आजको राशिफल,२०७१ साल भाद्र १७ गते मंगलबार


राशिफल लेखक/युवा ज्योतिषी – हरि पन्त

आजको पञ्चाङ्ग
आज मिति २०७१ साल भाद्र १७ गते मंगलबार, तदनुसार सिताम्वर २ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको अष्टमी तिथि ४२ घटि ५० पला अर्थात रातिमा १० बजेर ५१ मिनेटसम्म त्यस उप्रान्त नवमी तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा वृश्चिक राशिमा अहोरात्र रहनेछ । आज दिनमा ३१ घटि ३७ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४३ मिनेटमा जयदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर २२ मिनेटमा हुनेछ ।

 

rashifal

आजको राशिफल

मेष ः गरेका कार्य अधुरा हुनेछन, यात्रा तथा कार्यमा बाधा, आफ्नो बारेमा आफन्तलेनै कुरा काट्ने छन् ।
वृष ः टाढाबाट धन प्राप्ति हुन सक्नेछ, नयाँठाउँको भ्रमण गर्दा मनमा आनन्द, राजनीतिक सक्रियता बढ्नेछ ।
मिथुन ः यशकीर्ति बढ्ने शत्रुमाथि विजयी हुने, अधुरा कार्य आज पूरा, पुराना मित्रसंग भेटघाटको अवसर मिल्नेछ ।
कर्कट ः एक्कासी आँखामा खराबी आउन सक्ने, धनमाल चोरी हुन सक्नेछ, आफूले गरेको कार्यमा बिरोधी बढ्नेछन् ।
सिंह ः गरेको सबै कार्यमा बाधा हुने, मानसिक अशान्ति, यात्रामा कठिनाई हुने, चिन्तापर्ने समाचार प्राप्त हुनेछ ।
कन्या ः आरोग्यता, प्रशन्नता, आर्थिक पक्ष सवल रहने, मिष्ठान्न भोजन प्राप्ति, नवीन कार्यको थालनी गर्दा राम्रो हुनेछ ।
तुला ः आफन्तको टकरावले दिनभर तनाव, पेशाप्रति असन्तुष्टि, आम्दानीमा गिरावट, अनावश्यक झमेला थपिनेछ ।
वृश्चिक ः स्वास्थ्य राम्रो रहनेछ, आदर सत्कार पाइने कार्यमा सरिक हुन पाइने, पारिवारिक सहयोग पाइने, प्रेम प्रसँग समधुर ।
धनु ः स्वास्थ्यमा खरावी आउन सक्ने, समय विवादित रहनेछ, चोटपटकको भय, नकरात्मक सोचाइले आँफैलाई घाटा ।
मकर ः एक्कासी नयाँ वस्तु फेला पर्ने, उत्कृष्ठ सरकारी सम्मान पाउन सकिने, शैक्षिक क्षेत्रबाट उत्कृष्ट नतिजा हाँसिल हुने ।
कुम्भ ः साथी संगीहरुसँग कलह, पेट वा कम्मरको रोग लाग्ने, मनपरेको खानामा अवरोध आउनेछ, दिन खराब छ ।
मीन ः परिवारसँग विवाद पर्नेछ, व्यापारीक क्षेत्रमा मन्दी आउनाले नोक्सान बढ्न जानेछ, समय खराब छ ।
आजको साइत ः आज पश्चिम दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
आजको शुभ, लाभ र अमृत बेला ः आज २०७१ साल भाद्र १७ गते मंगलबार बिहान ५ः४३ बजेदेखि ७ः१३ बजेसम्म रोग बेला, बिहानमा ७ः१३ बजेदेखि ८ः४३ सम्म उद्वेग बेला, बिहानमा ८ः४३ बजेदेखि १०ः१३ बजेसम्म चर बेला, बिहानमा १०ः१३ बजेदेखि ११ः४३ बजेसम्म लाभ बेला, बिहान ११ः४३ बजेदेखि दिनमा १ः१३ बजेसम्म अमृत बेला, दिनमा १ः१३ बजेदेखि २ः४३ बजेसम्म काल दिनमा २ः४३ बजेदेखि ४ः१३ बजेसम्म शुभ साँझ ४ः१३ बजेदेखि ५ः४३ बजेसम्म रोग बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः दिनमा ३ः०० बजेदेखि ४ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
युवा ज्योतिषी ः हरि पन्त, मोवाइल नं. ९८४६१४७३६९