचार पुर्याउँन उपयुक्त देखिन्छ। यस्तै प्रबासमा भूकम्प पीडितहरुका लागि कार्यक्रम भईरहँदा,साईप्रसको कन्सर्टले सचेत गराएको छ।
कलाकारहरुले प्रस्तुतीले साईप्रसबासी रमाएँ
भूकम्प पीडितको नाम दिएर गरिएको कन्सर्टमा केहि बिबादस्पद कुराहरु आए पनि साईप्रसबासी नेपालीहरु रमाएका थिए। महानायक राजेश हमाल,गायकहरु राजु लामा,हिमाल सागार र तुलसी शिवाकोटीले दर्शकहरुलाई नचाएका थिए।
कार्यक्रम हल भित्र स्वंयसेवक सहित करिब ८ सयको संख्यामा दर्शकहरुको उपस्थिति रहेको अनुमान गरिएको छ। भूकम्पको पिडामा दुखित बनेका नेपालीहरुलाई कलाकारहरुले मनोरन्जन दिएका थिए। साङ्गितीक कार्यक्रमको दृष्टिकोणबाट कन्सर्ट ऎतिहासिक बनेको सहभागीहरु बताउँछन्।






Cy ma Nepali student sangh pani cha ra oooo!!!!
Please give us clear info about himal sagar
Kasaele pragati vayeko herna sakdaena tesaele yo tyo vani kura kat6an aafu sahi vaye jasle j vaneni damm care. Alz be truth & honest
“Bनाशकारी भूकम्प पीडितहरुको सहयोगार्थ जुटेका कलाकारहरुले नै पारिश्रमिक लिएको हुँदा रकम संकलन हुन नसकेको भनी, आयोजकबाट नै सूचना पाए पछि समाचार प्रकाशित भएको थियो।
जसको प्रमाण स्वरूप सूचना सहितको अडियो रेकर्ड सुरक्षित छ। ”
aayojak le kalakar ko maan hani gareko mero dabi !
Comments are closed.