– वसन्त रानाभाट
बार्सिलोना / विश्व प्रख्यात फुटबल खेलाडी लिओनल मेस्सीले नेपाली भूमिमा पाइला टेक्ने इच्छा व्यक्त गरेका छन् । नेपाली ढाकाटोपी उपहार पाउँदा अचम्म मान्दै मेस्सीले टोपी अल्टाई पल्टाई हेरे र भने- यो अहिलेसम्मकै फरकखालको उपहार हो, यसलाई जतन गरेर राख्छु ।
चार पटकसम्म बर्ष उत्कृष्ट खेलाडी बन्न सफल उनले नेपाल र नेपालीहरुको तर्फबाट दिइएको ढाका टोपी उपहार लिएका हुन्।
अर्जेन्टिना फुटबल टिमका कप्तानसमेत रहेका मेस्सीले ढाका टोपी हातमा लिँदै सबै नेपालीहरुलाई आफ्नो सम्झना सुनाए । मेस्सीले ढाकाटोपी हातमा लिँदा पल्टाई पल्टाई हेरे । उनले कपाल कन्याउँदै मुसुमुसु हाँस्दै नेपालका बारेमा बोले ।
नाउ क्याम्पमा पत्रकार किरण मरहठ्ठाले तयार गर्दै गरेको वृतचित्रका लागि कुराकानी गर्दै मेस्सीले सबै नेपाली फ्यानहरुलाई भनेका छन्,” टोपी उपहार दिनुभएकोमा आभारी छु, यसले हाम्रो सम्बन्धलाई जोडेको छ, कुनै दिन समय मिलेमा नेपाली भूमिमा पाइला टेक्नेछु।”
बार्सिलोना फुटबल क्लबबारे बृतचित्र बनाउन स्पेन आएका नेपाली पत्रकार किरण मरहठ्ठासँगको भेटमा मेस्सीले आफ्ना नेपाली समर्थकहरुलाई धन्यवाद दिए ।
उनले वृतचित्रको माध्यमबाट नेपालसँग बार्सिलोना फुटबल क्लबको सम्वन्ध जोडिएकोमा खुशी ब्यक्त गरेका छन्।
यस अघि पनि पत्रकार मरहठ्ठाले क्लबका कप्तान जावी हर्नान्डेज, नेयमार, जेरार्ड पिके, र्र्याकिटिक लगायतका खेलाडीहरुलाई सँग अन्तरबार्ता लिँदै ढाकाटोपी उपहार दिएका थिए।

बार्सिलोनाका स्टार मेस्सीले “बुद्ध बन ईन नेपाल” लेखेका सेतो २ वटा टिसर्टमा हस्ताक्षर गरेका छन्। पत्रकार मरहठ्ठाले बुद्धको तस्विर अङ्कीत टिसर्टमा हस्ताक्षर गराउन नाउ क्याम्प लगेका थिए।
मेस्सीसँग भेट कसरी सम्भव भयो पत्रकार मरहठ्ठाको अनुभव
अप्रिल ३ तारिकबाट १५ सम्म नाउ क्याम्पमा रहने अनुमति क्लबले दिएको थियो। वृतचित्रको प्रपोजलमा पहिलो टिमका खेलाडीहरु २ जनाको अन्तरबार्ता लिने भनी उल्लेख छ।
तर भाग्य बश जावी हर्नान्डेज,नेयमार,जेरार्ड पिके, र्याकिटिक लगायतका ४ जना खेलाडीहरु सँगको अन्तरबार्ता लिई भिडियो खिच्न सफल भएको थिएँ।
सोमबार मेरो नाउ क्याम्पमा रहने अन्तिम दोस्रो दिन मन खल्लो थियो किनकी। म चाहन्थे मेस्सी मेस्सी।
यो चाहना मेरो मात्र हैन, धेरै नेपालीहरुले मन पराएका खेलाडी मेस्सीलाई एक पटक भेट गरी ढाका टोपी दिने ठूलो सपना थियो। पटक पटक प्रेस हेडलाई आग्रह गर्दागर्दै थाकिसकेको थिएँ। शुरुवातको दिनदेखि अन्तिम दोश्रो दिनसम्म पनि मेरो माग उनको नै थियो, तर प्रेस हेड भन्दै थिए लगभग भेट असम्भव नै छ।
सोमबारको दिन पनि भीभीआईपी बक्समा नै करिब ३ घण्टा प्रतिक्षा गरें। मलाई आश लागेको थिएन, किनकि प्रेस हेड भन्दै थिए मैले लियोसँग कुरा गरेको छु तर यो काम उनी नआएसम्म अनिश्चित नै हो।
फेरि शुक्रबार पनि यसै गरी कुरेर फर्किएको अनुभब मलाई ताजा नै छ।
कुर्दाकुर्दा हैरान भएर एकछिन इन्टरनेटमा ब्यस्त थिए।
एक्कासी प्रेस हेड आएर भने “किरण आर यु रेडी लियो इज हियर” एकछिन बोल्नै सकिँन तर, सपना पूरा भएकोमा उत्साह जाग्यो। हात मिलाए र क्यामराको अगाडि बस्न अनुरोध गरे। र उनीसँगको मेरो अन्तरवार्ता शुरु भएको थियो। जसलाई क्यामेरामा कैद गरेको छु। छिट्टै वृतचित्रमा संसारले देख्ने छ।







Messi ko sign bhaye ko t-shirts payema rs 4000 ma kinne. .
Messi is no1
messiiii plz visit nepal…..
messiiii plz visit nepal…..
messiiii plz visit nepal…..
all nepaliz r great fan of u so plzz welcome to our nepal.
all nepaliz r great fan of u so plzz welcome to our nepal.
Comments are closed.