संविधान नै नेपालको प्राथमिकता- प्रधानमन्त्री कोइराला


काठमाडौं भदौं १७-

प्रधानमन्त्री सुशील कोइरालाले नेपालको विकासको लागि अनुकूल बनिरहेको वातावरण बिग्रन नदिन सबैसँग आग्रह गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बाढी र पहिरो पीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा योगदान गर्ने दाताहरुको सहयोग ग्रहण गर्दै प्रधानमन्त्रीले बनिरहेको वातावरण बिग्रन नदिन सबैसंग आग्रह गरेका हुन् ।प्रधानमन्त्री कोइरालाले संविधान नै नेपालको प्राथमिकता रहेको पनि बताए ।

कार्यक्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा प्राइम बैक, बीर गणेशमानसिंह बाल प्रतिभा पुरस्कार कोष,गैरे सेवा समाज जापान, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, र श्रीराम न्यौपानेले सहयोग गरेका छन ।