रत्यौली गीतको संरक्षणका लागि रत्यौली प्रतियोगितामा सम्पन्न


– राजाराम पौडेल

पोखरा/

रत्यौली गीतको संरक्षणको लागि पोखरामा रत्यौली गीत प्रतियोगीता सम्पन्न गरिएको छ । बाटुलेचौरमा रहेको हिमालय क्लवले आयोजना गरेको पाँचौं रत्यौली गीत प्रतियोगितामा मैदान आमा समुह प्रथम भएको छ ।

प्रतियोगितामा संरक्षण आमा समुह द्धितिय, गायत्री आमा समुह घार्मी तृतिय भएका छन् । त्यस्तै उत्कृष्ठ नृत्य नमुना आमा समुह बगर र उत्कृष्ठ लुठो हरिहर आमा समुह भलामले प्राप्त गरेका छन् । विजयी समुहलाई सभासद शारदा पौडेल, कुमार खड्का, क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठ, सल्लाहकार उदयबहादुर बस्नेत, पदम कार्की, दिलबहादुर बस्नेत लगायतले पुरस्कार प्रदान गरेका थिए ।

यसअघि कार्यक्रमको उद्घााटन गर्दै महिला सभासदले कास्कीका समग्र विकाशको लागी पार्टी हित भन्दा माथि उठने बताएका छन् । सभासद शारदा पौडेलले स्थानिय क्षेत्रको विकाश विना समग्र जिल्लाको विकाश हुन नसक्ने बताउदै, त्यसका लागी आफू प्रतिवद्ध रहेको बताइन् ।

सभासद सिता गिरीले दलहरुबिच सहमतिको सम्भावना बढदै गएकाले अब सहमति बाटै संविधान जारी हुने दावी गरीन् । अर्का सभासद तेजकुमारी पौडेलले जनचाहना अनुसारको संविधान निर्माणका लागी आफुहरु लागी रहेको बताउदै ढिलै भएपनि पहिचानयुक्त संविधान चाहेको भनाइ राखिन् । सभासद विन्दाकुमारी रानाले देशमा संविधान निर्माण भएपछि मात्र विकाशका कामले तिब्रता पाउने बताइन् ।

कार्यक्रममा सञ्चार क्षेत्रमा उत्कृष्ठ योगदान पु¥याएको भन्दै सञ्चारकर्मी दुर्गां अधिकारीलाई सम्मान गरिएको थियो । संयोजक दुर्गा के.सी. थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी टोलीलाई प्रोत्साहन स्वरुप १÷१ हजार प्रदान गरिएको सचिव मोहन थापाले जानकारी दिए ।

कार्यक्रममा क्लवका आजिवन सदस्य युवराज अधिकारीलाई सदस्यता प्रदान तथा सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव मोहन थापा र सदस्य बैकुण्ठ पौडेलले गरेका थिए ।