प्रेस विज्ञप्ति
बार्सिलोना (प्रबासी नेपाली मंच, स्पेन) २२ मार्च २०१५ मा बसेको कार्यसमितिको तेश्रो नियमित बैठक मंचका अध्यक्ष श्री दिनेश गुरुङको अध्यक्षतामा बार्सिलोना स्थित ओला नेपाल रेस्टुरेन्टमा सम्पन्न भयो। बैठकले राहदानी तथा कन्सुलर सेवा सम्बन्धि अन्तरक्रियामा भाग लिन भनि नेपाली राजदुतावासले पठाएको निमन्त्रणा पत्रको स्वागत गर्दै आगामी मार्च २९मा पेरिस स्थित मह महिम राजदुतको निवासमा हुन गइरहेको अन्तरक्रिया कार्यक्रममा प्रवासी नेपाली मंचका तर्फ बाट मंचका अध्यक्ष श्री दिनेश गुरुङको नेतृत्वमा २ जनाको प्रतिनिधिमण्डल सहभागीता जनाउने निर्णय गर्यो। साथै मंचका तर्फ बाट गैर आवासीय नेपाली संघ स्पेनको प्रतिनिधि मण्डलमा सहभागी भई स्पेनमा नेपाली दुतावासको स्थापनाका लागि पहल तथा सहयोग गर्नु भएकोमा मंचका संस्थापक अध्यक्ष, वर्तमान युरोप प्रतिनिधि तथा गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका सल्लहकार श्री पुष्प राज तिमिल्सिना र मंचका भूपू महासचिब तथा वर्तमान गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समिति सदस्य श्री दिपक खरेल लाई हार्दिक धन्यवाद ब्यक्त गर्यो।
बैठकले स्पेनमा रहेका नेपाली समाजमा भएका अनियमितता सम्बन्धि परेका निबेदनका सम्बन्धमा गहन छलफल गरि सो सम्बन्धि संस्थाको गम्भीर ध्यान आकर्षण भएको र यस्ता असामाजिक गतिबिधि हरुमा रोक लगाउनका निम्ति स्पेनमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ स्पेनलाई सिफारिस गर्ने र यस्ता गतिबिधिहरुमा रोक लगाउन पूर्ण रुपले लाग्नुपर्ने निस्कर्ष निकाल्यो। यसै सन्दर्भमा श्री चिन्तामणी सापकोटाका बिरुद्द माया गुरुङले दिएको निबेदन एबं श्री लक्ष्मण कडेल बिरुद्द बलबहादुर कार्कीले दिएको निबेदनलाई एनआरएनए स्पेनको बैठकमा यथाशिघ्र छलफल गरि टुंगो लगाउन जोडदार माग गरेको छ ।
साथै स्पेनमा रहेका नेपली हरुबीच एक आपसमा परिचय र सहयोगको आदान प्रदानको मौका मिलोस भन्ने हेतुले आगामी नेपाली वर्ष २०७२ को सेरोफेरो पारी स्पेन स्थित बार्सिलोना सहरमा स्पेनमा रहेको प्रवासी नेपाली मंचका शुभचिन्तकहरु माझ भब्य बनभोजको आयोजना गर्ने निर्णय गर्यो।
साथै आगामी कार्ययोजना सम्बन्धि भयको बृहत छलफलमा विभिन्न विभागका सम्यजोक र सह संयोजक हरुले प्रस्तुत गर्नुभएको योजनाहरु संस्थाको ब्यबस्तापनका निम्ति अत्यन्त उत्साहजनक र पारदर्शी भयको र येस्ता खाले दूरदर्शी विचार र भावनालाई संस्थाले सधैब उच्च सम्मान गर्ने र तेसको कार्यनोयोनका निम्ति कुनै कसर नछोड्ने निष्कर्ष निकाल्यो।
साथै नेपालमा जारी युबा संघको अस्थाई बिबाद प्रति प्रबासी नेपाली मंच स्पेनको ध्यान आकर्षण भएको र सो समस्यालाई स्थायी रुपमा समाधान गर्नको लागि पार्टी केन्द्रलाई पत्राचार गर्ने निष्कर्ष निकालेको छ।
लक्ष्मण शर्मा
महासचिब
प्रबासी नेपाली मंच स्पेन