– बसन्त रानाभाट
बार्सिलोना/
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा सभासद धनराज गुरुङले पोर्चुगलमा आफुहरुलाई कालो झण्डा देखाउन एयरपोर्टमै आएको भए हात मिलाईदिने बताएका छन्। तर घर भित्र पसेर कार्यक्रम बिथोल्न खोज्नु अप्रजातन्त्रिक शैली भएको टिप्पणी गरेका छन्।
नेपाली जनसम्पर्क समिति स्पेनले बार्सिलोनामा आयोजनामा गरेको कार्यक्रममा पोर्तुगलको झपड बारे प्रसंग चले पछि उनले यस्तो बताएका हुन्।
पाहुना बोलाएपछि अरुकै घरमा गएर घसाङ्ग घुसुङ् ,मुक्का मुक्की गर्ने होईन भन्दै गुरुङले प्रजातन्त्रमा शालीनता,बहस र संबाद हुनु पर्ने बताएका छन्। अन्तरक्रियामा बोल्दै गुरुङले भने,”शुभकामना दिन बोलाएको मान्छेले कालो झण्डा लिएर पो आउछन्। घटनामा थप्पड नै मारेको हैन धकेल धुकुल त भईहाल्छ नि त्यत्रो मासमा झण्ड जोगियो भन्नुस न”
Dhan Raj Gurung voice
गुरुङले झडप बारे राखिएको जिज्ञासामा जानकारी दिदै आयोजकको बचाउ गरेका छन्।
नेपाली जनसम्पर्क समिति पोर्चुगलको अधिबेशन स्थल भित्र नै पसेर पहिचानबादी समुहले काग्रेस युबा नेता गगन थापालाई कालो झन्डा देखाउन लाग्दा केहि दिन अघि झडप भएको थियो। सभासद थापाको उपस्थितिमा सम्पन्न अधिबेशनमा गुरुङ पनि प्रमुख अतिथिको रुपमा सहभागी थिए। समितिको अधिबेशन भन्दा पनि झडपको घटनाले युरोप नै तताएको छ।
संबिधान निर्माणको बिषयमा बुधबार भएको अन्तरक्रिया कार्यक्रममा सभासद गुरुङले प्रचण्ड डराएका कारणले नै संबिधान निर्माण हुन नसकेको जिकिर गरे। काग्रेस एमालेको ७ बुदे सहमतिबाट प्रचण्ड डराएको बताएका छन्।
नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद सल्लाहकार पुष्पराज तिमिल्सिना,सदस्य दिपक खरेल,रास्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एकराज गिरी लगायत स्पेन स्थित संघ सस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरु देशमा संबिधान निर्माणमा भईरहेको ढिलाई प्रति चिन्ता ब्यक्त गरेका थिए।