स्पेनबाट भीम रावलको प्रश्न- संविधानसभामै हामीलाई काट्नुहुन्छ ? ( पुरा भाषण सहितको अडियो)


बसन्त रानाभाट
बार्सिलोना / नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री भीम रावलले नियमावलीअनुसार संविधान जारी गर्नुपर्छ भन्दा रगतको खोलो बगाउँछु भन्ने धम्कीले आफुहरु नडराउने बताएका छन्।
एमाले समर्थित प्रवासी नेपाली मञ्च स्पेनको तेस्रो अधिवेशनलाई उदघाटन गर्दै रावलले यस्तो बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीको समयाभाव र सचिव प्रदीप ज्ञवालीको भिसा प्रक्रियामा ढिलाइपछि रावल स्पेन आइपुगेका हुन् ।

अधिवेशन उदघाटन कार्यक्रममा एमाले नेता रावलले भने ‘नियमावलीअनुसार संविधान निर्माण गर्नुपर्छ भन्दा रगतको खोलो बगाउँछु भनेको के हो ? हामीलाई काट्नुहुन्छ ? आफुलाई मन नपरेपछि म रगतको खोलो बगाउँछु भन्ने धम्की दिएर कुनै नियमावली मान्न नपर्ने भए संविधानसभाको चुनाब किन गरेको ?

एमाओवादीले ५० प्रतिशत एजेण्डा छाडेर लचिलो भयो भन्ने समाचार भ्रम रहेको बताउँदै रावलले जातको आधारमा प्रदेश बनाउने र १० भन्दा कम प्रदेश हुन नदिने लगायतका पहिलेका अडान कायमै राखेकाले एमाओवादीको भ्रममा नपर्न प्रवासी नेपालीलार्इ अनुरोध गरे ।

पहिलो संविधानसभामा एमाओवादीको बहुमत हुँदा संबिधान जारी गर्न आफुहरुले नदिएको भन्ने आरोप पनि गलत भएको बताउँदैबरु आफुहरुले २५ पृष्ठ लामो प्रतिवेदन तत्कालीन अवस्थामा विवाद समाधान उपसमितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउँदा बैठकमा नै पेश गर्न नदिएको रावलले दाबी गरे।

रेडियो स्पेननेपालले रेकर्ड गरेको ५० मिनेट लामो रावलको भाषण जस्ताको तस्तै

तपाईको प्रतिक्रिया