कास्की सेवा समाज स्पेनद्वारा लेखनाथको बृद्वाश्रममा खाद्यान्न बितरण


बार्सिलोना/ कास्की सेवा स्पेनले लेख्नाथाको एक बृद्वाश्रममा करिब ९१ हजार रुपैयाँ बराबरको खाद्यान्न बितरण गरेको छ। मंगलबार एक कार्यक्रम बिच लेखनाथ १३ श्यामघाटमा (लामे आहाल) रहेको राधाकृष्ण बृद्वाश्रममा खाद्यान्न सामाग्री सहयोग गरेको हो।

जिल्लामा हरेक बर्ष परोपकारी काम गर्ने योजना अनुसार यस पटक लेखनाथको बृद्वाश्रममा सहयोग गरिएको समाजले जनाएको छ। समाजको उपाध्यक्ष राजेन्द्र कंडेल आँफै उपस्थित भई बृद्व-बृद्वाहरुलाई खाद्यान्न बितरण गर्न पाउँदा खुशी ब्यक्त गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै कंडेलले भने,”तपाईहरु हाम्रै बा- आमा हुनुहुन्छ विदेशमा तपाईकै छोराछोरी हामीहरुले खोलेको संस्था कास्की सेबा समाज हो,सम्झनुहोस्,उनै छोराछोरीले आज तपाईको लागि कोसेली ल्याएका हुन्।” उपाध्यक्ष कंडेलले आउँदा दिनमा पनि यस्तै सहयोगी काममा संस्था लागि पर्ने प्रतिबद्दता समेत ब्यक्त गरे।15046263_1410608282285243_1621184002_nकार्यक्रममा आश्रम संचालक समितिका अध्यक्ष प्रेम लिगल,उपाध्यक्ष अक्कलबहादुर कार्की,बिश्व बिश्वराज लामिछाने र बद्रीनाथ ढुंगाना लगायतले बोलेका थिए। कार्यक्रम सम्पन्न गर्नको लागि स्थानीय पदम राज पौडेल,मिलन रानाभाट,सुदिप सुबेदी लगायतले बिशेष सहयोग गरेका थिए।

समाजले यस अघि बालविकास कार्यक्रम अन्तर्गत निशुल्क प्राबिधिक तालिम सम्पन्न गरेको थियो। बाल बिकास कार्यक्रम अन्तर्गत शैक्षिक भ्रमण समेत लगेको थियो। यस्तै समाजले गत बर्ष कास्की लुम्ले स्थित ज्ञानोदय प्राथमिक बिद्यालय पुनर्निमाणमा समेत सहयोग गरेको थियो।15045815_1411887705490634_1320951001_n15045828_1411887675490637_255412312_n15045577_1411887538823984_777665911_n