– रोजी लाबुङ (राई )
मेरो भुमी मेरो जननी मेरो प्रिय मात्तृभुमी आज म तिम्रो लागी नत बोल्न सकीरहेको छु न तिम्रो गुमेको सन्ततिहरु को लागी संबेदना नै प्रकट गर्न सकेको छु ! म सिर्फ मौन छु मौंनतामा म सिर्फ मेरो अन्तरआत्मा भाबविहल बनाई झोक्क्रीन मेरा आँखा बाट पिडाको निर्दोष थोपाहरु बहाउन सिबाय अरु म मा केहि विकल्प छैन !
हरेक टेलीभीजन को स्क्रीनमा हरेक प्रसारणमा हरेक समाचारमा अाज केबल तिम्रै मात्र चर्चा परीचर्चा छ मेरो प्यारो जननी अाज बिश्ब भर समचारको मुख्य पात्र भैरहेको छ ! कति असहाय पिडा ब्यथा अनि समस्या मा तिमी रोईरहेकी छौं मेरो जननी तर तिम्रो लागी मैले केहि गर्न सकिन केवल म अबोध असक्क्षम असक्त निर्दयी बनेर सिर्फ टेलीभीजन को भित्ताहरु एकटक लगाएर हेरीरहन बिवस छु !
मलाई माफ गर मेरो आत्मीय भुमी म मात्र हैन तिम्रा सबै छोरा छोरी हरु तिम्रा सारा सन्नतती हरु मात्र नभई बिश्व ले सिर्फ तिमीलाई हेर्नु सिबाय दोस्रो विकल्प केहि रहेन बिधीको बिडम्बना कस्ले टार्न छेक्न सक्छ र ! चाहेर पनि हामी कसैले तिम्रो अनि तिम्रो सयौं सन्नतती को रक्षा गर्न सकेनौं ! तिमी माथी अनि तिम्रा सन्नतती हरु माथी म कसरी संबेदना प्रकट गरुँ स्वयं म आफै संबेदना ले लिप्त भएको छु ! तिम्रो सन्नतती लाई म कसरी श्रद्धान्जली दिऊ कारण म संग श्रद्धा नै रोई रहेछ चिच्चाई रहेछ एक दर्दनाक कष्ट बनी मेरो मनस्पटलमा घुमीरहेछ असाय आपती बिपती बनी !
मेरो जननी तिमी एक्कासी काँप्यो घर आँगन काँप्यो अन्तर्मन सम्म कम्पन थामिरहयो तिम्रा हरेक सन्नततीहरुको मन मष्तीष्क भरी पलपल तनमन काँपिरह्रयो घण्टौसम्म क्षण भरमै तिमीले रुप फेर्यौं सयौं तिम्रा सन्नतती गुमायौं तिमी त कुरूप भयौं नै कति सन्नतती त गुमायौं नै तर बाँच्ने हरुको पनि गुम्यो होस हवास हल्का भइ उड्यो हावा सँगै प्राण बनी त्रासै त्रास त्यो पलमा चिच्चाहट थियो ठुलो भयानक हल्लिएको थियो मेरो धर्तीमाता मेरो जननी डगमग डगमग गर्दै अनियन्त्रीत बनी ढलमली रहेको थियौं कस्तो थियो होला त्यसबेला तिमी प्रतिको उताब चढाबहरु नत मैले कल्पना नै गर्न सक्छु नत मेरो मनस्पटल बाट हटाउन नै सक्छु ! सिर्फ यस्तो सोच्न म बाध्य हुन्छु बार बार यहि शब्दहरु ले तिम्रा सन्नतती हरु चिच्चाई रहेका थिए बचाउ निक्ल भाग दौड बाहिर निस्क हे भगवान यस्तै शब्द मा करुण प्रिय आबाजहरु व्याप्त थियो अनि दिग्दिग्नत थियो सबैको भावहरु !
तिमी डगमगायौं मेरो धर्तीमाता तिमी सँगै तिम्रो इतिहास को केही पुस्तकहरु थिए ति मध्ये एउटा महत्व पुर्ण पुस्तक थियो सोही पुस्तकको पनि नाम निशाना आज मेटीन पुगो माटो संग मिसीन पुगो सिर्फ इतिहास थियो इतिहास मा नै सीमित बनीन पुग्यो ! कस्तो बिडम्बना प्राकृतिक प्रकोपले पनि तिमीलाई नै बारम्बार बिनाशमा धकेली रहने उफउफ ! आफै आफ भाब बिहल भएर आँउछ ! आशा गरेको थिए नयाँ बर्ष सँगै हर्ष उल्लास अनि खुसी लिएर तिम्रो सारा गुमेका तिम्रा उजाडीएका बस्ती बस्ती गाँऊ गाँऊ अनि संपुर्ण देश भरी बहार बनी छाउछौं होला भनेर तर बिपरीत बनी तिमी बिनाशको मुखमा अझ बढी धकेलीन पुग्यो !! हाय !फेरी पनि तिमी माथी अनि तिम्रो सन्नतती माथी यति बिग्घन असह्रय बिपती आईनपरोस मेरो भगवान सँग मेरो प्रार्थना छ हामी सबै लाई सहन सक्ने क्षमता दिनु होस् ! संसारमा भै रहेको अनेकौं दैबीक प्राकृति आधुनिक अनेकौ किसीमको प्रकोप बिपतीहरु बाट हामी सबैलाई सुरक्षा दिनुहोस् !
मेरो प्यारो जन्मभूमि लगायत संसार भरी घटीरहेको यस्ता जन्जीर घटनाहरु जतिले भोगी रहनु भएको छ संम्पुर्ण मानब सामुदय प्रति सहानुभूति एबं संबेदना प्रकट गर्दछु !!!






please share it
ATI dukha lagdo ghatna…jaha ramailo janani pal bhar Mai ujaar bhaera gayo. Haha nirasha Ra ujaar shiwata kehi rahena..
didi hajur nikai marmik ani yotharth kura purai vayavab srijana gareko avastha
Comments are closed.