एनआरएनलाई विखण्डन गर्न खोजिएको छ:- पूर्व उपाध्यक्ष आचार्य (भिडियो अन्तर्वार्ता ) 


बार्सिलोना।गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष कुल आचार्यले अहिलेको नेतृत्वले बेमौसमी बाजा बजाईरहेको आरोप लगाएका छन्। ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी बनेका आचार्यले संघले बिशेष महाधिबेशन मार्फत बिधान संशोधन गर्ने तयारी गरिरहेको बेला यस्तो बताएका हुन्। 

‘यो बजिरहेको बेमौसमी बाजा हो। ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनले तीन  महिनाभित्र त्यतिबेला पारित नभएको सांगठानिक र आर्थिक प्रतिबेदन पारित गर्नुपर्ने म्यान्डेड हो। तर बिधान जस्तो संस्थाको मेरुदण्डतर्फ लागेर नेतृत्वले समय बर्बाद पारिरहेको छ’ आचार्यले भने। 

बिधान संशोधनजस्तो गम्भिर बिषय भर्चुअल रुपमा गर्न नहुने उनले बताए। ’बिधान संशोधनजस्तो गम्भिर बिषय भर्चुअल रुपमा गर्दा सबैको भावना समेटिदैन। त्यहाँ बोल्न दिन पनि मिल्छ,नदिन पनि मिल्छ। अर्को दुर्भाग्यका साथ भन्नुपर्दा कुनै पनि संस्थामा बनेका २ बर्षका लागि बनेका सदस्यहरु ,अहिले साथिहरुले नयाँ सदस्यताहरु बनाएर बिशेष महाधिबेशनमा लैजाने चेष्टा गर्दै हुनुहुन्छ।नयाँ प्रतिनिधि बनाउदैछौ भने चुनाव गरेर नेतृत्व पनि छान्नु पर्यो। यो सर्वमान्य सिद्वान्त हो नि। हामीले बुझेको २ बर्षका लागि बनेका सदस्यहरुको दुई बर्ष नै भ्यालिड हुँदैन भने त्यसबाट निर्बाचित पदाधिकारीहरुको दुई बर्ष भ्यालिड हुन्छ त ?’ आचार्यले प्रश्न गरे।

 अनावश्यक कुराहरुमा छलफल गराएर असहमति मात्र बढाउने काम गरेको ‘तपाईहरुले देख्नुभएको छ कहिले ६६ जना साथिहरुको असहमति छ, कहिले ४७ जनाको आएको छ। परराष्ट्रसम्म पनि निबेदन पुगेको छ। संघमा यस्तो अबस्था आउनु दुर्भाग्य हो।यसलाई सम्हालेर गर्नुपर्ने काममा ध्यान दिन म नेतृत्वलाई सुझाव दिन्छु।संघलाई विखण्डन गर्ने गरी बिशेष महाधिबेशन अगाडि बढाउन खोजिएको छ, हो एनआरएनको हितमा छैन।’ उनले भने। 

संघको जनवरी २३ र २४ मा भर्चुअल रुपमा हुने विशेष महाधिवेशनबाट विधान संशोधन गर्दै एनआरएनको संरचनामा ब्यापक हेरफेर हुनेभएपछि विवाद सुरु भएको हो।

प्रस्तुत छ नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले आचार्यसँग गरेको भिडियो अन्तर्वार्ता :-