काठमाडौं /प्रधानमन्त्री सुशील कोइरालाले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ् बजारमा आागलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहत र बसोवासको व्यवस्था छिटो मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।
मंगलबार प्रेस संयोजक प्रकाश अधिकारीमार्फत् विज्ञप्ति निकालेर उनले पीडितहरुलाई तत्काल राहत, बसोबास र पुनःस्थापनाका कार्यक्रम तुरुन्त आरम्भ गर्न निर्देशन दिएका हुन् ।





