लेखनाथ महोत्सवमा भिडभाड,सुन्तलाको राम्रो कारोबार


,लेखनाथ/
“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने नाराका साथ लेखनाथको भण्डारढिकमा जारी एघारौं लेखनाथमा महोत्सवको चौथो दिन ५० लाख रुपैयाको कारोबार भएको छ । यसैगरी १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजक लेखनाथ उद्योग बाणिज्य संघले जनाएको छ । आइतबार रेष्टुरेण्ट र लत्ताकपडाको कारोबार उत्कृष्ट रहेको प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारीले जानकारी दिए । यसैगरी कृषिजन्य उत्पादनमा समेत राम्रो कारोबार भएको कृर्षि उपसमितिका संयोजक दयाराम तिवारीले बताए । तिवारीका अनुसार आइतबार मात्रै झण्डै तीन हजार केजी सुन्तला विक्री भएको छ । महोत्सवमा कालिका, माझठाना, रुपाकोट, भरतपोखरी, थुम्की र हंसपुरसम्मका कृषकले सुन्तला विक्रीका लागि ल्याएका छन् । तिवारीले गत बर्ष पुषमा महोत्सव गर्दा सुन्तला पुर्याउन हम्मे हम्मे परेकोमा यसपटक भने त्यति कठिनाई नभएको बताए । सुन्तलाको सिजन भएर पनि आपूर्तिमा सहज भएको तिवारीको भनाई छ ।

महोत्सवमा जाडो यामलाई लक्षित गरि ल्याइएको न्यानो कपडाको कारोबार समेत उल्लेख्य भएको छ । लेखनाथ महोत्सवमा ग्रामिण क्षेत्रका दर्शकहरु धेरै आउने भएकाले पनि यस्ता सामग्रीको कारोबार राम्रो भएको संघका कोषाध्यक्ष क्षत्रधर आत्रेयले जानकारी दिए । दैनिक जसो जाकेट, स्विटर, ओभरकोट, फाइवरका सिरक, व्ल्याङकेट लगायतका लत्ता कपडाको कारोबार राम्रो भएको छ, आत्रेयले भने— “कतिपय दर्शकले बार्षिक क्यालेण्डर नै बनाएर लेखनाथ महोत्सवलाई कुरेर बस्छन् ।” महोत्सवमा फेन्सी र लत्ता कपडाका मात्रै ३० भन्दा बढी स्टलहरु राखिएको छ ।

महोत्सवको आकर्षण लोकगायन विधाको गण्डकी ताराको अडिसन राउण्डबाट १६ जना छनौट भएका छन् । दोश्रो चरणका लागि विकास वि.सी, आरजु वि.क, अनिल कुमार ढकाल, नबराज न्यौपाने, तिलक सुनार, सुरज सुनार, निकिल गुरुङ्ग, नेत्र नारायण पराजुली रहेका छन् । यसैरी दिपेश पुन, दिपक वि.क., दिपक सुनार, शक्ति कुमार श्रेष्ठ, आरती सापकोटा, प्रमोद गोतामे, एल्विन थापा, सुविन सेन्चुरी र राजेश गुरुङ्ग अडिन राउण्डबाट छनौट भएका छन् ।
आइतबार चर्चित गायिका जुना प्रसाई, संझना लामिछाने मगर, हेमन्त शर्माले दर्शकहरुलाई छमछमी नचाएका थिए ।

???????????????????????????????

यसैगरी साँझपख चिसो मौसममा सरगम कला केन्द्र लेखनाथ तालचोकका कलाकारले नृत्य प्रस्तुत गर्दा दर्शकहरुको चर्को हुटिङको साथ पाएका थिए ।

महोत्सवमा लोक दोहोरी तथा लोक गायन तर्फ विष्णु खत्री, शिव हमाल, शंकर विरही गुरुङ्ग, कृष्ण परियार, जुना श्रीष, संझना लामिछाने मगर लगायतका कलाकारको प्रस्तुती रहने छ । यसैगरी हाँस्यव्यङ्गमा राजेन्द्र राजाराम, पप तर्फ हेमन्त शर्मा, पासना शाक्य र तुलसी पराजुलीको प्रस्तुती रहने बरिष्ठ उद्घोषक नेत्रपाणि बास्तोलाले जानकारी दिए । चाइल्ड ट्यालेण्ट शो र साथमा मोडल डान्स समेत प्रस्तुती रहने छ ।

महोत्सवमा कृषि, खाना तथा रेष्टुरेण्ट, सूचना प्रविधि, हस्तकला, दैनिक उपभोग्य सामाग्री, फेन्सी तथा कस्मेटिक र श्रृंगारका सामाग्री, विद्युतिय उपकरण, फर्निचर, भान्सामा प्रयोग हुने सामाग्रीहरुका स्टल राखिएको छ ।
यसैगरी विभिन्न वित्तिय संस्था, शिक्षा, स्वास्थ्य, अटो मोवाइलका स्टलसमेत गरी ३ सय भन्दा बढी स्टलहरु राखिएका छन् ।

???????????????????????????????