– बसन्त रानाभाट
बार्सिलोना/रुचि, ईच्छा र निरन्तरता दिन सकियो भने जीवनमा आँफुले देखेका धेरै सपनाहरुलाई पुरा गर्न सकिन्छ। बैबाहिक जीवनको १३ बर्ष पुगीसक्दा पनि मोडलिङ् क्षेत्रलाई आफ्नो भविष्य ठानेर निरन्तरता दिई रहेकी योगिता थापा आफ्नो सपनाको धेरै नजिक पुगी सकेकी छन्।
“टप मोडल बेल्जियम सिनियर २०१६” को संस्करणको हाल सेमीफाईनलमा प्रतिस्पर्धा गरिरहेकी मोडेल थापाले उपाधि जितेर आफ्नो सपना पुरा गर्न चाहन्छिन्।
बिगत ७ बर्ष देखि युरोपको राजधानी बेल्जियममा बस्दै आएकी योगिता उमेरले ३४ बर्ष पुगिन्। दुई छोरीकी आमा बनिसकेकी उनि आफ्नो श्रीमान् र परिबारको हौसलाले नै गर्दा कलाकारिता पेशालाई निरन्तरता दिईरहेकी छिन्।
दिल्लीको आईआईएफटीबाट फेसन डिजाईनिङ् गरेकी थापाले मलेसियाको जेएफ बियूटी एकेडेमीबाट बियुटी कोर्स पनि पुरा गरेकी थिईन्। ईच्छा शक्ति लिए सबै सम्भव छ भने जस्तै श्रीमान् मलेसियामा बिजनस गरिरहदाँ पनि उनले आफ्नो रुचिलाई रोक्न सकिनन् फलस्वरूप एकेडेमीबाट धेरै कुरा सिक्ने मौका पाईन्।
मोडेल थापाले युरोपमा रहेर पनि कलाकारिता पेशालाई निरन्तरता दिई रहेकी छन्। गायक ओम बिक्रम बिष्टको आवाज देउ, गायिका दिव्य ज्योतिको नजर बोलको गीतमा अभिनय गरेकी छिन्। यस्तै बेल्जियमका कलाकार डिजे जिरक्सले आफ्नो गीतलाई तयार गरेको म्युजिक भिडियोमा पनि उनले अभिनय गरेकी छिन्।
के – हो त टप मोडल बेल्जियम सिनियर ?
सन् २००४ देखि चल्दै आएको बेल्जियमको एक महत्वपूर्ण प्रतियोगिता हो “टप मोडेल बेल्जियम”। यस प्रतियोगीतामा जुनियर र सिनियर गरि फरक फरक ढंगबाट प्रतिस्पर्धा गरिन्छ।जुनियर तर्फ भने महिला र पुरष तर्फको गरी दुई छुट्टाछुट्टै प्रतियोगिता संचालन गरिन्छन् ।
तर सिनियर तर्फ भने महिला प्रतियोगीहरुले मात्र सहभागिता जनाउन पाउँछन्। २९ बर्ष देखि ४० बर्ष उमेर समुहका महिलाहरुले प्रतिस्पर्धा गर्ने सिनियर तर्फको यो १२ औ संस्करण हो।नेपाली चेली थापा सिनियर तर्फ भाग लिने पहिलो नेपाली महिला हुन्।
छनोट प्रकिया
ईच्छुक महिला मोडल निवेदकले आबेदन भरेर नै छनोट प्रकियाको आरम्भ हुन्छ। फ्रेन्स अफिसियल भाषा रहेको प्रतियोगितामा भरिएका फारमहरु र फोटोको आधारमा नै प्रतियोगी छनोट गरिन्छ ।
सो प्रक्रिया पछि छनोट भएका ४० प्रतिस्पर्धीहरुले सेमिफाईनलमा प्रतिस्पर्धा गर्छन्। आगामी जुन ५ तारिक बेल्जियममा हुने सेमीफाईनलको अन्तिम प्रतिस्पर्धा बाट फाईनल चरणमा पुग्रको लागि सबै भन्दा बढी महत्वपूर्ण, प्रतियोगीले पाप्त गर्ने भोट नै रहन्छ । भोटिंग र निर्णायकको आधारमा फाईनलका लागि छनोट गरिन्छ ।
सन् २०१६ मा बेल्जियममा नै फाईनल प्रतियोगिताको आयोजना गरिदै छ। नेपाली चेली थापा आफ्नो सपना पुरा गर्नको लागि युरोपबासी नेपालीहरुसँग भोटको अपिल गरिरहेकी छन्।
भोट कसरी र कस्ले गर्न सक्छन् ?
टप मोडलका प्रतियोगीहरुलाई बेल्जियम, लुक्सम्बर्ग र फ्रान्सबाट एसएमएस भोटिंग गर्न सकिन्छ । सेमिफाईनलका सहभागीहरुलाई आगामी जुन ५ तारिक सम्म भोट गर्न सकिन्छ ।
नेपाली चेली थापालाई बेल्जियमबाट TMBC507 लेखि 3565 मा , फ्रान्सबाट TMBC507 लेखि 81013 मा र लक्जम्बर्गबाट TMBC507 लेखि 64747 मा आफ्नो मोबाईलबाट एसएमएस भोट गर्न सकिन्छ।
के भन्छिन् त योगिता ?
बेल्जियमको नेप्लिस विईमन सोसाईटीमा समेत सक्रिय रहँदै आएकी थापाले बेल्जियम,लक्जम्बर्ग र फ्रान्सका बसोबास गर्ने नेपालीहरुलाई भोट गरेर आँफुलाई जिताउन अपिल गरेकी छिन्।
नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै उनले भनिन्,”यो मैले देखेको सपना हो म पुरा गर्न चाहन्छु, यसमा नेपाली समुदायको नै हात छ।” अहिले देश भूकम्पको कारणले शोकाकुल छ यो बेलामा हामी सबैलाई देशको नै चिन्ता छ।
अकस्मात भएको यो घटनाले मलाई पनि स्तब्ध बनाएको छ। दुखलाई शक्तिमा बदल्दै प्रतिस्पर्धा गरिरहेकी बताउदै उनले भनिन्,उपाधि जित्न सके भने मेरो पुरस्कार नेपालका भूकम्प पिडित सहयोगार्थ सदुपयोग गर्न चाहन्छु।”







Hamro lagi yo dherai khusiko kura ho hami sabai nepali milera unlai vote dinu jaruri xa ra dinu parxa
Comments are closed.