बार्सिलोनामा हुने बृहत दीप प्रज्वलन कार्यक्रममा सहभागी बन्न हार्दिक अपिल


अप्रिल २५ तारिक नेपालमा गएको विनाशकारी महाभूकम्पले हजारौ नेपालीहरुको ज्यान गुमाए,हजारौ घाईते भएका छन्,लाखौ घरबार बिहिन छन् ,र अझै ठुलो संख्यामा भत्केका घर टहरामा परि पिल्सिएका छन्।

यो दुखद घडीमा हामी सबै स्पेनबासी नेपाली समुदाय,स्पेनिस लगायत अन्तरास्ट्रिय जगतलाई नै मर्माहत बनाएको छ। मृतात्माप्रति श्रद्धाञ्जली अर्पण तथा घाईतेहरुको सिघ्र स्वास्थ लाभको कामना सहित उनीहरुकै सम्झना गर्दै, बार्सिलोनामा बृहत रुपमा दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको जानकारी गरादछौ।

स्पेनमा भूकम्प पिडितको लागि एनआरएनए स्पेन र संघसस्थाहरु मिलेर गठन गरिएको “महाभूकम्प पीडित राहत कोष” को आयोजना तथा बार्सिलोना स्थित नेपाली कन्सुलर कार्यलयको बिशेष सहयोगमा हुने दिप प्रज्वलन कार्यक्रममा नेपाली तथा स्पेनिस समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। “नेपालको लागि समर्थन र प्रार्थना ” ( AYUDA Y PLEGARIA POR NEPAL ) लेखेका टिसर्टहरु पनि उपलब्ध भएकाले कार्यक्रममा सहभागी हुदा सोहि टिसर्ट लगाएर उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गर्दछौ।

दीप प्रज्वलन बारे पूर्ण बिबरण
मिति – ४ मे,२०१५सोमबार
स्थान – Plaça del Rey, 08002 Barcelona, Metro L4 Jaume I
समय- राति ८ बजे ( कृपया स्पेनिसहरुलेपनि सहभागी जनाउने हुदा समयमा नै पुग्नु होला। )

टिसर्टका लागि सम्पर्क
गोपाल रेग्मी – ६८८२७६३०३
बिस्नु रिजाल – ६३२४१९९८६
पुष्प भण्डारी – ६९७३२६९९९

11185700_10153265171329629_1633830447_n