वसन्त रानाभाट
बार्सिलोना/
चर्चित फुटबल क्लब बार्सिलोनाले नेपालमा बिनाशकारी भूकम्पमा परी ज्यान गुमानेहरुको सम्झना गर्दै घरेलु मैदान नाउ क्याम्पमा मौन धाराणा गर्ने भएको छ।
मृत आत्माको चिर शान्तिको कामाना गर्दै क्लबले मंगलबार हुने लिगाको खेल शुरु भन्दा अगाडी नेपाल र नेपालीहरुलाई सम्झना गर्न लागेको हो।
बार्सिलोना स्थित नेपाली कन्सुलर लुईस बेल्बिसले नेपालीनेपाली डटकमलाई बताए अनुसार,”बार्सिलोना फुटबल क्लबका डाईरेक्टरले फोन सम्पर्क गरि उनलाई यो बारे जानकारी गराएका छन्।’
बिश्वका चर्चित फुटबल खेलाडी लिओनल मेस्सी सहितको समुहले महाभूकम्पले देश रोईरहेको बेला नेपाल र नेपालीहरुलाई सम्झने भएका छन्।
नेपाली समय अनुसार आज राति पौने १२ बजे बार्सिलोनाले लिगाको ३४ औ खेल गेटाफेसँग खेल्दैछ।
स्पेनको प्रान्तीय सरकार कातोलोनियाले पनि पार्लामेन्टमा बुधबार १ मिनेट मौन धारणाको कार्यक्रम राखेको छ। नेपाली कन्सुलर बेल्बिस सो कार्यक्रममा सहभागी हुने भएका छन्।
नेपालमा आपतकालिन राहत र उद्दारका लागि ५० हजार युरो सहयोग गर्ने घोषणा गरेको थियो। कातोलोनियाका सरकारी अधिकारीहरुले पनि देश नै शोकाकुल हुने गरि घटेको घटना प्रति दुख ब्यक्त गरेका छन्।






नेपाली पत्रकार को गल्ती ? याह आएर २०१०… को फोटो लगाएर झुटो समाचार फोटो
पत्रकार मित्र ले समाचार सम्प्प्रेसण गर्दा फोटो लाई पनि विचार गरि समाचार प्रकासन गर्दा राम्रो हुन्छ होला की ?तपाई को समाचार को फोटोमा देखिएका खेलाडी हरु आज को खेल थिएनन् जस्तो लाग्छ !
O ho daju photo ta “Old Is Gold ” bhani…
Comments are closed.