गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन तथा स्पेन स्थित सम्पुर्ण संध सस्था, कलाकार तथा पत्रकार समुदायहरुको सामुहिक अपिल !!!
स्पेन स्थित नेपाली समुदाय अप्रिल २५ मा नेपालमा भूकम्पबाट हुन गएको अकल्पनिय ठुलो मानबिय क्षति तथा ठुलो मात्रामा भएको भौतिक धनजनको क्षतिले स्तब्ध बनाएको छ
ऐतिहासिक संस्कृतिका धरोहरहरु मठ-मन्दिर उजाड बनाउदै अनगिन्ती घाईतेहरुलाई जिबनभरिको चोट दिदै राजधानी लगाएत देशको बिभिन्न ठाउमा गएको महाभूकम्पले पुराएको अपुरणिय क्षती प्रती स्पेनमा बसोबास गर्ने नेपाली समुदाय गहिरो दुख ब्यक्त गर्दछ ।
दिबंगत आत्माहरु प्रती गहिरो समबेदना प्रकट गर्दै प्रकृतिको यो निर्दयी प्रहारले नेपालका भुकम्प पिडीतहरुको राहतका लागी, अस्पतालमा छटपटाई रहनुभएका बिरामीहरु तथा असामान्य परिस्थितिमा गुज्रिरहनुभएका पिडितहरुको घाउमा जति सक्दो मलम लगाउनका लागी बिभिन्न राजनैतिक, जातिय, क्षेत्रिय र सामाजिक संध-सस्थाहरुलाई यो समुदाय एकजुट भएर राहतको लागी हातेमालो गर्न अपिल गर्दछ ।
यहि बिषम परिस्थितीलाई मध्यनजर गर्दै अप्रिल २६ २०१५ मा एन आर एन स्पेनका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको सामुहिक आपतकालिन बैठकको निर्णयका आधारमा एन आर एन स्पेनको अध्यक्ष संयोजक रहने गरी आई. सी. सी सदस्य, सम्पुर्ण एन आर एन स्पेन कार्यसमिती, पदेन सदस्य, सम्पुर्ण संध सस्थाका अध्यक्ष कलाकार तथा पत्रकारहरुऐक्यबध्दता जनाउदै “महाभुकम्प पिडीत राहतकोष २०७२” समिती गठन समेत गरेको जानकारी गराउदछौं । स्थानिय रुपमा बसोबास गरेका नेपाली तथा बिदेशिहरुबाट समेत सहयोग जुटाउने अभियान शुरु गर्दै “महाभुकम्प पिडीत राहतकोष २०७२” सहयोगका लागी एन आर एन स्पेनको खाता नम्बर ES36 2100 0920 3601 0064 6604 संकलित रकम जम्मा गर्न गराउनुहुन वा राहतकोष समितीका कुनै पनि पदाधीकारीहरुलाई सम्पर्क गरी यो राष्ट्रीय बिपत्तीको घडीमा गरिएको यो महान अभियानलाई सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौं ।
हरेक ब्यक्तिले गर्ने सहयोग भुकम्प पिडितकालागी उठाउने क्रममा संस्थाहरुको सक्रियताले निकै ठुलो भुमिका राख्ने गर्दछ । जसले जहॉबाट सहयोग गरेपनि ब्यक्तिको सहयोग र संस्थाको जिम्मेबारी र सक्रियताहरुलाई बढाउदै सहकार्यमा गरिएको महान कार्यलाई समयसंगै यो समुदायले गम्भिर रुपमा मूल्याङ्कन समेत गर्ने कुरा अबगत गराउन चाहान्छौं । सम्पुर्ण संघ संस्थाहरुले आफ्नो-आफ्नो तह र तप्काबाट राष्ट्रिय बिपत्तीमा शुरु गरियको अभियानलाई आफ्नो-आफ्नो क्षेत्रबाट सहकार्य र सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौं । सहयोग रकमलाई नियमित रुपमा संचार माध्यमहरुबाट प्रकाशित समेत गर्ने जानकारी गराउदै हाल सम्म संकलित रकम यस प्रकार रहेको जानकारी गरॉउदछौं ।
१) एन आर एन स्पेन राहात कोषबाट २००१ युरो
२) कृष्ण बहादुर गुरुडं १०५० युरो
३) एकराज / गिता गिरी ५०१ युरो
४) चन्दा/राज ठकाल २०१ युरो
५) नब बुद्ध समाज १०१ युरो
६) जिबन भुषाल /शितल भुर्तेल भुषाल १५१ युरो
७) रन्जिता गौतम शिवाकोटी ५१ युरो
८) सन्तोष / सुजिता श्रेष्ठ १५१ युरो
९) देलिया पराजुली १०१ युरो
१०) हेमन्त रानाभाट / मनिता मिश्र १०१ युरो
रकम प्राप्त भईसकेको तथा सम्पुर्ण संघ सस्थाहरु जन सम्पर्क समिति स्पेन, नेपाली प्रबाशी मंच स्पेन, नेपाली जन प्रगतिशिल मन्च स्पेन, प्रगतिसिल मंच स्पेन, तमु समाज स्पेन, चितवन समाज स्पेन, मगर समाज स्पेन, नेवा: समाज स्पेन, म्याग्दी समाज स्पेन, अंतराष्ट्रिय कलाकार मंच स्पेन, अन्तराष्ट्रिय कलाकार समाज स्पेन, गल्कोट समाज स्पेन, स्यांड्जा सहयोग समाज स्पेन, कास्की सेवा समाज स्पेन, पुर्बेली एकता समाज, शेर्पा संघ, उत्पिडित संघ नेपाली समाज कोष्टाब्लाड्का, क्षेत्रीय समिती ग्रान क्यानरीया, म्याड्रिड बाट सहयोग रकम संकलनमा सहकार्य गर्दै उल्लेख्य सहयोग रकम जुट्दै गरेको तथा स्थानिय मीडियाहरु रेडियो स्पेन नेपाल, spainkhabar.com, nepaliwave.com, nepalinepali.com, merojilla.com समेतको सक्रियतामा उल्लेख्य रुपमा सहयोग आउदै गरेको समेत प्राप्त भएको जानकारी गराउदछौं ।
स्पेन स्थित नेपाली कन्सुलर संगको सहकार्यमा भोली बैठक पश्चात स्पेनिश समुदायहरुबाट के कसरी सहयोग जुटाउन सकिन्छ भनि छलफल पश्चात अगाडी बढिने तथा लत्ता कपडा संकलन गरी पठाउन सकिने सम्भाबनाको लागि बायुसेबाहरुसंगको छलफल पश्चात तथा दिबंगत आत्माको चिर-शान्तिका लागी शान्तिदिप प्रज्वलन समेत गरिने योजना रहेको जानकारी गरॉउदछौं ।
आउनुहोस् जति सकिन्छ, जसरी सकिन्छ पिडितहरुको राहतको लागि हातेमालो गरौं ।
संयोजक
तथा
महाभुकम्प पिडित राहातकोष समिती २०७२