काभ्रेको सुस्त मनस्थिति केन्द्रमा भान्सा कोठा बनाउन स्पेनबाट पहल (भिडियो सहित )


बार्सिलोना/
काभ्रे खरेलथोक-४ स्थित सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा पक्की भान्छा कोठा बनाउनको लागि स्पेनबाट रकम संकलन अभियान शुरु भएको छ।

गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेन तथा स्थानीय मिडिया नेपालीनेपाली डटकमको सहकार्यमा रकम संकलन कार्य शुरु गरिएको हो।

पुनर्स्थापना केन्द्रमा काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, धादिङ, मोरङ, धनुषा डोटी लगायतका जिल्लाहरुबाट गरि २२ जना छात्र छात्राहरुले आश्रय लिदै आएका छन् ।
खाना बनाउनको लागि बासले बारेको भान्सा कोठा रहेकोले त्यसलाई पक्की बनाउन सके केन्द्र संचालन गर्न सहज हुने भन्दै स्पैनबाट पहल गरिएको हो।

पुनर्स्थापना केन्द्रमा पुगेर अवलोकन गरि स्पेन फर्किएका अन्तरास्ट्रिय समन्वय परिषद सदस्य दिपक खरेलको संयोजकत्वमा ९ सदस्यीय सहयोग समिति गठन गरिएको छ। समितिको उपसंयोजकमा संघका अध्यक्ष एकराज गिरी,सदस्यहरुमा अर्जुन आचार्य,कृष्ण हरि कडेल,हेमन्त रानाभाट,शितल भुर्तेल,पुष्प भण्डारी,गंगा भुसाल र बसन्त रानाभाट रहेका छन्।

रकम संकलनको पहिलो दिनमा नै ५ सय ७ युरो संकलन भएको छ।
संयोजक खरेल आफु नेपाल गएको बेला पुनर्स्थापना केन्द्रको अवोलकन गरेको र तत्काललाई पक्की भान्सा कोठा बनाउन जरुरी देखिएकोले स्पेनबाट पहल गरिएको बताए। उनले नेपालीनेपाली डटकमलाई भने, ” जंगलको छेउमा रहेको केन्द्रमा पर्खाल लगाउन पनि जरुरी देखिन्छ तर अहिलेलाई भान्सा घर नै महत्वपूर्ण देखियो,यस कार्यमा सहयोग पुर्याउन सबैलाई अनुरोध गर्दछु।”

सहयोग समतिका उपसंयोजक तथा संघका अध्यक्ष एकराज गिरीले परोपकारी काममा साथ दिन स्पेन स्थित संघ सस्थाहरुलाई अनुरोध गरेका छन्। हरेक बर्ष नेपालमा परोपकारी कार्यमा सहयोग गर्दै आएको संघले यस बर्ष काभ्रेको पुनर्स्थापना केन्द्रलाई सहयोग गर्ने सस्थागत निर्णय समेत गरेको गिरीले जानकारी दिए।

यस्तै नेपालीनेपाली डटकमका प्रधान सम्पादक बसन्त रानाभाटले बोल्न, हिँड्न, पढ्न र जीवन बाँच्न सिकाउदै आएका पुनर्स्थापना केन्द्रका सहयोगीहरुको कार्य अतिनै मनछुने रहेकोले स्पेनबाट मात्र नभई बाहिरबाट सहयोग आउने अपेक्षा राखेको बताए ।

खरेलथोक स्थित भगवती उच्च माविको ‘समाहित शिक्षा कार्यक्रम तथा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्र’की शिक्षिका सुधा सिलवालको बिशेष पहलमा एक दशक देखि केन्द्र संचालनमा आएको छ।

अहिले सम्म सहयोग गर्ने सहयोग दाताहरुको नामावली
दिपक खरेल – १०१ युरो
एकराज गिरी – १०१ युरो
दिपेन्द्र आचार्य – १०१ युरो
देबी सुबेदी – ५१ युरो
राम प्रसाद मैनाली – ५१ युरो
दिनेश गुरुङ – ५१ युरो
हेम शेर्पा – ५१ युरो
नेपालीनेपाली डटकमले तयार गरेको भिडियो रिपोर्ट 

1 COMMENT

  1. I am glad to see this video, as i am involved with this children s centre since 2006 and now we could able to brought a land and able to build the building , hope our Nepalese friends who are not living in Nepal can make more difference to those children

Comments are closed.