बार्सिलोना/
गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेनको क्षेत्रीय समिति मड्रिडले रोशन पाठकको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।
आईतबार सम्पन्न अधिबेशनले पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
यस्तै समितिको उपाध्यक्षमा सुजील गोले,कोषाध्यक्ष संजीता केसीलाई चयन गरे पनि सचिब पदमा पछि पुर्ति गर्ने गरि नयाँ कार्यसमिति निर्माण गरेको छ। यस्तै कार्यसमितिका सदस्यहरुमा लक्ष्मी गुरुङ,मान सिंह लामा,डोल्मा शेर्पा र पल्लव चामलिङ् रहेका छन्।
कार्यसमितिको बैठकले रामकृष्ण पुडासैनीलाई क्षेत्रीय समिति मड्रिडको तर्फबाट सिफारिस गरी एनआरएनए स्पेनको केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको छ।
यसैबीच क्षेत्रीय समितिले नयाँ बर्ष २०७२ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न गरेको छ।
कार्यक्रममा मनोरन्जनका लागि बिबिध सास्कृतिक प्रस्तुतिहरु पनि राखिएको थियो।
एनआरएनए स्पेनको चोथौ अधिबेशनको संघारमा क्षेत्रीय समितिहरु ग्रान कनारिया, मड्रिडमा पनि अधिबेशनहरु सम्पन्न भएका हुन्।








Congrates my dear Bro..
Comments are closed.