प्रकाश ढकाल, कोपनहेगन ।
सन् २०१२ र २०१३ मा नेपाली धावक पनि सफल
कोपनहेगन । यो वर्षको कोपनहेगन आइतबार मे २४ मा सम्पन्न भएको छ । यो दौड प्रतोयोगीतामा करीब १२ हजारले सहभागिता पनि जनाए । ‘कोपन्हेगन म्याराथुन’ नाम दिएको यो दौड प्रत्येक वर्षको में महिनामा आयोजित हुँदै आएको छ ।
कोपनहेगन म्याराथुन मा भाग लिन हिम्मत गर्नु पनि निकै ठुलो र गर्व हुन लायक को कुरा हुने गर्दछ । सन १९८० देखि प्रत्येक वर्ष हुँदै आएको यस खुल्ला म्याराथुन मा भाग लिन संसारका विभिन्न देश बाट प्रतियोगिहरू भाग लिनको लागि कोपनहेगन आउने गर्दछ्न । निक्रेडिट नामको बैंकले आयोजना तथा प्रायोजन गर्ने यस दौडमा प्रतियोगीहरुको संख्या सुन्दा पनि अचम्म मान्नु पर्ने हुन्छ ।
विगत १३ वर्ष देखि यस प्रतियोगितामा भाग लिनेको संख्या न्यूनतम पनि १० हजार हुने गरेको तथ्यांक छ । यसको रोचक के छ भने रतोयोगी भएकोले सबै प्रतियोगिले शुरुवाती लाइन पार गर्न मात्र १५ मिनट लाग्छ धेरै । ४२ किलोमिटरको यस दौड ६ घंटा भित्र पार गर्नु पर्ने हुन्छ ! ६ घंटा पछि पार गर्नेलाई कुनै मान्यता हुँदैन तर ६ घंटा भित्र पार गर्ने सबैलाई विशेष सम्मान का साथ मेडल र प्रमाणपत्र दिने गरिन्छ । अघिल्लो वर्ष मात्र करीब २ हजार प्रतियोगी ६ घंटा भित्र पार गर्न सकेको उल्लेख छ । यस वर्षको म्याराथुनमा भाग लिने ७५ देशका करीब १२ हजार ३ सय जना रहेका थिए । कोपनहेगन शहरभित्रको सडकमा नै ट्राफिक व्यवस्थापन गरी यो सबै प्रतियोगीहरुलाई एक साथ् दौडाउने गरिन्छ ।
कोपनहेगन म्याराथुनमा भाग लिएका नेपाली धावक मनोज दाहाल सन् २०१२ र २०१३ को म्याराथुनमा सफल भएका थिए । तर यसपाली भने उनि भाग लिएनन । विश्वभरिका धावकहरुले भाग लिएको खुल्ला म्याराथुन दौड प्रतियोगितामा उनी सन् २०१२ मा भाग लिने पहिलो नेपाली मात्र नभई उक्त वर्षको प्रतियोगितामा दक्षिण एशियाबाट भाग लिएर सफल हुनेमा एक्लो व्यक्ति पनि थिए । सन् २०१३ मा दौदंदा आफनो पुरानो रेकर्ड तोडेका उनले त्यसपछि भाग नलिएको बताए । पुरानो रेकर्ड तोड्ने उद्धेश्य अनुरुप दौडमा भाग लिंदा राम्रो हुने भएकोले आंफुले अर्को वर्षको लागि तयारी गर्ने बताए ।









