अरबमा दुख झेल्दै पति कमाउने,पत्नी अर्कैसँग रमाउने


अर्जुन गिरी
पोखरा-

असार ३० गते घरमा रोपाइँ थियो । भोलि माइत जानु छ भन्दै खेतालालाई अताइन् जानु (नाम परिवर्तन) ले । जसोतसो गरेर त्यसदिन काम भ्याइयो । सासुले किन कसो भनेर सोधिनन् । ३१ गते बिहानै खान नपकाई चिरिच्याट्ट सजिएर जानु माइत भन्दै हिँडिन् । छोरो विदेश थियो । त्यसैले बुहारीलाई अत्यार लाग्छ होला भन्ने सोच्थिन् सासु । माइत जान्छु भन्दा नजा भन्न उनको मनले दिँदैनथ्यो । माइत भनेर हिँडेकी जानु सरासर पोखराको फूलबारी पुगिन् । त्यहाँ डेरा गरेर बस्ने युवाको कोठामा लुसुक्क पसिन् ।

अपरिचित ठाउँमा कसैले देख्ला वा केही भन्ला भन्ने कत्ति डर थिएन जानुलाई । तर त्यही घरको डेरामा जानुलाई चिन्ने कोही थियो । उनलाई जानुको व्यवहारमाथि शंका लाग्यो र अपर्झट आफ्नो दाइलाई फोन गरेर डाकिन् । दाइ पनि साथीभाइ लिएर बतास वेगमा आइहाले । अनि जानु पसेको कोठामा चुकुल लगाइदिए । जानु पसेको कोठामा चुकुल लगाएको खबर प्रहरीलाई गरियो । प्रहरी आएर कोठा खोल्यो । जानुसँगै एउटा लोग्नेमान्छे पनि थियो । तर उसलाई अरु कसैले चिनेनन् । प्रहरीले सोध्यो— तपाई को हो ? म उसको लोग्ने हुँ भन्ने केटाको जवाफले गाउँलेहरु चकित भए । ‘मलाई चिन्छौ,’ एकजनाले सोधे । जानुका जेठाजुको प्रश्नको उत्तर त्यो केटाले दिन सकेन । ‘यी मेरी बुहारी हुन्,’ उनले भने । त्यसपछि प्रहरीले बुझिहाल्यो—माइत जान्छु भनेर हिँडेकी जानु त परपुरुषसँगको अवैध सम्बन्धमा रहेछिन् ।

कास्की निर्मलपोखरीका रतन (नाम परिवर्तन) आँखामा सुनौलो सपना सजाएर ५ वर्षअघि कतार गएका थिए । जान मन त कहाँ थियो र जहान परिवारलाई छाडेर । तर बाध्यताको जाँतोमा पिसिएपछि रहर होइन आवश्यता ठूलो हुँदोरैछ र उनको जीवनमा पनि त्यही भयो । कतारको कमाइ जति हुन्थ्यो सबैजसो घर पठाउँथे । ‘श्रीमतीले छोरा पढाउन् र आमालाई हेरुन्,’ उनको चाहना यत्ति थियो । तर उनले श्रीमती जानुलाई जे जति विश्वास गरेका थिए, त्यसको एक छेउ पनि धर्म निर्वाह गरेकी थिइनन् जानुले । ३१ असारको घटनाले रतनको सबै विश्वास उदांगो पारिदियो ।

एक परपुरषसँग लहसिएकी जानुलाई जिल्ला प्रहरीको हिरासतमा लगियो । ती पुरुष वडा प्रहरी कार्यालय रामबजार पु¥याइए । भोलिपल्ट जानुकी आमा र भाइ आए । केटाका दाइ, आमा र गाउँलेहरु जम्मा भए । कास्की प्रहरीको महिला सेलले जानुसँग बयान लियो । जानुले हाकै भनिदिइन्—मलाई त्यो घरमा बस्न मनै थिएन । विदेशबाट आएको बेला पनि पतिले कुट्ने गरेको उनले बताइन् । एक वर्षअघि नै बागलुङ गएर कालिका मन्दिरमा उहाँसँग बिहे पनि गरिसकें भन्ने जानुको वाक्यले गाउँले झन् चकितै परे ।

‘यो कुरा पहिला किन नभनेकी त नि,’ प्रहरीले सोधे । अर्काे वर्ष पति आएपछि भनूला“ भनेर बसेकी थिए“ भनिन् जानुले । लमजुङ घर भएको त्यो केटास“गै बिहे गरिसकेको भनेपछि प्रहरीले जानुलाई उसैको जिम्मा लगाइदियो । निर्मलपोखरीका गाउ“ले फर्किए । जानु अर्कैस“ग गइन् । छोरा घरमै छाडिन् । रतनले यसअघि उनलाई भनेर पठाएको पैसा घर खर्च भयो होला भन्ने सोचेका थिए । तर जानुले त्यही केटाका लागि खर्च गर्दै आएको पनि गाउ“लाई थाहा भयो । रतन भने अझै कतारमै हाड घोटिरहेका छन् । आफ्नी जीवनसाथी त्यसरी अरुस“गै गएको गाउ“लेबाट थाहा पाए । अनि उनले भने, ‘ओहो π जति खर्च गरी गरी, अरु पैसा जोगियो ।’

आफ्नो घर परिवारका लागि हाड घोट्न विदेशिएका रतनको जानुस“गको दाम्यत्य जीवनको अध्याय टुंगियो । तर रतनकै गाउ“ निर्मलपोखरीको ठ्याक्कै मुन्तिरको ठाउ“ बिरौटामा त्यस्तै प्रकारको अर्काे शृंखला सार्वजनिक भएको छ, त्यो पनि वैदेशिक रोजगारीमा गएका युवा र उनकी श्रीमतीले दिएको धोकाकै कथा हो । रतनले त धन्न अरु पैसा जोगियो भनेर चित्त बुझाएका थिए, तर बिरौटाका धनबहादुरलाई भने त्यसरी चित्त बुझाउने ठाउँ पनि बाँकी छैन । उनकी श्रीमती त पैसाको पोकोसमेत बोकेर अर्कैसँग गइन् ।

पैसा कमाउने र सुन्दर सानो संसार बसाउने अभिलाशा बोकेर धनबहादुर ५ वर्षअघि कुवेत गएका थिए । १२ र ८ वर्षीया छोरी अनि श्रीमतीलाई बिरौटामा डेरामा राखेर पढ्नेबस्ने चाँजो मिलाएका थिए उनले । २०६५ सालमा विदेश गएका उनी २ वर्षपछि घर आउँदा श्रीमतीका बारेमा नानाथरी कुरा सुने । तर पत्याएनन् । महिनैपिच्छे ६० हजार रुपैयाँ श्रीमतीका नाममा पठाइरहे ।

प्रेमबिहे गरेर धनबहादुरले श्रीमतीमाथि कहिल्यै शंका गरेनन् । २०७० सालामा फेरि छुट्टी लिएर आउँदा पो छाँगाबाट खसेजस्तो भए । साथमा ६ लाख रुपैयाँ ल्याएका थिए । पहिलापहिला पठाएकोबाट श्रीमतीले बचाएकी होलिन् र त्यसैमा ६ लाख थपेर जमिनको एउटा टुक्रा किनौंला भन्ने सपना थियो । तर त्यो सपना त्यतिबेला चकनाचुर भयो जब उनले थाहा पाए— श्रीमती सँग एक सुका बचत थिए । पैसाको विषयले झगडा ल्यायो । पछि थाहा भयो, श्रीमती त अर्कैको प्रेममा रहेछिन् । पहिला जति पैसा पठाएका थिए, त्यसको बचत थिएन—थिएन उल्टै ४ लाख रुपैयाँ तिरेर सम्बन्धविच्छेद गरे । उनकी श्रीमती ट्याक्सी ड्राइभरसँग बिहे गरेर गइन् । धनबहादुरले भने, ‘कहिल्यै पैसाको अभाव हुन दिइनँ, विश्वास गर्दा इज्जत र धन दुवै गुमाए । ’

जिल्ला प्रहरी कार्यालय महिला सेलकी प्रमुख चन्द्रा गुरुङ पछिल्ल्लो समय वैदेशिक रोजगारीमा गएका परिवारको विखण्डन बढ्दै गएको बताउँछिन् । ‘यस्तो घटनामा सकेसम्म दुवै पक्षलाई मिलाउने कोसिस गर्र्छाैं नमिले व्यक्तिको इच्छाविरुद्ध प्रहरीले दबाब दिन मिल्दैन,’ उनी भन्छिन् । मनोविश्लेषकहरु पतिपत्नी टाढाटाढा बस्दा यौन चाहना पूरा नहुनाले सम्बन्धविच्छेद हुने गरेको बताउँछन् ।

व्यस्त भए यौनमा ध्यान जान्न’
डा.निर्मल लामिछाने, मनोचिकित्सक
यौन मानिसको जीवनमा आवश्यक कुरा हो । मानिसमा यौन चाहना हुनु स्वभाविकै हो । तर हाम्रो समाजमा श्रीमान् र श्रीमतीबाहेक अन्य यौन सम्बन्ध प्रतिबन्धित छ । कुनै मानिसमा यौन चाहना धेरै हुन्छ त कुनैमा थोरै हुन्छ । एउटा श्रीमान् श्रीमती दुवैलाई यौन चाहना हुनु कुनै नौलो होइन । तर जब उनीहरु शारीरक रुपले टाढा हुन्छ उनीहरुलाई यौनको अभाव महसुस हुन्छ । त्यही भएर केही मानिस यसको पूर्ति गर्न मौका अनुकुल मिलाएर अनैतिक यौन सम्बन्ध राख्न बाध्य हुन्छन् । यसबाट बच्न समान्यतया मानिस व्यस्त हुनुपर्छ, जसले गर्दा त्यसमा ध्यान जाँदैन ।