बराललाई पुत्रलाभ, स्वास्थ्यमा भने समस्या


सन्देश श्रेष्ठ
पोखरा, १७ भदौ

रेडियो अन्नपूर्णका सम्वाददाता दिनानाथ वराललाई पुत्रलाभ भएको छ । राती सवा १० बजे बरालकी धर्मपत्नी जयाले शल्यकृयामार्फत छोरालाई जन्म दिनुभएको हो ।

नवजात शिशुको स्वास्थ्यमा भने समस्या देखिएको बरालले जानकारी दिनुभयो । बच्चा पेटमै हुँदा दिशा खाएकाले स्वास्थ्यमा समस्या देखिएको चिकित्सकको भनाई उद्धृत गर्दै बरालले बताउनुभयो । बच्चालाई भेन्टिलेटरमा राखेर उपचार गर्दा उपयुक्त हुने भन्दै चिकित्सकले मनिपाल, फिष्टेल वा भेन्टिलेटर भएको कुनैपनि अस्पताल लैजान सुझाव दिएकाले कहाँ लैजाने ? वा त्यहीं राखेर थप उपचार गर्नेबारे पारिवारीक छलफल भइरहेको उहाँले बताउनुभयो ।